सहकारी

सञ्जिवनीको साधसारण सभा

काठमाडौं फागुन १० प्रतिनिधी सभा सदस्य अन्जना विसंखले केही रकमको लागि अर्काको काम गर्न भौतिारिहिड्नु भन्दा कृषि पेशा अवलम्वन गरि इज्जतकासाथ आम्दानी गर्न सबैलाई आग्रह गर्नु भएकोछ ।
चन्द्रगिरी वडा नं. ८ स्थिति सञ्जिवनी महिला कृषि सहकारीको छैठौं वार्षिक साधारण सभामा सांसद विसंखले अन्यत्रबाट आएका व्यक्तिहरूले चन्द्रागिरीमा कृषि गरिरहेको छ । यहाँका व्यक्तिहरू जग्गा भाडाम दिएर कामको खोजीमा भौतारि हिडिरहेको उल्लेख गर्नु भयो । उहाँले नगरभित्र १४१ वटा सहकारी रहेको र महिलाहरूकै नेतृत्वमा सञ्चालन रहेको सहकारी एउटै मात्र भएकोले आफू पनि यो सकहकारीको सदस्य बनेर संस्थालाई अघि बढाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्य तथा काठमाडौं जिल्लाा सह–इन्चार्ज पार्वती चापागाईले अहिलेको अवस्थामा निर्वाहमूखी किसानलाई नेतृत्व वर्गले हेर्ने दृष्टिकोण फरक भएकाले वास्तविक किसानको अस्तित्व नै संकटमा पर्ने खतरा बढ्दै गएको उल्लेख गर्नुभयो ।
चापागाईले कृषिमा यान्त्रीकरण, व्यवसायीकरण, औद्यौगिकीकरण गर्दागर्दै बढी फाइदा किसानलाई पुग्छ कि विचौलियालाई यो ध्यानमा राखेर अघि बढ्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । म किसान हुँ भनेर गौरव गर्ने खालको वातावरण सरकार र नेतत्व वर्गले बनाउनु नसकेको भन्दै उहाँले दुःख व्यक्तपनि व्यक्त गर्नुभयो ।
सह–इन्चार्ज चापागाईले सञ्जिवनी महिला कृषि सहकारी अन्य सहकारी भन्दा फरक रहेको उल्लेख गर्नुभयो । उहाँले देशैभरी महिलाले मात्र नेतृत्व रहेको सहकारी कमै हुने गरेको उल्लेख गर्दै यो सहकारीले वास्तविक किसानको मर्मलाई बुझ्न सफल भएको समेत उल्लेख गर्नुभयो ।
संञ्जिवनी महिला कृषि सहकारी संस्थाका अध्यक्ष पुजा नेपालले जुन उद्देश्यले सहकारी खोलिएको थियो त्यो क्रमिक रुपमा पूरा हुँदै गएको उल्लेख गर्नुभयो । उहाँले सहकारीकै कारण महिलाहरूको क्षमतावृद्धि र जीवनस्तर क्रमिक रुपमा सुधार हुँदै गएको बताउनु भयो । अध्यक्ष नेपालले महिलाको नेतृत्व गरेको सहकारी अन्य सहकारी भन्दा कम नभएको दावी गर्नुभयो ।
साधारण सभाबाट पुजा नेपालको अध्यक्षतामा ९ सदस्यीय सञ्चालन समिति, लेखा
सुपरिवेक्षण समिति, कृषि समिति समेत गठन भएको छ ।
सञ्चालक समितिका पदाधिकारीहरू अध्यक्ष पुजा नेपाल, उपाध्यक्ष सुनमाया श्रेष्ठ, सचिव पम्फा श्रेष्ठ, कोषाध्यक्ष ज्योति पौडेल, सदस्यहरू सावित्री श्रेष्ठ, माया सुर्खेती, गीता पन्थ, भवानी भण्डारी, सीता खवास रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close