कृषि विशेषसमाचार

हलो भित्ता राखेर योजना बनाउने सिद्धान्तबाट निर्देशित हामी अलमलिन पुग्यौ ः रामचन्द्र पौडेल

धनबहादुर मगर
काठमाडौं फागुन १५ नेपाल पशु स्वास्थ्य प्राविधिक संघको महाधिवेशन कमलादीस्थित प्राज्ञ प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको छ ।
उक्त महाधिवेशनका प्रमुख अतिथि पूर्व पधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशन शत्रको समुद्घाटन गर्दै देशको कृषिमा प्राविधिज्ञहरूको महत्वपूर्ण योगदान रहने बताउनु भयो ।
समुद्घाटन सत्रका विशिष्ट अतिथि तथा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि विकासको लागि विगतमा भन्दा सजिलो र प्रविधि भित्रिएकोले अरु उद्योगहरूमा जस्तै सजिलो भएको बताउनु भयो । कृषि समृद्धि र रोजगार क्षेत्र भएकोले कृषिमा जोडदिनु पर्ने बताउनु भएकोछ ।
पौडेले भन्नु भयो ‘‘भित्तामा हलो राखेर योजना बनाउने दर्शनबाट निर्देशित हामी अलमलिन पुग्यौं ।’’ उहाँले कृषिमा नेपाली काँग्रेसको पार्टी अलमलिन पुगेको बताउनु भयो ।
अर्का नेता प्रा.डा.सशांक कोइरालाले १७ लाख हेक्टर खेतीयाग्य जमिनहरू खण्डित गरेर विदेश जानबाट रोकेर रोजगारको सिर्जना गर्नु पर्ने बताउनु भयो । पानी जहाज र रेल ल्याएर विकास हुने होइन मलिलो माटो छ । पहिले कृषिको विकास गर्नु पर्छ ।
नेपाली काँग्रेसका नेता बद्रि पाण्डेले पशु स्वास्थ्य ऐनको अभावमा वैधानिक रुपमा काम गर्न अप्ठेरो परेको बताउनु भयो ।
डेमोक्रेटिक एग्रीकल्चर एशोसिएनका अध्यक्ष डा.सूर्य पौडेलले नेपालको कृषि क्षेत्र क्रस रोडमा उभिएको बताउनु भयो । पौडेलले आफ्नो पार्टी पनि अन्य पार्टीहरूभन्दा कम नभएको भन्दै पार्टी र नेताहरूलाई पटक–पटक समस्याहरू राख्दा पनि सुनुवाई नगरेको बताउनु भयो । यस्ता मुद्दाहरू आउने जाने र सुनाउने भइरहेको छ कि त हामीलाई कन्भिन्स गर्नुस् कि हामीबाट कन्भिन्स हुनुहोस् भन्नुभयो ।
त्रिवि विद्यार्थी संघका अध्यक्ष युवा विद्यार्थी नेता हरि आचार्यले जबसम्म कृषिमा उल्लेख्य रुपमा योगदान गर्न नसकेसम्म युवाहरू खाडी मुलुकमा जान नरोकिने बताउनु भयो ।
निजामति कर्मचारी संघका अध्यक्ष गोपाल पोखरेलले मन्त्रीस्तरीय सार्वजनिक व्यक्तित्वहरूले इतिहासमा निजामती कर्मचारीहरूमाथि अति अपमानित गरेको बताउँदै जति खेद् व्यक्त गर्दा पनि नपुग्ने बताउनु बताउनु भयो ।
अधिकारीक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले विकासको कुरा गर्दा प्रविधि विना विकास र समृद्धि सम्भव नहुने बताउनु भयो । कर्मचारीहरू ४ हजारबाट ७५३ मा आएर खुम्चिनु परेको छ ।
ट्रेड युनियन काँग्रेसको अध्यक्ष पुष्कर आचार्यले सरकारले ट्रेड यूनियन अधिकार खुम्च्याउन खोजेको बताउनु भयो । सबै क्षेत्रमा बर्तमान सरकारले हस्तक्षेप गरिरहेको बताउदै ट्रेड युनियन माथि कुनै पनि प्रकार हस्तक्षेप सचेतता पूर्वक सामना गर्ने बताउनु भयो ।
दोस्रो महाधिवेशन २०७६को अवसरमा कृषिमा उत्कृष्ठ योगदान पु¥याए वापत चितवन भरतपुरका मोतीराम ढकाल, नवलपुर नवलपरासीका मायादेवी महतो, अत्तरिया कैलालीका मिन बहादुर जैसी, नवलपरासीका हिराबहादुर खत्री, सुर्खेतका मानबहादुर डाँगी, रुपन्देही तिलोत्तमाका दयानिधी गैरेलाई संघको तर्फबाट विशिष्ट अतिथि रामचन्द्र पौडेलले सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रम सञ्चालन महासचिव सरेशकुमार श्रेष्ठले गर्नु भएको थियो ।
महाधिवेशनको अध्यक्षता संघका अध्यक्ष जनक रावलले गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close