घनश्याम अधिकारी (वैरागी जेठा)
काठमाडौं, असार १६, वाग्मती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालय पर्यटन हेटौडा र रैथाने संरक्षण नेपालको सहकार्यमा “हास्पिट्यालिटी मेनेजमेन्ट” विषयक तालिम तथा एकदिने अन्तरक्रिया कार्यक्रम काठमाडौंस्थित होटल रामायना सोह्रखुट्टेमा सम्पन्न भएको छ ।
कार्याक्रमका अतिथिहरू नाथमकी अध्यक्ष पवनकुमार पोखरेल, रैथाने प्रोडक्टका अध्यक्ष तिलक ढकाल, राम पुरी, विनोद अर्याल, हरिशरण थपलिया, शाजन शाक्य, लगायत अतिथिहरु अतिथिहरूले मन्तव्य राख्नु भएको थियो । उक्त अन्तरक्रियामा तथा तालिम कार्यक्रममा देशको संविधान, कानून, ऐन, व्यवहार, भाषा, धर्म, संस्कृति, यिनले पारेका प्रभाव बारे धारणाहरू राखेका थिए । सञ्चारमाध्यमहरु, पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाईन, चलचित्र आदि प्रमुख माध्यमहरु सूचनाको संवाहकको रुपमा रहेको र त्यसले सत्यतथ्या कुराहरु सम्पे्रषण गर्नु पर्ने बताएका थिए ।
कार्यक्रममा पर्यटन एउटा उद्योग भएको, पर्यटन व्यवसायमा ठूलो लगानी रहेको, धार्मिक, ऐतिहासिक मठ मन्दिर, उच्च टाकुरा, हिमाल, उच्च्च हिमाल, नदीनालाहरू देशको पर्यटन आधार हुन् । ति भूगोलहरूमा बसोवास गर्ने विभिन्न समुदाय, उनीहरुले बोलिने भाषा, मान्ने साँस्कृतिक, लगाउने भेषभूषा, गाउने गीत–सङ्गीत, आ–आफ्नै रहेका छन । नेपालमा बोलिने १२५वटा भाषा रहेकाछन्, १४२ जातहरू छन् । तिनले उत्पादन गर्ने जडीबुटी, कोदो, जुनेलो फापर, उवा, जौ, विभिन्न्न फलफूल तरकारीहरू नेपालको रैथाने जातका बालीहरु हुन् तिनको संरक्षण र प्रवद्र्धन गर्न आज आजको आवश्यकता रहेको बताएका थिए ।
पर्यटन, वन्यजन्तु, रैथाने बाली, विभिन्न परम्परागत आदिवासी ज्ञानहरु पस्केर पर्यटन उद्योगको विकास गर्न आजको आवश्यकता रहेको बताएका थिए ।
कार्यक्रमको अध्यक्षता डा.अलकबाबु प्रसाईँको गर्नु भएको थियो । कार्यक्रममा विभिन्न संघ(संस्था र व्यक्ति गरि ६० जना सहभागीता रहेका थिए । भने तालिम तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुलाई अतिथिहरुबाट प्रमाणपत्र प्रदान गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्