२०८३ आश्विन २३

कृषि विश्वविद्यालयहरु पुनर्संरचना गर्नु पर्छ: पूर्व उप–कुलपति तथा प्रा.डा.पुण्यप्रसाद रेग्मी

नेपालको कृषि शिक्षा, हाल भइरहेको कृषि शिक्षाको मोडल, रैथाने कृषि प्रविधिको ज्ञान, नेपालले दिएको कृषि शिक्षा प्रणालीको सुधार बारेमा कृषि तथा वन विज्ञान अध्ययन संस्थान उपकुलपति, कृषि अर्थशास्त्र विषयको अध्यापन । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष, प्राध्यापक डा.पुण्यप्रसाद रेग्मीसँग धनबहादुर मगरले कृषि जर्नल मासिकको लागि गरेको कुराकानीको प्रस्तुत अंशः

यहाँले अध्यापन गराउनु भएको ३० वर्ष भयो । ३० वर्षभन्दा अगाडि अध्ययन गर्दाको कृषि शिक्षाको अवस्था कस्तो थियो ?
धेरै राम्रो प्रश्न सोध्नु भयो, म २०३७ सालमा बिएसीएजी पढ्नलाई चितवन जिल्लाको रामपुर आएको थिएँ । त्यतिबेला नेपालमा एउटा मात्र कृषि क्याम्पस थियो । त्यतिबेला रामपुर क्याम्पस बिएसी एजी पढ्ने भनेर रामपुर क्यापस नेपालको कृषि विषयक अध्ययन केन्द्र भनेर चिन्दथे ।
एनविसी पिएचडीको पढाई नेपालमा नहुने भएको हुनाले हामीलाई पढाउने गुरुहरु धेरैजसो अरु मुलुकका थिए । नाम चलेका विश्वविद्यालयबाट एमएसी पिएचडी गरेर आउनु भएको थियो । उहाँहरुले पढाउनु हुन्थ्यो र त्यतिबेला क्याम्पसको पढाइको दृष्टिकोणले, आवश्यक पर्ने जनशक्तिका दृष्टिकोणले, क्याम्पसलाई आवश्यक पर्ने पूर्वाधारको दृष्किोणले, एउटा नमूना क्याम्पस थियो । क्याम्पसलाई आवश्यक पर्ने जनशक्ति, शिक्षकहरुको राम्रो व्यवस्था, कर्मचारीहरु राम्रो व्यवस्था, पूर्वाधार, छात्रावासदेखि पुस्तकालयसम्म सबै राम्रा व्यवस्था थियो । तर तुलनात्मका रुपमा अहिले आउँदा र संस्थागत दृष्टिकोणले अहिले देशभर करिब ३५ वटा कृषि क्याम्पसहरु विभिन्न विश्वविद्यालयमा अन्तर्गत मध्यपश्चिम विश्वविद्यालय, सुदुरपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यलय, काठमाडौं विश्वविद्यालय लगायत थुप्रै विश्व विद्यालयहरु र नयाँ(नयाँ आङ्गिक क्याम्पसहरु स्थापना भएका छन् । त्यस्तै अब कृषिनै पढाउने भनेर मदनभण्डारी विश्वविद्यालय पनि आएको छ । धेरै विश्वविद्यालयहरुको संख्या पनि थपिएको छ । मैले विएसस्सी एजी पढाउँदा खेरी एउटा पूर्वाधार त्यसपछि जनशक्तिको व्यवस्थापन त्यो कुरा अहिलेको कलेजहरुमा देखिदैन । त्यसकारण तुलनात्मक रुपमा गुण हेर्दा राम्रो पढाउने शिक्षकको व्यवस्था नहुनु, पूर्वाधारको व्यवस्था नहुनु, अथवा अन्य टिचिङ्ग, लर्निङ्ग वातावरणको कमजोर हुनु पहिलेको जस्तो सोचेजस्तो गुणस्रणीय शिक्षा अहिले देखापरेको छैन ।

हिजोको पढाई र आजको पढाइको विषयमा पनि यहाँले बताइदिनु भयो । यहाँको लामो अनुभवमा नेपालको कृषि अध्यापन कस्तो हुनुपर्छ जस्तो लाइछ ?
मैले अलिकति यो भन्दा अगाडि विषयवस्तु राखिसकेको छु । हाम्रो जति पनिकृषि शिक्षा दिने विभिन्न कलेजरु छन्, विश्व विद्यालयहरु छन् तिनीहरुमा अहिलेको नयाँ प्रविधि अथवा स्मार्ट कक्षहरुको व्यवस्था, अथवा अहिले आएको नयाँ एआई प्रविधिको जमाना छ । यस्ता प्रविधिलाई पनि आत्मसाथ गर्दै र पाठ्यक्रम पनि समयानुकुल परिमार्जन गर्दै, हाम्रो कृषि शिक्षाका प्राविधिक नीतिहरुलाई पनि स्मार्ट कक्षाका रुपमा व्यवस्था, छिमेकी देश भारतको विश्वविद्यालयहरुको जुन उत्पादन छन् । तिनीसँग प्रतिस्पर्धामा गर्न नसके पनि एउटा रिजनकै विश्वविद्यालय बनाउने हिसाबले अगाडि बढ्नसक्यो भने हाम्रो कृषि शिक्षा उत्कृष्ट हुन्छ ।

रामपुर क्याम्पस नहुँदा नेपाली विद्याथीहरु कृषि पढ्नको लागि भारतको विभिन्न प्रान्तहरुमा जाने गर्थे । अनि त्यहाँबाट आएर नेपालमा कृषि प्रसारका लागि काम गथ्र्यो । भारतमा हिजोको कृषिको पढाईको अवस्था कस्तो थियो, त्यो पनि बताइदिनु होस् ?
भारतमा अहिले ७२ वटा विश्वविद्यालयहरु छन् खास गरेर त्यहाँ (आइकार) सरकारी कृषि अध्ययन गराउने ठूलो संस्था हो । यस अन्तर्गत विश्वविद्यालहयरु रहन्छन् । त्यसको मापदण्ड पालना गर्नु पर्छ जस्तै ७० प्रतिशत जति पाठ्यक्रम एकै खालको हुन्छ । र ३० प्रतिशत स्थानीय कृषि, पशुपालन, आवश्यकता अनुसार पाठ्यक्रम छन् । त्यसरी सरकारी कृषि कार्यक्रम अन्तर्गत विश्वविद्यालयहरु राम्रोसँग सफल भएका छन् । नेपालको कृषिका कजेलहरु कृषि मन्त्रालय अन्तर्गत नभइकन शिक्षा मन्त्रालयमा अन्तर्गत छन् । नेपालको कृषि कलेजहरु पहिलेदेखि कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत हुनुपर्छ भन्दै आएको छु । तर अहिलेसम्म कार्यन्वयन हुन सकेको छैन । त्यसो गर्दा सबैको एक्सेस बढी भएर कृषिको शिक्षा, कृषिको अनुसन्धान, कृषिको प्रसार यी ३ वटा विषय एकीकृत रुपमा अगाडि बढ्थ्यो ।
अझ कृषि विश्वविद्यालयहरु ल्याण्ड ग्रान्ड मोडलमा लागु हुनु पर्छ भन्दै आएको छु । ल्याण्ड ग्राण्ड भनेको सरकारी जमीन निजी जमीन, हरुमा स्रोत साधानको प्रयोग गरि मत्स्या फार्म, पशुपालन फार्म, बाली विज्ञान फार्मको विकास गर्न सक्ने सम्भावना भएको र त्यस्ता स्थान अध्ययन अनुसन्धान प्रशस्त गर्न सक्ने भउकाले जग्गाको व्यवस्था र सरकारले गर्ने, विश्वविद्यालयको वजेट अनुसार अनुसन्धान, प्रसारको लागि यथेष्ट वजेट छुट्याइदिने गरि त्यस किसिमको विश्वविद्यालयहरु अमेरिकामा सञ्चालित छन् । ल्याण्ड ग्राण्ड मोडलमा सञ्चालित विश्व विद्यालयहरु धेरै नै पपुलर छन् । नेपालमा पनि हामीले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई ल्याण्ड ग्राण्ड मोडलमा लैजानु पर्छ भनेर प्रयास गरेको छ । अहिले लागु हुन सकेको छैन ।

ल्याण्ड ग्राण्ड मोडलेको शिक्षा अनुसन्धान, प्रसार भयो भने हाम्रो नेपालको कृषि अगाडि बढ्ने हजुरको विचार हो ?
हजुर, किनभने हाम्रो क्याम्पसहरुमा मात्र सीमित भएका छन् । शिक्षण एउटाले, अनुसन्धानलाई एउटाले, प्रसार एउटाले हेर्ने र अर्कोले कोअर्डिनेशन गर्दा राम्रो हुन्छ । कोर्डिनेशन नहुँदा यो तरिकाले हामीले सोचेको जस्तो विकास गर्न सक्दैन । यसकारण साच्चिकै कृषिका विकास गर्ने हो भने एकीकृत रुपमा शिक्षण, अनुसन्धान र प्रसारलाई लैजानु पर्छ र जति पनि विश्वविद्यालय, कलेजहरु छन् ल्याण्ड ग्राण्ड मोडलबाट अगाडि बढाउनु पर्छ ।

कृषि विश्वविद्यालयहरुमा अध्ययन गरेका विद्याथीहरुलाई आयआर्जनमा जोड्न सकेन भनेर गुनासो आइरहेको छ । यो काम सरकारले व्यवस्थापन नगरेर हो वा विद्यार्थीहरुले नचाहेर हो ?
पहिले हामीलाई कति कृषिमा कति जनशक्ति चाहिने हो, राष्ट्रिय योजना आयोगले राम्रोसँग अनुसन्धान गर्छ । जस्तो हामीले अध्ययन गर्दा लामो समयसम्म राष्ट्रिय योजना आयोगमा कतिजना वर्षमा खपत हुनसक्छ । जस्तो आज जस्तो विश्वविद्यालय कति चाहिन्छ । नार्क जस्तो अनुसन्धान केन्द्रमा कति जनशक्ति चाहिन्छ । बाहिर अरु बजारमा कति चाहिन्छ ? माग कति छ त्यो सबै गरेर वर्षमा कति कोटा आवश्यक छ । कुन कलेजलाई दिने भन्ने हुनु पर्छ । अहिले राष्ट्रिय योजना आयोगले त्यो प्रक्षेपण गर्दैन । अझ आफु खुसी विश्वविद्यालयका कलेजहरुले कोटाहरु तोक्ने र भएभरका जनशक्ति उत्पादन उद्यमशिलतासँग जोड्ने थेउरी भन्दा बढी प्राक्टिकल कक्षाहरुमा लैजाने एक किसिमको पाठ्यक्रम परिमार्जन गर्दै लैजानु पर्छ ।
जस्तो म कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति हुँदा हाम्रो थेउरी र प्राक्टिकलको रेसियो हेर्दा ३७ प्रतिशत मात्र प्राक्टिकल, ६३ प्रतिशत थेउरी थियो । कम्तिमा पनि ५० ÷५० प्रतिशत लैजानु पर्छ भनेर पाठ्यक्रम परिमार्जन गर्दा ४९ प्रतिशत जति थेउरी, ५१ प्रतिशत जति प्राक्टिकलमा आएको थियो । अब त्यसलाई ६०÷६५ प्रतिशत ल्याउनु पर्छ । विश्वविद्यालयहरुमा खास सीप, प्रयोगात्मक सीमा बढ्छन् । इन्टरप्रेनरसीप, उद्यमशिलता, उद्यमी बन्न त्यसले प्रोत्साहन गर्छ । यसले विद्यार्थीहरुलाई पढ्दा–पढ्दै सिक्ने र कमाउने कुरा गर्नलाई सरकारले पनि एउटा विधिकै रुपमा प्राविधिक विश्वविद्यालहरुमा सिक्दै, पढ्दै, अथवा अनुभव बढ्दै गई बढी भन्दा बढी सिप हासिल हुने, ज्ञान हासिल हुँदै जान्छ ।
त्यतातिर अहिलेसम्म बजेट छुट्याउन मेसो भएको छैन । त्यसैले आन्तरिक रुपमा भएपनि म उपकुलपति हुँदा नेपाल वायोइन्टर प्रेनरसिप भनेर विद्यार्थीहरुलाई उद्यमी बनाउने प्रयास नभएको होइन । पढेपछि जागिर होइन कि, अरुलाई जागिर दिने खालको इन्टरप्रेनर एनवीआई कार्यक्रम सञ्चालन गरिको थियो । चलिराखेको थियो त्यस्तै थुप्रै विद्यार्थीहरु इन्टर्नसीपमा पढ्दा अन्तमा विद्यार्थीहरु सक्षम बन्छन् । हामी विदेशमा, इजरायलमा पढाउन, त्यहाँ गएर नयाँ प्रविधि सिकेर आएर नेपालमा उद्योग व्यवसाय शुरु गर्नु, त्यस्तो काम केही विद्यार्थीहरुले पनि गर्नु भएको छ । र यसलाई पाठ्यक्रममै सिक्दै, कमाउँदै, छुट्टै कार्यक्रमनै समावेश गर्ने हिसाबले नेपालमा उद्यम व्यवसायहरुमा लाग्ने प्रेरित गर्न पर्छ भन्ने मलाई लाग्छ ।

हाम्रो देशजस्तो कृषि प्रधान देशमा वहुसंख्याक जनता कृषिमा आश्रित छन् । आधुनिक नभएपनि निर्वाहमूखी गरिरहेको अवस्था छ । हाम्रो देशको भौगोलिक अवस्था अनुसार रैथाने खेती प्रविधि, परम्परागत रैथाने खेती प्रविधिको कालान्तरमा यसको महत्व कतिको हुन सक्छ ?
नेपालमा मात्र होइन, संसारभरिनै इन्डिजिनियस नलेज एण्ड टेक्नोलोजी धेरैनै महत्वपूर्ण छ । किनभने वर्षौवर्षदेखि खारिदै–खारिदै आएको प्रकृतिमैत्री, आजकल दिगो विकास, इको फ्रेण्डली भन्छौं । योसँग एकदम नजिकसँग सम्बन्ध रहेको छ । इन्डिजिनियस एउटा टोक्नोलोजी किसानहरुले परापूर्वकालदेखि नै गर्दा–गर्दै खारिएर आएको प्रविधि हो । त्यो दिगो पनि हुन्छ । र त्यो स्थानीयस्तरमा नि दिगो हुन्छ । त्यस्तो खालको प्रविधिलाई बचाएर राख्नु पर्छ । यसलाई प्रवद्र्धन गर्नु पर्छ भन्ने कुरा छ । यो ज्यादै महत्वपूर्ण छ । तपाईलाई एउटा उदाहरण दिन्छु । आजभन्दा २७ वर्ष पहिले मेरो विद्यावारिधीको लागि अनुसन्धान गर्न बर्दियाको इन्डिजिनियस सिड, रैथाने बालीको कस्तो छ भनेर अध्ययन गरेको थिएँ । त्यसैको सिलसिलामा म जुम्लामा गएँ । चैत्रको १२ गते धानका बिउ भिजाउने परम्परा सैयौं, हजारौं वर्षदेखि चल्दै आएको रहेछ । त्यो चैत्र धान १२ चैत्रमा भिजाउनै पर्ने ।
यति सम्मकी जुम्लाको कुनै किसान हिउँदमा हिउँ पर्ने भएकाले खेती काट्ने कार्यक्रम सकेर चिसो मौसम छल्न, मौसमी बसाई सराइको लागि, आयआर्जन गर्न भारतमा जाने र फर्केर आएपछि खेती शुरु गर्ने परम्परा थियो । त्यो चेत्र १२ गतेका दिन, यदि फर्केन भने मर्नु भएछ भनेर क्रिया समेत बस्ने चलन रहेछ । त्यति महत्वपूर्ण दिन, त्यो दिन चैत्र १२, धानको बिउ भिजाउन किन त्यहि दिननै तोकिन्छ त भनेर १ जना पिटर ह्वाइट भन्ने विदेशी कृषि वैज्ञानिक जुम्लामा करिव ५ वर्षसम्म अनुसन्धानका लागि आउनु भएको रहेछ ।
