२०८३ जेष्ठ २१

खाद्य तथा गुण नियन्त्रणलको अनुगमन, कारवाही, जरिवाना

बागमती स्विट्स प्रा.लिमा चैत्र ३० गते खाद्य तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय, काठमाडौंले संयुक्त रुपमा अनुगमन गरेको छ । उक्त अनुगमनमा काठमाडौंको त्रिपुरेश्वरस्थित बागमती स्विट्स प्रा.ली., काठमाडौं म.न.पा.(११, लाई बागमती स्विट््सबाट उत्पादन गरिएको खाद्य पदार्थमा रोक लगाएको छ । सरसफाइको अवस्था सन्तोषजनक नपाइएको, पेष्ट कन्ट्रोलको व्यवस्थापनको अवस्था सन्तोषजनक नरहेको, ड्राईफ्रुट्स प्याकमा प्रयोग गर्नका लागि तयारी अवस्थामा राखिएको बदाममा कीरा परेको पाईएको जनाएको छ ।
बागमती स्विट्स प्रा.ली को तयारी खाद्य पदार्थ उत्पादन कारखानालाई अर्को आदेश नभएसम्मका लागि कारखानाबाट हुने उत्पादन तथा बिक्रीवितरण गर्नका लागि रोक्का राख्न आदेश दिईएको जनाएको छ ।
उल्लेखित कैफियतहरू सुधार गरि सो को प्रमाण सहित विभागमा ३ दिन उपस्थित हुने निर्देशन दिईएको छ ।

काठमाडौं बैशाख ३ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँगको संयुक्त अनुगमनमा काठमाडौं उपत्यका भित्र खाद्य पदार्थहरूको उत्पादन तथा बिक्री वितरण हुने स्थलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार देहाय बमोजिमका खाद्य व्यवसायको निरीक्षण अनुगमन तथा कारबाही गरिएको व्यहोरा सबैको जानकारीका लागि यो विवरण सार्वजनिक गरेको छ ।
वैष्णव भोजनालय एण्ड मिठाई पसल, का.म.न.पा.(०९, गौशला , न्यू अन्नपुर्ण मिठाई भण्डार, काठमाण्डौ(०९, गौशला, वृन्दाबन स्वीट्स, का.म.न.पा.(०९, बत्तीसपुतली,
श्री आकाश फुड्स, पाटन औद्योगिक क्षेत्र, मिठाईबाल नेपाल प्रा.लि., महालक्ष्मी न.पा.(०६, श्री शिव फुड्स प्रा.लि., ललितपुर म.न.पा.(०९, कुमारीपाटी, देवमन, ललितपुर म.न.पा(०५, त्यसरी अनुगमनमा होटलहरुमा चितवनको भेटघाट रेस्टुरेन्ट काठमाडौँ महानगरपालिका(२९, अनामनगर, काका खाजा घर,काठमाडौं महानगरपालिका(२९ अनामनगर, मापो रेस्टुरेन्ट प्रा. लि काठमाडौँ महानगरपालिका(२९, अनामनगरलाई अनुगमनमा परेको छ ।
त्यसरी उजुरी गुनासो सम्बोधनको लागि गरिएको निरीक्षण अनुगमन सम्बन्धी विवरण अनुसार विभागले विभिन्न मितिमा प्राप्त गुनासोको सम्बोधनको लागि आकस्मिक (¥यापिड रेस्पोन्स मोडालिटीमा) बजार अनुगमन निरीक्षण गर्ने क्रममा, गुनासोमा उल्लेखित खाद्य व्यवसायको मिति २०८३ बैशाख ४ गते अनुगमन निरीक्षण गरी देहाय बमोजिम आवश्यक कारबाही गरिएको व्यहोरा जानकारीका लागि यो विवरण जारी गरिन्छ ।
आकाश खाद्यान्न स्टोर, चन्द्रागिरी(११, म्याद गुज्रेका खाद्य पदार्थहरूको स्टक राखेको र विक्रि वितरण गरेको, आकाश खाद्यान्न स्टोरको स्थलगत अनुगमन तथा निरिक्षण गर्दा उजुरी बमोजम आकाश खाद्यान्न स्टोरले खाद्य पदार्थहरूको स्टक राखेको र म्याद गुज्रेका बिक्री वितरण गरेको नपाइएको, उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ बिक्री वितरण नगर्ने र नियमित रूपमा खाद्य पदार्थको लेवल विवरण हेर्ने, गरेको पाएको जनाएको छ ।
अन्नपूर्ण मिनरल वाटर, इन्डस्ट्रिज, चन्द्रागिरी(८, जारको पानीमा फोहोर भेटिएको, बैशाख ४ गते स्थलगत अनुगमन तथा निरिक्षण गर्दा प्रशोधन कक्षमा पाईपहरु लिकेज भएको, प्रशोधन कक्षमा टायलहरु टुटेफुटेको पाईएको, पुनः प्रयोग गर्ने जार सरसफाईमा क्लोरिन पानीको प्रयोग गरेको, उजुरी बमोजिम स्थलगत निरीक्षण गर्दा पुनः प्रयोग हुने जारहरुमा फोहोर जमेको, लेउ लागेको नपाईएको, प्रशोधित पिउँने पानी उत्पादन मापदण्ड सम्बन्धि निर्देशिका, २०७४ बमोजिम कार्य गर्न हुने प्रयोगशाला परिक्षणका लागि प्रशोधित पिउँने पानीको नमूना संकलन गरिएको जनाएको छ ।
त्यसक्रमा दाजु भाइ स्वीट्स, कलंकी(१४, हाइडूो नामक र अन्य अखाद्य रसायन प्रयोग गरेको, पेष्ट कन्ट्रोलको व्यवस्थापन नरहेको, कृत्रिम रंगको जथाभावी प्रयोग गरेको, उजुरी बमोजिम जथमचय नामक र अन्य रसायनव प्रयोग गरेको नपाईएको, कृत्रिम रंगको जथाभावी प्रयोग नगर्ने र नियमन गर्न स्टाण्डर्ड अपेरिङ्ग प्रोसेस बनाई लागु गर्ने सुझाव दिएको जनाएको छ ।

उजुरी गुनासो सम्बोधनको लागि गरिएको निरीक्षण तथा अनुगमनमा बैशाख ७ मा प्राप्त गुनासोको सम्बोधनको लागि आकस्मिक (¥यापिड रेस्पोन्स मोडालिटीमा) बजार अनुगमन निरीक्षण गर्ने क्रममा, गुनासोमा उल्लेखित खाद्य व्यवसायको मिति बैशाख ८ गते अनुगमन निरीक्षण गरी देहाय बमोजिम आवश्यक कारबाही गरिएको
सजन गोठ, ललितपुर म.न.पा.(५, मानभवन (आउटलेट) र सजन गोठ,
काठमाडौं–१३, सोल्टीमोड (उत्पादन स्थल) लयुमा सिसाको टुक्रा पाइएको, आउटलेटको अवस्था, उक्त बिक्री शाखामा सुरक्षित तरिकाले सोकेसमा मिठाईहरु भण्डारण गरेर राखेको,
कामदारले मिठाई ह्याण्डलिङ्ग गर्दा प्लास्टिकको पञ्जा प्रयोग गरेको, सम्पूर्ण मिठाईहरु काठमाडौं–१३, सोल्टीमोडमा रहेको कारखानामा तयार गर्ने बताइएको, उक्त आउटलेटमा बिक्री कक्ष मात्र रहेको र शिसाको सामाग्रीहरु टुटेफुटेको र चर्किएको अवस्थामा रहेको नपाइएको, निरीक्षणको क्रममा मिठाई उत्पादन स्थलमा सिसाको सामग्रीहरु नरहेको तथा प्रयोग गरेको नदेखिएको, उद्योगको उत्पादन स्थलको, नाला (डूेन)को तथा कामदारको सरसफाई, र पेस्ट कन्टूोलको अवस्थामा कमी कमजोरी रहेकोले सुधार गरेर मिठाईको उत्पादन तथा बिक्री वितरण गर्न निर्देशन दिइएको, उत्पादकले असल उत्पादन अभ्यास (जी एम पी) का प्रावधान अनुसार उद्योगको संरचना तयार गर्न, कामदारलाई व्यक्तिगत सरसफाई तथा सम्भाव्य कन्टामिनान्ट्सको जानकारी र नियन्त्रण सम्बन्धमा तालिमको व्यवस्था गर्न ग्लास पोलिसीको कार्यन्वयन गर्ने र आकस्मिक रुपमा हुनसक्ने भौतिक कन्टामिनान्ट्सको टूेसेविलिटीको लागि सी सी क्यामेरा जडान गरी निगरानी गर्न निर्देशन दिएको, प्रयोगशाला परिक्षण गरी थप अनुसन्धान गर्न लयुको नमूना आउटलेटबाट र उत्पादन स्थलबाट संकलन गरीएको जनाएको छ ।
तरकारीमा जीवनाशक विषादीको अवशेष नियमनका लागि निरिक्षण तथा अनुगमनमा
विभागबाट बैशाख ४ गते राति १०ः०० बजेदेखि ५ गते बिहान ४ः०० बजेसम्म थानकोट (नागढुङ्गा)नाका भई काठमाडौं भित्रिने फलफुल तथा तरकारी बजारमा बिक्री वितरण हुने मध्ये २७ वटा सवारी साधनबाट तरकारीको कुल ४२ नमूना संकलन गरी मोवाइल खाद्य प्रयोगशाला भ्यानमा आरबीपीआर विधिबाट जीवनाशक विषादीको अवशेष परीक्षण गर्दा थानकोट (नागढुङ्गा) काउली, बोडी, करेला, फर्सी, गाजर, सिमि, टमाटर, काक्रा, घिरौला, बन्दा, हरियो प्याज, भान्टा, लौका, चिप्ले भिन्डी मकवान्पुर, घादिङ्ग, चितवन, रौतहट, नवलपरासी, कालीमाटी, जडिवुटी, ग्वार्को, वानेश्वर,बागबजार र बल्खु फलफुल तथा तरकारी बजारमा अनुगमन तथा निरीक्षण गरिएको थियो ।
विभागबाट बैशाख ७ गते काठमाडौं उपत्यका भित्र खाद्य पदार्थहरूको उत्पादन तथा बिक्री वितरण हुने स्थलमा अनुगमन गर्दा कालिका रेष्टूो एण्ड चमेनागृह, का.म.न.पा.(२८,(काठमाण्डौ महानगरपालिकाको कार्यालयमा रहेको क्याण्टिन), कृतिम खाद्य रङ्गको प्रयोग गर्ने गरेको, पकाएका खाद्य पदार्थ नछोपी भण्डारण गरेको, सरसफाई सामान्य रहेको, डस्टविन खुला रुपमा भान्सामा राखि फोहोर फाल्ने गरेको, उपभोग्य मिति समाप्त भएको २ लिटर क्यारामेल पाईएको, उपभोग्य मिति समाप्त भएको दुई, २ लिटर क्यारामेल नष्ट गरेको, कृतिम खाद्य रङ्गको प्रयोग गर्दा स्तरी प्रशोधन गरि सोही बमोजिम कार्य गर्ने दिएको छ ।

त्रिभुवन विमानस्थलमा अनुगमनः
विभागबाट बैशाख १० गते प्रधानमन्त्री कार्यालय सहितको संयुक्त टोलिद्वारा त्रिभुवन अन्तर्राष्टिूय विमानस्थल भित्रका खाद्य पदार्थ विक्री वितरण हुने देहायका पसलहरूको अनुगमन निरीक्षण गरी देहाय बमोजिम आवश्यक काम कारबाही गरिएको जानकारी दिइएको छ ।

त्यसरी अनुगमन तथा कारवाहीमा परेका व्यवसायहरु होटल सोनिग, का.म.न.पा–२९, य सरसफाई सामान्य रहेको। य खाद्य स्वच्छता कायम राख्न निर्देशन दिइएको प्रयोगशाला परिक्षणका लागि बटर मफिनको नमुना संकलन गरिएको,
साई किरण इन्टरप्राइजेज, तिआईए, सरसफाई सामान्य रहेको, क्रोसन्टमा म्याद समाप्त हुने मिति स्पष्ट उल्लेख नगरेको, लेवलमा उल्लेख गरिएको मूल्य (न्यूनतम मूल्य बिक्री) भन्दा भन्दा बढी मुल्य लिएको भनि वाणिज्य विभागद्वारा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ३ लाख जरिवाना गरिएको जनाएको छ ।
टि( थ्री थकाली ग्रुप प्रा. लि. भण्डार कक्षमा म्याद नाघेको खाद्य रंग र सुगन्ध पाइएको, म्याद नाघेको कलर र फ्लेवर वार ४ बट्टा नष्ट गरिएको, लेवलमा उल्लेख गरीएको मूल्य न्यूनतम मूल्य भन्दा बढी मुल्य लिएको भनि वाणिज्य विभागद्वारा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ३ लाख जरिवाना गरिएको जनाएको छ ।
ओरिएन्टल होटल्स प्रा. लि., सरसफाईको अवस्था सन्तोषजनक नरहेको, भान्सामा भएको डस्विन छोपेर नराखेको, भान्सामा म्याद नाघेको खाद्य रंग पाइएको, फ्राइंग तेल को टिपिएम परिक्षण गर्दा २६.५ भई मापदण्ड प्रतिकुल पाईएको, टिपिएम बढी भएको ३ लिटर तेल नष्ट गरिएको, सोहि तेल फ्राई गर्दै गरेको २ किलोग्राम समोसा नष्ट गरिएको, लेवलमा उल्लेख गरीएको मूल्य न्यूनतम् मूल्य भन्दा बढी मुल्य लिएको भनि वाणिज्य विभागद्वारा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ३ लाख जरिवाना गरिएको छ ।
होराइजन क्याफे, टिआईए बेकरी जन्य खाद्य वस्तुमा लेवल नलगाई राखेको, सरसफाईको अवस्था सामान्य रहेको, प्रयोगशाला परिक्षणका लागि बेकरीजन्य खाद्य वस्तुको नमूना संकलन गरिएको, खाद्य पदार्थमा अनिवार्य लेवल राख्न निर्देशन दिईएको छ ।
सान इन्टरप्राइजेज, टिआईए सरसफाई सामान्य रहेको, लेवलमा उल्लेख गरिएको मूल्य न्यूनतम् मूल्य भन्दा बढी मूल्य लिएको भनि वाणिज्य विभागद्वारा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ३ लाख जरिवाना गरिएको जनाएको छ ।

उत्पादन र बिक्री वितरण रोक्काः
विभाग अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जबाट बैशाख १० गते नेपालगञ्ज उप.म.न.पा.कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, बाँके, मिडिया लगायतको संयुक्त अनुगमनमा बाँके जिल्लास्थित देहायको खाद्य व्यवसायमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम उत्पादन र बिक्री वितरण रोक्का गरिएको विवरण सार्वजनिक गरिएको छ ।
कान्हा डेरी एंड जनरल स्टोर, नेपालगन्ज उप.म.न.पा. वडा नं.(१२, बि.पी चोक, बाँके फ्रिजको सरसफाईमा कमी देखिएको, डेरीमा प्रयोग हुने भाडाँकुडा फोहोर अवस्थामा रहेको, फ्रिजभित्र मरेको कमिला किरा भेटिएको, डेरीको भूइँ र भित्ता फोहोर अवस्थामा रहेको, दूध, दही उत्पादन र बिक्री वितरण गर्ने स्थलको सरसफाईको अवस्था सन्तोषजनक नपाइएको, म्याद गुज्रिएको जुसजेली ११ थान, अजविन पुफ १ थान, नेस्केफ आइस् लट्टे १ थान तथा फोहोर अवस्थामा राखेको पनिर करिब ३ किलोग्राम फेला परेको, म्याद गुज्रिएको जुसजेली नष्ट गरिएको ३७४० मूल्य बराबरको नष्ट गरिएको जनाएको छ । देखिएका कैफियत सुधार गरि सोको प्रमाण सहित ७ दिनभित्र कार्यालयमा उपस्थित हुने निर्देशन दिइएको छ । अर्को आदेश नभएसम्मका लागि उत्पादन र बिक्री वितरण गर्न रोक्का गरिएको छ ।

विभागले  र्र्यापिड रेस्पोन्स मोडालिटीमा) बजार अनुगमन निरीक्षण गर्ने क्रममा, गुनासोमा उल्लेखित खाद्य व्यवसायको अनुगमन निरीक्षण गरी तपसिल उल्लेख भएअनुसार आवश्यक कारबाही गरिएको व्यहोरा जानकारीका लागि यो विवरण सार्वजनिक गरिएको छ ।
जसमा लिट्टल बुद्ध रेस्टुरेण्ट लंज बार प्रा.लि. का.म.न.पा.–२६, नर्सिङ्ग चोक, ठमेलमा बैशाख ७ मा रेस्टुरेण्टमा चिकेन टिक्का मसला खाएपछि पेट दुखेको, पखाला चलेको ६ गते विभागमा प्राप्त उजुरी सम्बन्धमा अनुगमन गर्दा डिप फ्रिजमा लेवल विवरण नलगाई अव्यवस्थित तरिकाले भण्डारण गरिरहेको करिब ३ किलोग्राम कुखुराको मासु पाइएको,
किचनको सरसफाईमा ध्यान नदिएको र अव्यवस्थित तरिकाले खाद्य पदार्थ नछोपी खुला रुपमा जोखिमयुक्त तापक्रममा भण्डारण गरेको, उपभोग्य मिति समाप्त करिब ५०० ग्राम माछा र ५ किलोग्राम, लामो समयदेखि डिप फ्रिजमा भण्डारण गरेको सडेको करिब ३ किलोग्राम कुखुराको मासु र उपभोग्य मिति समाप्त भएको करिब ५०० ग्राम माछा र ५ किलोग्राम आटा नष्ट गरेको, डिप फ्रिजमा खाद्य पदार्थ भण्डारण गर्दा लेवल लगाएर व्यवस्थित तरिकाले भण्डारण गर्ने, भान्साको नियमित सरसफाई गरी व्यवस्थित बनाई खाद्य स्वच्छता सुनिश्चित गरेको प्रमाण ७ दिन भित्र विभागमा पेश गर्ने, खाद्य पदार्थ छोपेर सहि तरिकाले भण्डारण गर्ने निर्देशन दिएको जनाएको छ ।
मेगा मार्ट प्रा.लि., का.म.न.पा.(०४, बालुवाटार बिग मार्ट, बैशाख ९ मा अनुगमन गर्दा फिस्टेल डेरी प्रा.लि. पोखराद्वारा उत्पादित नोभा ब्राण्डको आईसक्रिम खाँदा स्वास्थ्यमा समस्या आएको, बैशाख ९ मा प्राप्त उजुरी अनुसार बिक्रेता मेगा मार्ट प्रा.लि.को आइसक्रिम भण्डारण स्थल अनुगमन गर्दा आईसक्रिम डिप फ्रिजमा भण्डारण गरेको पाइयो ।
डिप फ्रिजको तापक्रम (१८ डिग्री सेन्टिग्रेड रहेको र भण्डारण गरेको अवस्था सन्तोषजनक रहेको, उजुरीमा उल्लेख व्याच नम्बर एस–२१ भई मिति २०८२ असार २७ मा प्याक गरिएको उत्पादन भएको आईसक्रिम स्टकमा नपाइएको, उजुरीमा उल्लेख गरेको फिस्टेल डेरी प्रा.लि पोखरा औद्योगिक क्षेत्रबाट उत्पादित आईसक्रिम स्टकमा नपाईएको हुँदा सोही उद्योगबाट उत्पादित प्रयोगशाला परिक्षणका लागि सोही ब्राण्डको आईसक्रिमको नमूना संकलन गरिएको जनाएको छ ।

बिस्कुटमा रौं भेटिएको उजुरी गुनासो सम्वोधन :
बैशाख ४ गते विभाग अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटगर र वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, मोरङको संयुक्त अनुगमनमा देहायको खाद्य उद्योगबाट उत्पादन भएको बिस्कुटमा रौं भेटिएको उजुरी गुनासो सम्वोधन सम्बन्धी निरीक्षण अनुगमन तथा कारबाही गरेको विवरण सार्वजनिक गरेको छ ।
एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि., दुहवी, सुनसरी, बिस्कुटको नमुना संकलन गरि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरको प्रयोगशालामा परीक्षणका लागि पठाईएको जनाएको छ । विभागको टोलिसँग संयुक्त रुपमा खटिएको वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरद्वारा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३५ को खण्ड “ङ” बमोजिमको कसुर वापत सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड “ख” बमोजिम २ लाख जरिवाना गरिएको जनाएको छ ।
खाद्य तथा गुण नियन्त्रण विभाग खाद्य अनुसन्धान अधिकृत डा.बालकुमारी शर्माद्वारा प्रेसित विज्ञाप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain