काठमाडौं, बैशाख १८, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्टिूय बाह्य अनुसन्धान केन्द्र, खुमलटारको आयोजनामा उद्यमी किसान र कृषि वैज्ञानिकबीच अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ ।
प्रमुख अतिथि, नार्कका कार्यकारी निर्देशक डा.श्रीमत श्रेष्ठको उपस्थिति रहेको उक्त गोष्ठी अन्तरक्रिया कार्यक्रममा अनुसन्धानलाई व्यवस्थित किसानमैत्री बनाउनु पर्ने कुरामा जोडदिएको छ ।
गोष्ठीमा कृषि क्षेत्रमा देखिएका चुनौंती, अनुसन्धानबाट विकसित नवीनतम् प्रविधि तथा किसानका व्यवहारिक समस्याबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रमको अध्यक्षता पशु तथा मत्स्य अनुसन्धानतर्फकी निर्देशक डा.निना अमात्य गोर्खालीले गर्नुभएको थियो ।
प्रस्तुतीकरणमा जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएका प्रभाव, जोखिम न्यूनीकरणका उपाय तथा आधुनिक कृषि प्रविधिको प्रयोगबारे जानकारी गराइएका थिए । उक्त कार्यक्रममा राष्टिूय बाली अनुसन्धान केन्द्रका वैज्ञानिकहरूले नेपाल कृषि अनुसन्धान परिषद्बाट विकसित नवीनतम् कृषि प्रविधि तथा अनुसन्धान उपलब्धिहरूबारे प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा किसान र वैज्ञानिकबीच खुला अन्तरक्रिया तथा छलफल समेत सञ्चालन गरिएको थियो । सहभागी किसानहरूले खेतीपातीका क्रममा भोगिरहेका समस्या, उत्पादन लागत, रोग(कीरा व्यवस्थापन, बजारको पहुँच तथा जलवायुजन्य चुनौंतीबारे आफ्ना धारणा राखेका थिए । वैज्ञानिकहरूले उठाइएका जिज्ञासाको उत्तर दिँदै सम्भावित समाधान तथा प्राविधिक सुझाव प्रदान गरेका थिए ।
छलफलका क्रममा उद्यमी किसानहरूले अनुसन्धान संस्थाले विकास गरेका प्रविधिहरूलाई अझ प्रभावकारी रूपमा गाउँस्तरसम्म पु¥याउनुपर्ने आवश्यकता औंल्याएका थिए । कार्यक्रममा किसानका अनुभव र सुझावले आगामी अनुसन्धान तथा प्रविधिको विकासमा मार्गदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ ।
अध्यक्ष डा.निना अमात्य गोर्खालीले गोष्ठीमा उठाइएका सुझावहरूलाई आगामी अनुसन्धान तथा कार्यक्रमहरूमा समेटिने प्रतिवद्धता व्यक्त गर्दै किसान र वैज्ञानिकबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने बताउनु पर्ने कुरामा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्