उहाँले त्यो जुम्लाको मौसमको तापक्रमको तथ्याङ्क, वर्षाको तथ्याङ्क, लिँदा खेरी त्यहि दिन तापक्रमा ३ डिग्री सेल्सियस पुग्ने रहेछ । बिउ उम्रन तापक्रम बढ्नुप¥यो । किसानहरुले अझ राम्रोसँग बिउ पलाओस भनेर ४ दिन पहिला आफ्ना विस्तारामुनि राखेर सुत्ने र त्यो तातोले पनि चाँडै टुसार आउँछ भनेर त्यसो गर्दो रहेछ ।
व्याड ४ दिन पहिले तयार भइरहेको हुन्छ । अनि व्याडमा त्यो राख्दा स्थानीय स्तरको भेडाको दिशा, खरानी, सबै मिसाएर कालो पाउडर जस्तो बनाएर धानको बिउमा छरेपछि व्याडमा छर्ने रहेछ । त्यसपछि दिउँसो सूर्यको तापले १ लेयर बसेको कालोलेयरले ताप शोषण गर्ने भयो । रातीको चिसोबाट त्यसले बचाउने पनि भयो । त्यसपछि तलबाट त्यो बिउ उम्रेर माथि आउने रहेछ । पछि फेरि त्यसलाई मलको रुपमा प्रयोग गर्ने भयो । भने पछि कृषि वैज्ञानिक कति वैज्ञानिक, हुनतः त्यो परापूर्वकालदेखि चलि आएको हो । त्यसमा विज्ञान छ । त्यो इन्डिजिनियस पनि हो । साइन्टिफिक पनि हो । सबै दृष्टिकोणले राम्रो हो । मैले एउटा उदाहरण दिएको छु । खेतीबालीमा अथवा कृषिमा प्रशस्त परम्परागत स्थानीय प्रविधिहरु छन् । त्यसकारणले खेती बालीका परम्परागत स्थानीय प्राविधिक ज्ञान, सीपहरु प्रशस्त छन् । सिँचाईको व्यवस्थापन भन्दा स्थानीय सीपहरुको व्यवस्थापन एकदमै प्रभावकारी हुन्छ ।
त्यस्तै अब बीउ बचाउने भनेको जिउ बचाउने पनि हो । सबैभन्दा ठूलो समस्या अहिले संकट बीउबाट हुन्छ । किसान भने हाइव्रिड बिउतिर गइरहेको छ । हामीले हाइव्रिड आफै निकाल्दैनौं । बाहिरबाट ल्याउछौं । बिउ भएन भने हामी पनि सकिन्छौं । त्यसकारण बिउ भण्डारण गर्ने, सेलेक्सन गर्ने, अन्न भण्डारण गर्ने हाम्रो परम्परागत तौरतरिका छन् । रोग किराबाट जोगाउनका लागि हाम्रो आफ्नै खालको प्रविधि छ । उत्पादन, भण्डारण एउटा उदाहरण मात्र दिएँ । थुप्रै हाम्रो इण्डिजियस टेक्नोलोजीहरु छन् । बरु यसको संरक्षण आवश्यक छ । प्रवद्र्धन, अनुसन्धानको आवश्यक छ । यो ज्यादै महत्वपूर्ण पक्ष हो ।
जुम्ला जस्तो दुर्गम जिल्लाहरुको बिउ राख्ने गहिरो ज्ञान यहाँले अध्ययनका क्रममा प्राप्त गर्नु भएको देखिन्छ । परम्परागत भन्दा आधुनिकतामा ध्यान दिएर नेपालको कृषि दिगो हुन सकेन की ? यहाँले यस विषयलाई कसरी महशुस गर्नु भएको छ ?
म एउटा उदाहरणबाट तपाइको उत्तर दिन्छु । जुम्लामा स्थानीय धान रोपिरहेको स्थानीय जातको बीउ छोडेर आधुनिक जात हाइव्रिड जातका धान लगाउनु भएछ । सिफारिस गर्नेले पनि स्थानीय भन्दा बढी उत्पादन दिने हाइव्रिड लगाउनहोस् भनेपछि त्यो हाइव्रिड लगाएको धान फलेन ।
यो धान किन फलेन भनेर वैज्ञानिक अनुसन्धान गर्दा स्थानीय जात चाहीँ तपाइको फोटो सिन्थेसिस हुँदो रहेछ । यो भनेको फुल्ने बेलामा घाम लागोस् कि बादल लागोस् जुनसुकै बेलामा पनि राम्रो फुल फुल्ने र फल्ने रहेछ । तर यताबाट लगेको हाइव्रिड जातको धानको बिउ फुल्ने बेलामा बादल लाग्यो, घाम लागेन भने नफुल्ने रहेछ र धान नफल्ने रहेछ भनेपछि स्थानीय रैथाने बालीको कति महत्व रहेछ भन्ने कुरा छर्लङ्ग छ नि त । वर्षैंदेखिको साँचेर आएका कृषि त्यसै यो असाध्यै महत्वपूर्ण पक्ष चाहीँ छ । अब आधुनिकताका नाउँमा कृषिलाई आधुनिकीकरण पनि गर्नु पर्छ । एग्रिकल्चर मोडर्नाइजेसन गर्नु पर्छ । अध्ययन अनुसन्धान गरि हावापानी, अनुकूल भेराइटीहरु निकाल्नु पर्छ । तर, मूल बिउ रैथाने बीउलाई पनि जोगाई राख्नु पर्छ भन्ने मलाई लाग्छ ।

एकदमै महत्वपुर्ण ज्ञानको कुरा भन्नुभयो । यो महत्वपूर्ण पाटो रह्यो । डा.साव अहिले यहाँले इण्डिजिनियस नलेजको महत्वको विषयमा बताउनु भएको छ । यसलाई हामो कृषि विषयक पढाई हुन्छ कि हुँदैन ? यसको अलिकति बताईदिनहोस् ?
