२०८३ आश्विन २३

पत्रकार धनबहादुर मगर ‘‘कृषि सम्मान २०८३’’ द्वारा सम्मानित

काठमाडौं भाद्र १३, शब्दयात्रा प्रकाशनको आयोजनामा कृषि जर्नल मासिकका प्रधान सम्पादक धनबहादुर मगर सम्मानित भएका छन् ।
कृषि क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार धनबहादुर मगरलाई कृषि विकास मन्त्रालयका पूर्व सह–सचिव डा.जगदिश चन्द्र वरालको नाममा शब्द प्रकाशनद्वारा स्थापित ‘‘कृषि सम्मान २०८३’’ द्धारा सम्मानित गरिएको हो ।

उक्त सम्मान कृषि क्षेत्रमा कलम चलाएवापत मगरलाई सम्मान गरिएको शब्द प्रकाशनका सल्लाहकार तथा संरक्षक वरिष्ठ साहित्यकार हरिमञ्जुश्रीले बताउनु भयो ।

उक्त अवसरमा दृष्टिविहिन भजन गायिक कुमारी याङवो लिम्वु र पत्रकार धनबहादुर मगरलाई शब्द प्रकाशनले सम्मान गरेका हुन् ।

सिन्धुली जिल्ला स्थायी घरभई हाल अमेरिकामा बसोवास गर्नुहुने डा.जगदिशचन्द्र वरालले साहित्यकार हरि मञ्जु श्रीलाई आफ्नो रचनाको शुद्धाशुद्धी हेर्न पठाएको पारिश्रमिकवापतको रकम बढी भएपछि रकम फिर्ता गर्नु खोज्दा मलाई पठाउनु पर्दैन बरु कृषि विद्यामा कलम चलाउने सञ्चारकर्मीलाई सम्मान गर्नु भनेर सल्लाह दिएपछि साहित्यकार हरि मञ्जुश्री उहाँले पठाएको पारिश्रमिक बढी भएकोबाट कार्यक्रम गरेर सम्मानित गर्नुहोला भन्ने सुझाव दिएपछि डा.जगदिशचन्द्र वरालको सुझावमा कृषि विद्यामा कलम चलाउने सञ्चारकर्मीलाई सम्मान गरेको साहित्यकार मञ्जुश्रीले बताउनु भयो ।
उहाँले को छन् छन् त सम्मान गर्न मिल्ने कृषि पत्रकार भनेर गुगल इन्जिनमा सर्ज गरेपछि कृषि सम्बन्धी कलम चलाउने पत्रिका र पत्रकार ‘‘धनबहादुर मगर, कृषि जर्नल, मच्छेगाउँ, लेखेको फेलापारी सम्मानको लागि छनौंट गरेको पनि बताउनु भयो ।

साथै मञ्जु श्रीले यो पहिलो पटकको सम्मान गरेको र आगामी दिनहरुमा नियमित रुपमा शब्द प्रकाशनले सम्मान गरिने पनि बताउनु भयो ।

स्वयम्भु शाक्यद्धारा लिखित हरिमञ्जु श्री वाङ्मय यात्राको ‘मेरो कथा यात्रा’ बारेका मैले विर्सेका कुरा समेतेर लेख्नु भएको रहेछ । मञ्जु श्रीले भन्नु भयो । जीवन, यात्रा, जागिर लगायत स्वयम्भु जीको योगदान आफूले कहिल्यै नबिर्सने बताउनु भयो ।

काठमाडौं युनिभर्सिटीका प्राध्यापक हेमराज काफ्लेले स्वयम्भु शाक्यद्वारा लिखित, वरिष्ठ साहित्यकार हरि मञ्जुश्रीको वाङमय यात्राको ‘मेरो कथा यात्रा’ नामक कृतिको समीक्षा गर्दै मानिसको जीवन किताब भन्दा ठूलो हुन्छ । त्यति ठूलो जीवनलाई कृतिमा अटाउन सक्नुहुन्न । कृतिलाई वहुआयामिक रुपमा हेर्न सकिन्छ ।
काफ्लेले पठन संस्कृतिमा ह्रास हुँदै गएको अवस्थामा गुणस्तरीय लेखन आउनु समाजको लागि योगदान हुने बताउँदै, यति ठूलो जिन्दगीमा काठमाडौं विश्व विद्यालयमा कार्यरत मञ्जुश्रीले वाङ्मय यात्राले उनको जीवनले अध्यायबाट सिक्नु पर्ने धेरै कुराहरु रहेको बताउनु भयो ।

हरिमञ्जु श्रीको वाङमय यात्रा कविता पञ्चायतकालबाट शुरु भएको देखिन्छ । क्रान्तिकारी छविको मञ्जुश्रीले कविता, कथा, लेखे वापत पुलिसको कुटाई खानु परेको बताउनु भयो ।

टिप्पणीकार प्रा.हेमराज काफ्लेले मञ्जुीको गायनका गीतहरु दर्जार्नौ भएको पुगेको बताए । मञ्जुश्रीले समाजको लागि धर्म, दर्शन, अध्यात्मिक चिन्तनबाट सकारात्मक दृष्टिकोणले सिर्जनाहरु पस्कदै आएका बताउनु भयो । शालिन खालका शुक्तिहरु, वेदका ऋचाहरुलाई आधुनिक गाएनमा ढालेको छन् । साथै नयाँ प्रतिभाहरु यूट्यूबमा सार्वजनिक भएको छ ।

शब्द यात्रा प्रकाशनले भाद्र १० गते भोटेकोशीको बाढीले पारेको अकल्पनीय धनजनको क्षतिप्रति दुखः व्यक्त गर्दै दिवंगतहरुको सम्झनामा निलकण्ठेश्वार महादेव मन्दिरमा १०८ वटा दीप प्रज्वलन गरेका थिए । साथै शब्द यात्रा प्रकाशनले रसुवा–भोटेकोशी बाढीबाट प्रभावितहरुका लागि प्रधानमन्त्री राहत कोष ८२ हजार रुपैयाँ जम्मा गरेको पनि बताउनु भयो ।

साथै इन्जिनियर रोशन अधिकारीद्धारा लिखित, रश्मी हुमागाईको गायन रहेको भजन गीतको एलवम विमोचन भएका थिए ।

स्रष्टाहरुबाट कविता, गीत, गजल, भजन, वाचन
सिर्जना ाचन गर्नेहरु टोपबहादुर खड्का, कुमारी याङ्वो लिम्बु, हरि मञ्जु श्री, उज्ज्वल बनेपा, अच्युट अधिकारी, गोविन्द खडका, डा.इन्डुल केसी, मुरारी रायमाझी, नवराज दाहाल (उत्साही), सलिन विष्ट, लक्ष्मी प्रसाई, कृष्णमणी कुइकेल, केदारनाथ तिमिल्सिना, धनहबहादुर मगर, वाचन गरेका थिए ।

इन्जिनियर रोशन अधिकारीद्धारा लिखित रश्मी हुमागाईको गायनमा ‘‘ज्ञानको धन देउ’’ गीती एलवम प्रस्तुतिका साथै सार्वजनिक गरेको थिए ।
कार्यक्रमको अध्यक्षता शब्द प्रकाशनका अध्यक्ष कृष्णमोहन कुइकेलले गर्नु भएको थियो ।
सञ्चालन शब्द प्रकाशनका सचिव डा.इन्डुल केसी खड्काले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain