काठमाडौं, जेठ १८, विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवम् जीविकोपार्जनमा पु¥याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओले) सन् २००१ जुन १ देखि विश्व दूध दिवस मनाउन थालिएको छ ।
आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालेको हो ।
दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार-प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पु¥याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी संघलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेका थिए ।
यस वर्ष राष्टिूय दुग्ध विकास बोर्डको संयोजकत्वमा विभिन्न सरकारी तथा निजी सरोकारवाला निकायहरूले जेठ १४ देखि १९ गतेसम्म साताव्यापी कार्यक्रमहरू आयोजना भएका थिए ।
साताव्यापी कार्यक्रम अन्तर्गत उपत्यकाव्यापी विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, कालीमाटीमा रहेको आमाघरमा वृद्धवृद्धाहरूलाई दूध र फलफूल वितरण, जेठ १८ गते काठमाडौंमा विश्व दुग्ध दिवसको मूल समारोह समितिको आयोजनामा सम्पन्न कार्यक्रममा कृषि, वन तथा वातावरण मन्त्री माननीय गीता चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएका थिए ।
दुग्ध विकास बोर्डका अनुसार नेपालको अर्थतन्त्रमा दुग्ध क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको छ । कुल कृषि गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान करिब २५ प्रतिशत रहेको र त्यसमा दुग्ध क्षेत्र प्रमुख क्षेत्र भएको जनाएको छ ।
आर्थिक वर्ष २०८१-८२ को तथ्याङ्क अनुसार नेपालमा वार्षिक २७ लाख १८ हजार १७७ मेट्रिक टन दूध उत्पादन भएको छ । ‘यो क्षेत्रले ग्रामीण अर्थतन्त्रमा वार्षिक करिब २८ अर्ब रुपैयाँ शहरबाट गाउँतर्फ प्रवाह गर्दै ३ लाख ८० हजार परिवारलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।
औद्योगिक विकासतर्फ नेपालमा हाल काभ्रेपलाञ्चोक, विराटनगर, चितवन, पोखरा, भक्तपुर, सुनसरी र हेटौंडा लगायतका ९ वटा स्थानमा धूलो दूध (पाउडर मिल्क) कारखाना सञ्चालनमा रहेका छन् । यी उद्योगहरूले वर्ष २०८२ मा करिब ५ करोड लिटर दूध प्रशोधन गरी ४ हजार १५० मेटिूक टन धूलो दूध उत्पादन गरेका छन् ।
पछिल्लो चार वर्षमा दुग्धजन्य पदार्थको व्यापारमा ७१ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले यो क्षेत्रको निर्यात क्षमता र औद्योगिक भविष्य आशालाग्दो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्