२०८३ कार्तिक २९

चौथौं तिहार फ्लोरा एक्स्पो २०८३ प्रदर्शनी सम्पन्न: फूलले एकखालको उत्साह प्रदान गर्छन् माननीय मन्त्री रमा आले मगर

धनबहादुर मगर
काठमाडौं कार्तिक २१, नर्सरी व्यवसायी संघ नेपालले कार्तिक १७ गतेदेखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ शनिबार समापन समारोहलाई सम्वोधन गर्दै बागमती प्रदेशका माननीय कृषि, वन तथा वातावरण मन्त्री रमा आले मगरले प्रदर्शनी तथा प्रतियोगितामा सहभागी नर्सरी व्यवसायीहरुलाई तिहार पर्वको अवसरमा धन्यवाद व्यक्त गरेकी छन् । आले मगरले प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो हुने तथा सहभागीता सहभागी हुने प्रतिस्पर्धीहरुलाई प्रेरणा दिँदै अझै बढी मिहिनेत गर्नको लागि आग्रह गर्नु भएकी छन् ।
मन्त्री आले मगरले अझै मिहिनेत गर्न आग्रह गर्दै जतिसक्दो नर्सरी व्यवसायलाई राम्रो बनाउनु आग्रह गरेकी छन् । पहिलो दोस्रो नहुने प्रतियोगीहरुलाई अर्को साल पहिलो दोस्रो बन्ने लक्ष्यकासाथ अघि बढ्न अनुरोध गरेकी छन् ।
उहाँले थकित अवस्थामा पनि फूलले आनन्दित दिँदो रहेछ । मनोरञ्जनका साथै रंगीचंगी फूलहरु हेरिरहँदा जीवनलाई एकखालको उर्जा प्रदान गर्ने गरेको महशुश गरेकी बताइन् । तिहारमा फूल व्यवसायले आफ्नो घरलाई सजाउने मात्र नभई आयआर्जनको भागलाई अगाडि बढाएको छ ।
यस व्यवसायमा तीन पुस्तासम्म सहभागी भएको दाजुभाईहरु तथा दिदी बहिनीहरु भएको मैले पाएँ । यस व्यवसायमा युवा पुस्ता र अझ बढी महिलाहरु रहेको पाएँ । हामी वेरोजगार छौं, हामीले काम पाएनौं भन्नुभन्दा पनि व्यवसायमा लागेर आय आर्जनको पार्टलाई अगाडि बढाएको पाएँ । अझ यसो भन्दा हुन्छ होला, ‘‘आम्दानी मनोरञ्जन, विवाह, व्रतवन्ध, साथै जीवन मरणदेखि सबैमा फूलको आवश्यकता पर्छ होला ।’’ म आफूले महशुश गरेकी छु ।
साथै आफू स्टलहरुमा अवलोकन गर्दा पाएको सुझाव र गुणासा अनुसार भएका सरकारी जमीनहरु फूल व्यवसाय गर्नेलाई दिनको लागि आग्रह गरेको बताईन । त्यो जमीन किन खाली राख्ने, फूल व्यवसाय गर्नेलाई दिने नि ? प्रक्रिया मिलाईदिन आग्रह गरेको मैले पाएँ ।
बिउ विजन व्यवसायीहरुले नै उत्पादन गर्न सक्ने र कतिपय आयत गर्नु पर्ने रहेछ । बिउहरु आयत गर्दा किसानहरुले ठिक समयमा नपाउने । पाउनको निमित्त र आयत गर्नकै लागि समस्या भोग्नु परेको पाएँ ।
यो राज्यको नीति नियम बनाउन नसक्नुको कम्जोरीले गर्दा चाहेको बेला आयत गर्नु नसकेको अवस्था मैले पाएँ ।
मलाई स्टल घुमाँउदा साथीहरुले सुनाएको गुनासो र सुझाव पाएँ । हामी सबैले व्यवस्था परिवर्तनको लागि राजनीतिमा सहभागी भएर लड्यौं । तर राजनीतिक स्थायीत्व पाउन सकेका छैनौं । एक वर्षमा एउटा मन्त्री हुने प्रक्रिया बुझ्नु नै छ महिना लाग्ने र फेरि पूरा नपाउँदै अर्को सरकार परिवर्तन हुने अवस्थाले नीतिगत रुपमा अगाडि बढाउन नसकेको पाएँ ।
रमा आले मगरले पहिलेको सरकारले अगाडि बढाएको कार्यविधि र कार्यक्रमलाई अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गरेकी छन् । कार्यन्वयन पछि नयाँ खालको सोँच र विचार आयो भने विगतको योजना पल्टाई रहँदा आगामी आउने योजना बनाउनका लागि यहाँहरुको लामो अनुभव बटुली रहेका तपाई व्यवसायीहरुको सुझाव र सल्लाह साथ र सहयोगमा यहाँहरुसँग राउण्ड टेबुलमा बसेर बनाउन चाहन्छु ।
भू तथा जलाधार विज्ञ तथा वातावरण विद् शेरबहादुर श्रेष्ठले पर्याप्त रुपमा सरकारको काम हुन नसक्दा क्षेत्र अगाडि बढ्न नसकेको बताउनु भयो । कृषि ऋण लगायत नीतिगत कुरामा अझै कमी रहेको बताउँदै त्यसको लागि सरकार अगाडि बढ्नु पर्ने सुझाव दिए ।
नेपालमा पाइने विभिन्न प्रकारको जैविक विविधता बोकेको बोट विरुवाहरु देश र विदेशमा समेत निर्यात गर्न सक्छौं । त्यसका लागि आयत र निर्यातका नीतिहरु बनाउन जरुरी छ । नीतिगत रुपमा अगाडि बढाउन सरकार र किसानको बिचमा सहकार्य गर्न गर्नु पर्छ ।
आफूले १९ वर्ष वन वातावरण र भू–संरक्षणको क्षेत्रमा काम गर्दा र भरखरै कर्णाली प्रदेशको पनि वन विज्ञको रुपमा काम गर्दा धेरै अनुभवहरु भएको बताए । श्रेष्ठले मेरो निवेदन यो छ कि हामीसँग जैविक विविधता, वातावरणीय विविधता, जलवायू विविधता छन् । यति हुँदा पनि रोजगारी नपाएर युवाहरु विदेशमा गएका छन् । हामीसँग भएको स्रोत साधानको प्रयोग गरि रोजगारी सिर्जनाको लागि र विदेशमा भएका दाजुभाई दिदीबहिनीहरुलाई नेपालमा बोलाएर पुष्प व्यवसाय नर्सरी क्षेत्र लाग्न आग्रह गरेका छन् ।
कृषिमा यसको ठूलो योगदान र लाखौंको रोजगारी छ । करोडौंको लगानी छ । उनीहरुको लगानीको सुरक्षाको लागि प्रशस्त हामीसँग ज्ञान छ । कहाँ फुल्छ, कहिले फूल्छ, कसरी लगाउने भन्ने ज्ञान परम्परागत आदिवासी ज्ञान हामीसँग छ, श्रेष्ठले भने ।
एक्स्पोमा १ करोडको कारोबारसँगै ३५ हजार बढीले अवलोकन गरेको मेला संयोजक तथा संघको उपाध्यक्ष लक्ष्मी महर्जनले जानकारी दिइन् । एक्स्पोमा अपेक्षा गरे अनुसार अवलोकन गरिएकाले नर्सरी व्यवसायीहरूमा थप उत्साह थपिएको संयोजक महर्जनले बताइन् । यस्तै, संघका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाले प्रत्येक वर्ष कम्तीमा २ पटक राजधानीमा र अन्य प्रदेशमा समेत यस्ता प्रदर्शनी आयोजना गर्दै जाने र नेपालको भूगोल अनुसार पुष्प, फलफूल, जडिबुटी तथा कृषिजन्य नर्सरीको उत्पादनमा आत्मनिर्भर गराई परनिर्भरता हटाउन र स्वरोजगार सिर्जना गर्न यस व्यवसायले टेवा पु¥याउने बताएकी छिन् ।
एक्स्पोमा ६३ वटा व्यवसायिक स्टललगायत वनस्पति विभाग, पुष्प विकास केन्द्रसहितको अफिसियल ६ वटा स्टल तथा प्रतिस्पर्धाको ४ वटा स्टल समेत गरी जम्मा ७३ वटा स्टल रहेका थिए । एक्स्पोमा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल बिरुवाहरूलगायत कृषि तथा वन, जडिबुटी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विभिन्न प्रजातिका बोट बिरुवाहरू प्रदर्शनी तथा बिक्री र वितरणको लागि राखिएको थियो । साथै एक्स्पोमा मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउ बिजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल राखिएको थियो । एक्स्पोको प्रवद्र्धन पुष्प विकास केन्द्र र वनस्पति विभागले गरेको थियो । नर्सरी व्यवसायी संघले तिहार लक्षित ‘तिहार फ्लोरा एक्स्पो’ र चैतमा ‘नेशनल हर्टिकल्चर एक्स्पो’ गरी वर्षमा २ वटा मेला नेपाली उत्पादन प्रवद्र्धनका लागि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain