काठमाडौं भाद्र २०, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अपिल गरेको छ । अपिल अनुसार मिति २०८३ साल भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका तटीय क्षेत्रमा भएको जनधनको अपुरणीय क्षतिप्रति खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग गहिरो दुःख व्यक्त गर्दछ । यस प्राकृतिक विपदमा परि ज्यान गुमानुहुनेहरु प्रति भावपुर्ण श्रद्धान्जलीका साथै शोकशन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै सम्पूर्ण घाइते नागरिकहरुको शीघ्र स्वास्थ लाभको कामना गरेका छन् ।
यस विनाशकारी बाढी पश्चात खानेपानीका स्रोतहरु प्रदुर्षित भई पानीजन्य रोग तथा अस्वस्थकर खाद्य वस्तुको उपभोगबाट खाद्यविषाक्तताको उच्च जोखिम रहने भएकाले सम्पूर्ण उपभोक्ता, राहत वितरक तथा व्यवसायी वर्गमा खाद्य स्वच्छता कायम राख्न यो अपिल जारी गरिएको छ ।
विभागले ड्डबाढी प्रभावित क्षेत्रमा वितरण भइरहेका खाद्यान्न, प्रशोधित पिउने पानी तथा तयारी भोजनको स्वच्छता सुनिश्चित गर्न विभागले राहत संकलन तथा वितरणस्थलमै पुगेर प्रत्यक्ष अनुगमन तथा निगरानी गरिरहेको छ ।
-बाढी प्रभावित जिल्लाहरुमा विभाग तथा मातहत कार्यालयका प्राविधिक टोलीहरू परिचालन गरी बजार, भण्डारण स्थल र राहत शिविरहरूमा खाद्य वस्तुको परीक्षण तथा स्वच्छता कायम गर्ने कार्यलाई तीव्रता दिइएको छ ।
-स्थानीय प्रशासनसंगको समन्वयमा बाढीको पानीले भिजेका, म्याद गुज्रेका वा दूषित पाइएका खाद्य वस्तुहरूलाई तत्काल जफत तथा नष्ट गर्ने कार्य भइरहेको छ ।
उपभोक्ता वर्गले ध्यान दिनुपर्ने कुराहरूः
-बाढीले बगाएर ल्याएका वा मरेका माछा, पशुपन्छी र अन्य कुनै पनि खाद्य वस्तुहरूमा रासायनिक÷जैविक विषाक्तता हुने अत्यधिक जोखिम रहने भएकाले त्यस्ता वस्तुहरू संकलन नगर्न र उपभोग नगर्न अनुरोध गरिएको छ ।
-बाढी प्रभावित क्षेत्रमा खानेपानीका मुहान दूषित हुन सक्ने भएकाले पानीलाई राम्ररी उमालेर मात्र पिउन हुन सूचित गरिएको छ ।
-बाढीले भिजेका प्याकेट, बोरा वा खुला खाद्यान्न (चामल, दाल, पिठो आदि) संक्रमित भइ दुषित भएको हुन सक्ने भएकाले यस्ता सामग्री प्रयोग नगर्नु हुन सूचित गरिएको छ ।
-पकाएको खाना तुरुन्तै खानुहोस्। उपभोग्य अवधी समाप्त भएका, बासी, खुला तथा झिँगा भन्केको खाना र सडेगलेका फलफूल÷सागपात नखानुहुन सूचित गरिएको छ ।
-खाना बनाउनु वा खानुअघि र शौचालयको प्रयोगपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ ।
राहत वितरक तथा व्यवसायीहरूका लागि निर्देशनः
-राहत स्वरूप वितरण गरिने खाद्य पदार्थहरू सुरक्षित, ताजा, र उपभोग्य मिति ननाघेको खाद्य वस्तुहरु हुनुपर्दछ ।
-खाद्य पदार्थलाई ओस, बाढीको पानी वा कीटनाशक विषादीबाट टाढा सुरक्षित र ओभानो ठाउँमा भण्डारण गर्नुपर्दछ ।
विभाग आम नागरिकहरुलाई स्वच्छ तथा गुणस्तरीय खाद्य पदार्थको उपलव्धता सुनिश्चत गर्न सजग र प्रतिवद्ध छ । बाढी प्रभावित क्षेत्रमा अस्वस्थकर वा दूषित खाद्य सामाग्री बिक्री–वितरण भएको÷वितरण भइरहेको पाइएमा वा खाद्य स्वच्छता सम्बन्धी कुनै पनि जिज्ञासा र गुनासो भएमा विभाग वा विभाग मातहतका नजिकैको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरुमा जानकारी गराउनुहुन अनुरोध गरिएको छ ।
विभागको कार्यालयहरुको सम्पर्क नम्बरहरु ः काठमाण्डौः ९८५१३१९४८४÷९८५१३१९४८२, डिभिजन कार्यालय काठमाण्डौः ९८५१३४२८३०, डिभिजन कार्यालय नुवाकोटः ९८५१३१०८४९, डिभिजन कार्यालय तनँहुः ९८५६०६१५८१, डिभिजन कार्यालयकार्यलय चितवनः ९८५५०३४१४५ मा जानकारी गराउनु हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्