समाचार

ललितपुरमा अब तरकारी जोन

धनबहादुर मगर
ललितपुर फागुन १४ नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई कार्यालय भक्तपुरको पहलमा ललितपुर जिल्ला तरकारी जोन सञ्चालक समिति प्रतिनिधी भेला सम्पन्न भएकोछ ।
भेलाले गोदावरी नगरपालिका, बागमती गाउँपालिका, कोन्जोसोम गाउँपालिकाका ३÷३ जना प्रतिनिधी रहने गरी ९ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।
समितिमा संयोजक ज्ञानबहादुर लो, सह–संयोजक माधव घिमिरे, सचिव कृषला नगरकोटी सह–सचिव केदारनाथ घिमिरे, सदस्यहरू लालबहादुर थिङ, सुनिता थापा, रमा सञ्जेल, प्रदीप सिजापति, विना घिसिङ्ग सर्वसम्मतले चयन भएकोछ ।
भेलामा नवगठित पदाधिकारीरूलाई बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाईका प्रमुख रिती सिंहले भेला गर्नुको उद्देश्य ललितपुर जिल्लामा तरकारी जोन मार्फत कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउने रहेको बताउनु भयो । परियाजना प्रमुख सिंहले तपाईहरूको काँधमा ठूलो जिम्मेवारी आएको बताउँदै तपाई हामी मिलेर सँग–सँगै काम गर्नुपर्छ । उच्च मूल्यका तरकारी, सागसब्जीहरू प्याज, लसुन लगायत वस्तुको आवश्यकता छ त्यसलाई उत्पादन गरी २ वर्षको कार्यकालमा नमूनाको रुपमा काम गरेर देखाउन आग्रह गर्नु भएको छ ।
परियोजना कार्यन्वयन इकाई कार्यलयका उप–प्रमुख नारायण प्रसाद न्यौपानेले सरकारले कृषि कार्यक्रमलाई तपाई कृषकहरूमा सुम्पने गरी सञ्चालक समितिको गठन गर्न लागेको बताउनु भयो ।
कार्यक्रमका अतिथि कोन्जोसोम गाउँपालिका अध्यक्ष सन्तबहादुर लामाले निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिदै समितिको सदस्यहरूको दायित्व बराबर भएकोले पदधिकारीहरूको काँधमा ठूलो जिम्मेवारी आएको बताउनु भयो । उहाँले ललितपुरको तरकारी जोनमा रहेर पदीय दुरुपयोग हुन नहुने बताउँदै पद भनेको बलेको आगो जस्तै हो र सहयोग पाउँदा–पाउँदै पनि पूरा गर्नु भएन भने आएको अवसरहरू गुम्ने बताउनु भयो ।
गोदावरी नगरपालिका ७ का अध्यक्ष गिरीप्रसाद तिमिल्सिनाले उत्पादन हुने जग्गा जमिन बाँझो नराखौं । साथै उहाँले ललितपुर क्षेत्रलाई अर्गानिक तरकारी क्षेत्रको रुपमा विकास गर्नु आग्रह गर्नु भयो । उक्त अवसरमा तिमिल्सिनाले सरकारको अनुदान सम्बन्धित किसानले र पीछडिएको वर्गले पाउन सकोस् भन्ने शुभकामना व्यक्त गर्नु भयो ।
उहाँले दूध, मासु फलफूल, तरकारी अधिकतम् उत्पादन गरी कृषि क्रान्तिमा सहयोग पु¥याउन आग्रह गर्दै कृषि जाँदा घाटामा भएको बताउनु भयो ।
कार्यक्रमको सञ्चालन परियोजना कार्यन्वयन कार्यालयको तर्फबाट श्रीराम लम्सालले गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close