काठमाडौँ, बैशाख १७, कैलाली जिल्लाका किसानहरूले सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यभन्दा बढी दरमा गहुँ बिक्री गर्न पाउँदा सन्तुष्टि व्यक्त गरेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय धनगढीले बुधबारदेखि टीकापुर क्षेत्रमा गहुँ खरिद कार्य सुरु गरेको हो । यसअघि धनगढीको मोहनपुरबाट पनि मङ्गलबारदेखि खरिद प्रक्रिया अघि बढाइएको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय धनगढीले बुधबारदेखि टीकापुर क्षेत्रमा गहुँ खरिद कार्य सुरु गरेको हो। यसअघि धनगढीको मोहनपुरबाट पनि मङ्गलबारदेखि खरिद प्रक्रिया अघि बढाइएको थियो ।
कार्यालयका वरिष्ठ सहायक पुष्पराज बजगाईंका अनुसार सरकारले निर्धारण गरेको प्रति क्विन्टल ३,९४५ रुपैयाँ समर्थन मूल्यभन्दा माथि उठाएर कम्पनीले ४,२५० रुपैयाँमा गहुँ खरिद गरिरहेको छ। “किसानलाई प्रोत्साहन गर्न मूल्य बढाइएको हो, यसले उनीहरूलाई राहत दिएको छ,” उनले बताए ।
टीकापुरमा गहुँ बिक्री गर्न आएका किसान योगेन्द्र साउँदले बजारभन्दा राम्रो मूल्य पाएको भन्दै खुसी व्यक्त गरे। “पहिले केही किसानले कम मूल्यमा बेच्नुप¥यो, तर अहिले भने उचित मूल्य पाइएको छ,” उनले भने ।
त्यस्तै, जोशीपुर गाउँपालिका(६ का किसान क्रिमलाल डङ्गौराले पनि तोकिएकोभन्दा बढी मूल्य पाउँदा सन्तुष्टि जनाए। उनले सरकारले समयमै समर्थन मूल्य घोषणा गरी खरिद प्रक्रिया पनि चाँडै सुरु गर्नुपर्ने सुझाव दिए ।
अर्का किसान रमेश चौधरीले खेतबाटै उत्पादन बेचेर घरखर्च, बालबालिकाको पढाइ तथा आगामी बालीका लागि बीउ(मल जुटाउने गरेको बताए। उनले किसानमैत्री नीति अझ प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे ।
खाद्य कम्पनीले कैलाली जिल्लाबाट करिब १० हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य राखेको छ। योजना अनुसार प्रतिकिसान अधिकतम ७० क्विन्टल र सहकारीमार्फत अधिकतम ५०० क्विन्टलसम्म गहुँ खरिद गरिनेछ ।
समर्थन मूल्यभन्दा बढी दरमा खरिद सुरु भएपछि स्थानीय किसानमा कृषि पेशाप्रति थप हौसला बढेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्