अहिले कस्ता छन् भने सिँचाई पढाउँदाLow management systems या farmers भनेर पढाईन्छ । तरfarmers community management भनेको चाहीँ Community हो । जस्तो यसको पनि उदाहरण दिन्छु । बर्दियामा थारु समुदायको बर्घर प्रणाली छ । ऋयmmगलष्तथ मा एक जनाले तोक्छ । यसले पानीको कुलोको तलमाथि सबैको खेतबारीमा पालै–पालो पानी सिँचाई पु¥याउने सेडुल बनाउँछ । र उसलाई विश्वास गरिन्छ । जुम्लामा त्यही सिँचाई पु¥याउने व्यक्तिलाई जुम्ली समुदायबाट छानिएका व्यक्ति अर्थात परम्परालाई ‘नरहला’ भन्दो रहेछ । नरहला १ जनालाई चुन्छ । समाजले उसैलाई जिम्मा दिन्छ ।
सबैको खेतबारीमा पानी मिलाएर स्थानीय प्रणाली काम गर्दो रहेछ । समुदायबाट चल्दै आएको परम्परालाई हामी आफ्नो तरिकाले गर्छौं भन्दा त्यति राम्रो हुँदैन । Indigenous culture, समुदायले आफै गरेको हो । त्यसकारण यस्तो कुराहरु पाठ्यक्रममा देखिने गरि रैथाने बाली के–के छन् भनेर अझ पनि हाम्रो देश नेपाल रैथाने बालीमा धनी छ । रैथाने बालीको मूल्य पनि राम्रो छ । त्यसमा बढी अनुसन्धान गर्न प्रोत्साहन गर्नु जरुरी छ । रैथाने प्रविधिको महत्व छ । हामीसँग १२० वटा भन्दा बढी भाषा बोल्ने भाषाभाषीहरु छन् । किन भने इण्डिजिनियस क्ष्लमष्नभलयगक अगतिगचभ, संस्कृतिसँग जोडिएर आएको छ । हाम्रो जीवनशैली भएर आएको छ ।

कृषकहरु कसैले परम्परागत, कसैले पर्यावरणीय खेती, कृषि कल्चर, जलवायुमैत्री कृषि भनेर भनेका छन् । धेरैले कृषिलाई आधुनिक मोडलमा होइन की हाम्रो देश सुहाउँदो मोडलमा लानु पर्छ भनेका छन् । कसैले आधुनिक मोडल हाम्रो देशलाई दिगो हुँदैन भनेका छन । त्यसकारण यो सैदान्तिक भिन्नतालाई कहाँनिर उपयोगी हुन्छन् केही देख्नु भएको छ ?
नेपालको र विदेशमा मात्र होइन कि जनकपुर र जुम्लाको कृषि मिल्दैन । हावापानीको दृष्टिकोणले पनि मिल्दैन । भौगोलिक पनि मिल्दैन । त्यसैले जुम्लालाई चाहिने प्रविधि, जनकपुरलाई चाहिने प्रविधि, फरक हुन्छ । त्यहाँको भौगौलिक अवस्थिति अनुसार प्रविधिको विकास र प्रयोग गर्नु पर्छ । त्यसकारण स्थानीय Micro Climate छ । जलवायुलाई पहिचान गर्नु पर्छ । देश सुहाउँदो अर्गानिक फार्मिङ्गतिर संसार गएको छ । अहिले उत्पादनको दृष्टिकोणले नयाँ प्रविधिहरुलाई पनि हाम्रो इकोलोजीकल डिस्ट्रव नगर्ने एउटा थ्रेस होल्ड राखेर गर्न जरुरी छ । तर म यहाँलाई एउटा उदाहरण भनेको छु । जस्तो नेपालको ७ वटा प्रदेश मध्ये कर्णाली प्रदेशलाई अर्गािनक प्रदेश भनेर सरकालले निर्णय पनि गरेको छ । भारतको सिक्किम राज्यलाई अर्गानिक राज्य भनेर घोषणा गरेपछि संसारभर नै लोकप्रिय भएको छ । सिक्किमको वातवरण, भौगोलिक हे¥यौं भने हाम्रो कर्णालीसँग, कालीकोटसँग मिल्छ । दुबै पहाडी भाग छ र क्यापिटल इन्कम बढी छ । इण्डिजिनियस प्रविधि छ । अर्गानिक एग्रिकल्चरमा जाँदा उत्पादन कम हुन्छ पछि परिन्छ आम्दानी कम हुन्छ भन्ने पनि रहेको छ ।
तर त्यसको मूल्य बढी छ, राम्रो भयो भने ब्राण्डेड भयो भने एग्रो टुरिजम कृषि पर्यटनलाई प्रवद्र्धन गर्छ । सिक्किममा ४२ वटा विश्वविद्यालयहरु छन । हामीकहाँ Mountain University, Mountain Agriculture Approach गर्ने खालको कलेजहरु र अर्गानिक इन्सटस्च्यूटहरु भयो भने पनि हाम्रो एग्रिकल्चरलाई आधुनिक ज्ञान सीपलाई पनि त्यसले लिन्छ र परम्परापरालाई पनि यसले बचाउँछ । त्यस हिसाबले जानु पर्छ ।

मैले यहाँसँग कुरा राख्न चाहेको विषय, तपाईले प्राध्यापन क्षेत्रमा लामोसमय अध्यापन गराउनु भयो । विश्व विद्यालयहरु छन्, सरकारको अनुसन्धान केन्द्रहरु छन् । अनि भन्नै पर्ने विषय ६५ प्रतिशत भन्दा बढी नेपालको किसानहरु छन् । प्रशारमा काम गर्ने निकायहरु छन् । उहाँहरुको बिचमा समन्वयको दूरी छ जस्तो लाग्छ । त्यसैले नेपालको कृषि भनेजसरी अगाडि बढ्न सकेन कि भन्ने लाग्छ । यहाँले यस विषयमा के पाउनु भएको छ ?
सही कुरा उठाउनु भयो । वास्तवमा मैले विश्वविद्यालयमा हुँदा किसानसँग कृषि विश्वविद्यालय कार्यक्रम भन्ने कार्यक्रम शुरु गरेको थियो । किनकी हामीले गर्ने काम कसानकै लागि हो । सबै शिक्षा, कृषि अनुसन्धान, प्रसार, जे जति संघ-संस्था छन् सबै किसानकै लागि हो । वास्तवमा किसानसँग यि संस्थाहरु जति नजिक भएर काम ग¥यो त्यति चाही नेपालको कृषिमा फाइदा हुन्छ । त्यसकारण कृषि शिक्षा एकातिरबाट जाने, कृषि अनुसन्धान अर्को तिरबाट जाने, प्रसारको काम अर्कैले हेर्ने त्यस्तो विचमा समन्वय नहुँदा परम्परालाई हामीले सधार्नु पर्छ । किसानमैत्री हाम्रो सरकार, विश्वविद्यालय, प्रसार सबै एकीकृत हुुनुपर्छ । र यसका लागि कृषि मन्त्रालयले एउटा नीति बनाएर । पुनःसंरचना गर्नु गर्न जरुरी छ । किनभने तराईको कृषिले हिमाल र पहाडलाई पनि छुन सक्नु पर्छ । हिमालको कृषिलाई समेत्ने गरि शिक्षाहरु दिनु पर्छ । जलवायुलाई कहाँ कति मर्ज गर्नु पर्छ कहाँ कसरी समेत्नु पर्छ । हाम्रो कृषि र वन एकीकृत पेशा भएको हुनाले कृषिको लागि वन पनि उत्तिकै महत्वपूर्ण छ । त्यसले अहिले कृषि तथा वन विज्ञानलाई च्भकतचगअतगचभ गरेर कहाँ–कहाँ मर्ज गर्नुपर्छ अनुसन्धान नजिकै कृषि क्याम्पस राखियोस् । सरकारका अनुसनधान केन्द्रका पूर्वाधारहरुको प्रयोग अहिले पनि गर्नु पर्छ । त्यस हिसाबमा सरकारले Restructurning गरेर अगाडि बढ्नु पर्छ भन्न मेरो मान्यता छ ।

राख्नु पर्ने महत्वपूण कुरा छुटेको केही छन् छन् कि ?
कृषि नभई जीवन हुँदैन, उद्योग कलकारखाना नरहँदा पनि केही फरक पर्दैन । तर, कृषि नै रहेन भने सबै हराउँछ । कृषिलाई अलि केन्द्रविन्दुमा राखेर शिक्षा, अनुसन्धान, प्रसारलाई एकीकृत रुपमा लानु पर्छ र नयाँ नीति यो सरकारले बनाउनु पर्छ । समीक्षा गरेर, कार्यशाला गोेठी, समीक्षा, आत्मसाथ गरेर, अगाडि बढ्न म सरकारलाई आग्रह गर्दछु ।
सम्पादन सहयोगी : सरस्वती मानन्धर

 

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain