समाचार

गोबरबाट दोब्बर उत्पादन : कृष्णमान श्रेष्ठ

धनबहादुर मगर
काठमाडौं फागुन ११ डेरी उद्योग संघको ११ औं वार्षिक साधारण सभा ठमेलस्थित छायाँदेवी कम्प्लेक्स, एलोफ्ट होटलमा सम्पन्न भएको छ ।
उक्त साधारण सभाका प्रमुख अतिथि कृषि, पशुपन्धी विकास मन्त्रालयका सह–सचिव वैकुण्ठ अर्यालले धेरै वर्ष अघि नेपालीहरू आफैले गाईभैंंसी पालेर दुग्ध खान्थे पछि दुग्ध विकास संस्थानको स्थापना पछि दुधको व्यवसायिक विकास भएको बताउँनु भयो । उहाँले दुग्ध खानको लागि लाइन लाग्नु पथ्र्यो । निजी क्षेत्रको संलग्नता पछि २४ सै घण्टा दुग्ध उपलब्ध भएको बताउँदै नेपालको दुध उत्पादनलाई विविधिकरणको आवश्यकता रहेको बताउनु भयो ।
उक्त अवसरमा नेपाल डेरी एशोसिएनका अध्यक्ष राधाकृष्ण सापकोटाले डेरि उद्योग संघ र एशोसिएन समस्या पर्दा एकैठाउँमा उभिदै आएको बताउनु भयो ।
त्यसैगरी नेपाल चेम्बर अफ कमर्श कृषि समितिका संयोजक कृष्णमान श्रेष्ठले गाई र भैंसीको पहिचान नभएको भन्दै परिचय पत्र वितरण गर्नु पर्ने बताउनु भयो । उहाँले हामी धर्म प्रति आस्था बोकेका कारण गाई वृद्ध भएपछि त्यसै छोड्न नहुने बताउँदै गाईको व्यवस्थापन गरि गोबरबाट दोब्बर उत्पादन लिनु पर्ने बताउनु भयो ।
चेम्वर्स अफ कर्मशको उपाध्यक्ष राजेन्द्र मानन्धरले नेपालको अर्थतन्त्र बलियो बनाउन आन्तरिक उत्पादन बढाउनु पर्ने कुरामा जोडदिनु भयो । विदेशबाट पाउडर दुध आईरहेको छ । हाम्रो देशमा पनि गुणस्तरीय पाउडर दुध उत्पादन गरि विदेशमा निर्यात गर्नुपर्ने बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा विल्डिर्स एशोसिएनका अध्यक्ष कुशकुमार जोशीले व्यावसायीहरू जबसम्म जिम्मेवार हुन सक्दैनन् तबसम्म व्यवसाय अगाडि बढाउन नसक्ने बताउनु भयो ।
खाद्य तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना वैद्यले गुणस्तरीय वस्तु उत्पादन गर्न सकेमात्र राष्ट्रिय र आन्तराष्ट्रिय बजार पाउने बताउनु भयो ।

उद्योग वाणिज्य संघका उपाध्यक्ष धिरज श्रेष्ठले सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धि कर लिए अनुसार उद्यमीहरूलाई सुविधा प्रदान गर्नुपर्ने बताउनु भयो ।
प्रदेश नं १ का कृषि, भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव विमल कुमार यादवले दैनिक ४ करोड रुपैयाँ शहरबाट गाउँमा गएको बताउदै । दुद्य उत्पादनबाट गरिबी न्युनिकरण गर्न सहयोग भएको बताउनु भयो ।
राष्ट्रिय दुग्ध विकास बोर्डको अध्यक्ष बाबुकाजी पन्तले दुग्ध उत्पादनका लागि उच्च प्रकारको सेक्ससिमेन आवश्यकता भएको बताउँदै सरकारको तर्फबाट सक्दो सहयोग पु¥याउने वचनवद्धता जनाउनु भयो ।
जर्मन राजदुतावासका प्रतिनिधी तथा पशु विज्ञ, डा.तलिया हेफरले प्राविधिक रुपमा जर्मन सरकार सहयोग गर्ने तत्पर रहेको बताउँदै विमोचित ‘‘डायरी प्रोसेसिङ्ग हायण्ड बुक फर नेपाल इण्डष्ट्र’’को पुस्तकले दुग्ध उत्पादन व्यवसायमा सहयोग पुग्ने विश्वास लिएको बताउनु भयो ।
केन्द्रिय दुध सहकारी संस्थाका अध्यक्ष नारायण देवकोटाले उद्योग र किसानहरू एकअर्का
बीचको परिपूरक भएको बताउँदै सहकार्य गर्दै अगाडि बढे मात्र नेपालको कृषि क्षेत्र
आत्मनिर्भर बन्ने बताउनु भयो । उहाँले नेपाली किसानहरूको जीवनस्तर माथि उठाउन
सके मात्र समृद्ध नेपाल, सुखी नेपाली भन्ने सरकारको नारालाई साकार पार्न सहयोग पुग्ने
बताउनु भयो ।
डेरि उद्योग संघको निवर्तमान अध्यक्ष अरनीको राजभण्डारीले आफ्नो कार्यकालमा सहयोग पु¥याउने विभिन्न संघ–संस्था तथा व्यक्ति प्रति धन्यवाद ज्ञापन गर्दै सहयोग निरन्तर जारी राख्न आग्रह गर्नु भएको छ ।

साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिमा अध्यक्ष राजकुमार दाहाल, उपाध्यक्ष अरनिको राजभण्डारी, महासचिव विश्वराज वस्नेत, कोषाध्यक्ष पुष्पराज बस्नेत, सदस्यहरू राजबाबु श्रेष्ठ, रामचन्द्र उपे्रती, सन्तोषलाल श्रेष्ठ, जेनन सैंजु, मिलनकुमार सिंह, रविप्रसाद रिजाल रहनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close