२०८३ असार १०

सरकार प्रति सुकुम्वासी, अव्यवस्थित बसोवासी र भूमिहीन किसानहरू आक्रोशित

काठमाडौं, जेठ १७, वामपन्थी पार्टीहरू सम्वद्ध नेपालका ६ वटा किसान संगठनहरूले बालेन सरकार प्रति आक्रोशित भएका छन्
सुकुम्वासी, भूमिहीन किसान, अव्यवस्थित बसोवासी, प्रतिको रवैयाको विरोध गर्दै एक प्रेस वक्तव्य प्रकाशित गरि उक्त कुरा जनाएका हुन् ।
जारी वक्तव्यमा, क्रान्तिकारी किसान महासंघ नेपालका अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान महासंघ (अपफा्) का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष दुर्गा प्रसाद जैसी , अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष राम दुलार महतो, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका अध्यक्ष बलदेव चौधरीले संयुक्त वक्तव्यमा हस्ताक्षर गरि उक्त कुरा जनाएका छन् । वक्तव्यमा
“नेपाली जनतालाई सुशासन, शान्ति र सुरक्षित भविष्य दिने भन्दै चुनावका बेला ठूलो आश्वासन दिएर सत्तारुढ भएको झन्डै दुई (तिहाई बहुमत प्राप्त रास्वपा बालेन सरकारले सुकुम्वासीको सही, दीर्घकालीन समाधान नखोजी एकाएक उनीहरूमाथि दमन गर्ने, बिल्लीवाठ पार्ने, चिलविल तुल्याउने, त्यो घोर अमानवीय र खुल्लमखुल्ला संविधान विपरित भएको छ । उनीहरुले संयुक्त किसान संघर्ष समितिमा आवद्ध छ घटक किसान संगठनहरू यस दमनकारी र फासिस्ट अमानवीय प्रवृत्तिको जोडदार विरोध गर्दछौं । शान्तिपूर्ण र सहज तरिकाले सुकुम्वासी र गैर–सुकुम्वासी छुट्याउन सकिने र निराकरण गर्न सकिने समस्यालाई शत्रु देशको सेनालाई जस्तो सुकुम्वासी वस्तीमा एकाएक डोजर लगाएर दमन गर्ने अनि छानविनको नाटक गर्ने , यस प्रकारको फासीवादी चरित्रले देशैभरि सुकुम्वासी , अव्यवस्थित बसोवासी र भूमिहीन किसानहरू अत्यन्तै असन्तुष्ट, त्रसित र आक्रोशित हुन पुगेका छन् ।
कुनै भरपर्दो र विश्वासलाग्दो वैकल्पिक व्यवस्था नगरी ठूलो संख्यामा तिनै अंगका सुरक्षाकर्मीहरू तैनाथ गरी सुकुम्वासी वस्तीलाई युद्धले आक्रान्त र ध्वस्त बनेको क्षेत्र जस्तो तुल्याउने गरी गम्भीर प्रश्न खडा भएको जनाएको छ ।

यस गम्भीरतम स्थितिमा हामी देश र जनताप्रति समर्पित निष्ठावान सबै राजनीतिक शक्ति, वर्गीय तथा सामाजिक अभियन्ता, व्यवसायी, शिक्षक, कानुन व्यवसायी,चिकित्सक, युवा, विद्यार्थी, महिला, दलित, जनजाति, अल्पसंख्यक सीमान्तकृत सबै जनसमुदायमा निरीह तुल्याइएको किसान वर्ग खासगरी सुकुम्वासी, भूमिहीन रअसुरक्षित किसानको समस्या समाधान गर्न एकजुट भएर खडा हुन न्यायपूर्ण आवाज उठाउन जोडदार आह्वान गर्दछौं भनिएको छ । किसानलाई उठिवास गराउने र लखेट्ने यो ज्वलन्त समस्याका साथै चौतर्फी रूपमा आकाशिएको महँगी, मलको अभाव र कालाबजारी लगायतका समस्या तथा आम किसानका ज्वलन्त राष्टिय समस्याहरूलाई समेतलाई लिएर बृहत अन्तरक्रियाका साथ संघर्षमा उत्रन हामी बाध्य हुने कुरा सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain