काठमाडौं चैत्र १३, कञ्चनपुरकी ३३ वर्षीया गीता चौधरी कृषि, पशुपन्छी विकास र वन तथा वातावरण मन्त्रालयकी मन्त्री पदमा नियुक्त भएका छन् । मन्त्री चौधरीले राष्ट्रपती रामचन्द्र पौडेलसमक्ष पद तथा गोपिनियताको सपथ ग्रहण गरेकी हुन् ।
कृषक, भूमिहीन, सुकुम्वासी र आर्थिक रूपमा कमजोर समुदायको पक्षमा काम गर्दै आएकी चौधरी यस अघि कानुन व्यवसायीमा संलग्न रहेकी थिइन् ।
मन्त्री चौधरीको नेतृत्वमा कृषक र ग्रामीण विकासको क्षेत्रमा ठोस पहल हुने गरेकी छन् । उनका प्राथमिक क्षेत्र किसानलाई मल–बिउ समयमै उपलब्ध गराउने, सरकारी विद्यालयमा डिजिटल ल्याव स्थापना गर्ने, भूमिहीन तथा आरक्ष पीडितका समस्या समाधान गर्ने कार्य समावेश छन् । कृषक समुदायले उनीबाट सशक्तिकरण र प्रत्यक्ष लाभको अपेक्षा राखेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेकी कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–४, निवासी चौधरीले कृषि तथा पशुपन्छीं विकास मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् । बालेन सरकारको नेतृत्व नयाँ मन्त्रीमण्डल बनेसँगैं चौधरीले कृषि क्षेत्रको बागडोर सम्हाल्ने अवसर पाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्