कृषि विशेष

अखिल नेपाल किसान महासंघको दोस्रो बैठक

काठमाडौ माघ अखिल नेपाल किसान महासंघको दोस्रो बैठक काठमाडौंको पेरिडाँडास्थित नेकपा कार्यालयमा सम्पन्न भएको छ । बैठकमा अखिल नेपाल किसान महासंघका स्थायी समिति सदस्य श्रीनाथ बरालले ओली सरकारले असंवैधानिक प्रतिगमनकारी कदम चालेपछि सम्पूर्ण सदस्यहरु दृढताकासाथ किसानहरुले विभिन्न आन्दोलनमा पनि महत्वपूर्ण भूमिको खेल्दै आएको बताएको छ । २०७६ साल असोज ८ गते पहिलो विस्तारित बैठक सम्पन्न गरियो । मुलुकलाई र नयाँ दिशा दिन सम्पन्न बैठकले कृषि क्रान्तिनै प्रमुख मुद्दाको रुपमा अघि बढाएको बताउनु भएको छ ।
अखिल नेपाल किसान महासंघ स्थायी समिति सदस्य तथा प्रदेश नं.१ संयोजक बलदेव चौधरी अरु संगठन एकता नहुँदा पनि सम्पूर्ण एकता गरिएको छ । महासंघले तल्लो स्तरसम्म किसानसम्म पुगेर संगठन निर्माण गरि २ तिहाई किसान हामीसँग भन्ने कुरा बताउनु भएको छ । सुनसरीको तरहरामा सम्पन्न तथा गठन गरिएको संगठनो ३७ जना पदाधिकारीमा ६ जना र ३ जना तथस्ट रहेको बताउनु भयो । कृषि क्रान्ति गर्न सक्यौं भने ३ करोड जनतालाई दुध भात खान पु¥याउन सक्छौं । तर अहिले २४ घण्टा काम गरेर पनि चप्पले समेत लगाउन नसक्ने अवस्था रहेको बताउँदै केपी ओलीको गुटलाई गाउँमा छिर्न नदिने बताएका थिए ।
बागमती प्रदेशको रिर्पोटिङ्ग अखिल नेपाल किसान महासंघ सह–संयोजक चित्रबहादुर श्रेष्ठले क्रान्तिकारी ऐतिहासिक धारा बोकेको संगठनले आफ्नो संघर्षलाई दायाँवायाँ हुन नदिने बताउनु भयो । हामी तथस्ट बस्न सक्दैनौं । प्रतिगमनकारी अवस्थामा हाम्रो संगठानिक अवस्था बलियो छ ।
दोस्रो बैठकका अतिथि तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ६ दशक भन्दा अगाडि संघर्ष गरेको हजारौंको वलिदानबाट आएको परिवर्तन माथि आजको स्थितिमा केपी ओलीको सरकारले आहात पारेको बताउनु भयो । श्रेष्ठले भन्नुभयो ऐतिहासिक अवसरलाई साकार हुन नदिन प्रयास मात्रै गरेन भत्काउने प्रयास भएको छ । ऐतिहासिक अवसरलाई हटाउने काम भएको छ । क्रान्तिकारी कम्युनिष्टहरु आफ्नो आन्दोलनहरुलाई गुप्त बाटोबाट अगाडि बढ्ने र प्रतिगामी कदमलाई निस्तेज पार्दै जाने विधि र पद्धतिलाई अगाडि बढाउने प्रयास वलिदानले काम गरेको बताउनु भयो ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कृषिको मोडेल कृषिको आधुनिकीकरण गर्न औद्यौगिकीकरण र व्यवसायीकरण गर्न अगाडि बढ्नु पर्ने बताउनु भयो । सबैको हक अधिकारको रक्षा गर्दै प्रतिगमन र प्रतिक्रान्तिको आक्रमणको शिकार भएको छ । सही नेतृत्व गएमा सही–सही काम हुँदो रहेछ । र गतल नेतृत्वको हातमा गयो भने विना लगामको घोडा जस्तै अगाडि जान्छ । वाम गठवन्धन केपी प्रस्ताव थिएन । आन्दोलनले न्याय पाएको भन्ने ठानेको थियो तर दुर्घटनामा परियो । ठूलो डिजाइन अनुसार केपी ओलीले प्रतिक्रान्त्रिकारीहरुसँग मिलेर कम्युनिष्ट आन्दोलन सिध्याउने काम भएको छ । सबै नेपालीको मुटुमा छुरा हान्ने जतिकै हो । साहसिक निर्णय, सिद्धान्त विधि पद्धतिहरु मान्नेहरुले परास्त गर्नु छ । कृषि क्षेत्रमा सबभन्दा पहिलो प्रहार शुरुमा भएको छ । कृषि क्षेत्र मार्फत वैदेशिक दलाल पूँजीपतिहरुलाई ल्याएर लोभीहरुले उनीहरुलाई मिहिनेत गर्नु पर्दैन भनिरहेको छ । प्रतिगामी प्रतिगमन विरुद्ध जनता जागेको छ । सामाजिक आन्दोलन पद र सत्ताको दुरुपयोग गरेर लागेका अरु छैन ।
नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपालले देश र पार्टी जनता चुनौतीको मोडमा संगठनलाई उभ्याउनु परेको बताउनु भयो । सिङ्गो संगठनलाई कसरी परिचालन गर्ने ? राष्ट्रिय अभिभारा सबभन्दा पहिलो विचारमा प्रष्ट हुनु हो । भ्रम पैदा भएको विषयमा केके गर्ने ? पार्टी टुक्र्याउने कार्यमा केपी गुट लागेको छ । सही कुरा उठाउँदा केपी ओलीलाई मन परेन । ख्याल गर्नु पर्ने कुरा पूराना कमरेडहरुलाई नछोड्नु होला । भोली तपाईहरुलाई भीलीसम्म काम लाग्छ ।
नेपालले किसानको नेता (अध्यक्ष) तुलसीलाल अमात्य भएको बताउनु हुँदै र किसान महासंघको विभिन्न अवधिमा भएको अध्यक्ष किसान आन्दोलनको नेतृत्व जयगोविन्द शाह पनि हो । किसान संघको हेडक्वाटर भनेको पार्टीको हेड क्वाटर जतिकै थियो । जालझेल गरेर अध्यक्षमा आए जाली मान्छे, अहिले प्रकट भएर आयो । केपी ओली पीडित हामी केपी ओलीको हनुमानबाट पीडित तपाईहरु ।
नेपालले केपी ओली गुटवाज भएको बताए । संगठन निर्माणको क्रममा झापामा पनि दुःख दिनुसम्म दिएर केपी ओलीको भुक्त भोगीहरु भएसम्म कुनै एजेण्डा आएन । काम गर्ने र कुर्ची ताक्ने मान्छे । कुर्ची ताक्ने मान्छे केपी ओली, उहाँसँगको लडाई व्यक्तिगत लडाई हो । केपी ओलीले आफ्नो मान्छे वाहेक एक जनालाई पनि टिकट दिइएन । अब हामी दृढताको साथ अगाडि बढौं । संसद विघटन गर्ने आधार प्रमलाई मान्दैन सबै पार्टी आन्दोलित भएका छन् । हाम्रो भविष्य राम्रो छ । एक वर्षको अन्तरालमा बैठक बसेको छ ।
बैठकको रिपोर्टिङ्गका क्रममा प्रदेश नं.६ का कृष्ण विस्ीिले ४४ जना मध्ये ३२ जना आफैसँग रहेको बताउँदै राजनैतिक÷वैचारिक रुपमा समेत महासंघ बलियो रहेको बताए ।
कृषिमा वैदेशिक लगानी ः
भूमि बैंक भेला बैठक र संघर्ष आदि प्रस्तावहरु पारित गरेको छ । किसान महासंघको बैठकले कार्यालयको व्यवस्था र जिल्ला भेला गर्ने, ४ जना पदाधिकारी रहेको २ बैठक अनुमोदन गर्न केन्द्रमा पठाउने छ ।
बैठकले उत्पादनसँग जाने प्रतिवद्धता गरेको छ ।
द्धन्द्धमा पास गरेको जग्गाबाट सकुम्वासी बन्न लागेको छ । माधव नेपाल र प्रचण्ड कति दिन मिल्छन होला र भनेर कुरा काट्ने हरुको कमी छैन भनेर कुरा उठ्न थालेको छ । बैठकले उ धेरै दिन देखि सेलाएको मानसिकतामा उर्जा दिएको सहभागीहरुले बताएको छ ।
लुम्बिनी प्रदेश संयोजक बुद्ध बस्नेतले प्रतिगमनले डिमागमा तरङ्गित सिर्जना गरेको बताउँदै । कार्यसमितिमा ५३ जना मध्ये ३७ जना आफ्नो पक्षमा रहेको बताए । संगठनमा केही प्रभावित भएपनि २ तिहाई बचाउन सफल भएका छन् । १८ जना हामीसँग छ ।
प्रदेश नं.२ का संयोजक हरिनारायण महतोले २४ जनामा ४ जना ४ सचिवालय गठन गरेको, जातिय अन्तरविरोधले घेरिएको छ । ओलीको प्रवृतिको कुरा अन्यौलमा छ । वैचारिक प्रशिक्षणको कमी भएको बताउनु भयो ।
हाम्रा प्रहरीहरु सय पचास नदिएसम्म छोड्दैन । धान काट्ने समेत समस्या । सहकारीको माध्यमबाट जाँदा राम्रो हुन्छ । विहारी शैलीको राजनीतिका कारण देशमा आफ्नो संगनमा पनि समस्या आएको बताएका छन् ।
बागमती प्रदेशका संयोजक रामप्रसाद दाहालले ६५ जना मध्ये ४४ जना आफूसँग रहेको बताउनु भएको छ ।
गण्डकी प्रदेशका संयंोजक रामबहादुर ढकालले जिल्ला समितिमा २२ जनामा ६ जना केपी ओलीको पक्षमा रहेको जनाएको छ ।
बैठकले निम्न निर्णयहरु पारित गरेका छन् ।
१ प्रतिगमनको विरुद्ध संघर्ष गर्ने ।
२ विदेशी लगानीलाई निषेध गर्ने ।
३. भूमि बैंक स्थापनाको विरोध गर्ने ।
४. संगठन निर्माण १ महिना भित्र गर्ने ।
४. प्रदेश समितिको सभा, बैठक संघर्षको कार्यक्रम आयोजना गर्ने ।
५. १ महिना भित्र प्रदेशले भेला बोलाउने ।
५. मूल प्रवाहमा फर्कन आव्हान गर्ने ।
७. संघर्षको ४ वटै स्तरका पार्टी स्तरका संघर्ष समितिमा सहभागी हुने निर्णय ।
२२१ सदस्यीय केन्द्रीय संघर्ष समिति गठन गर्ने निर्णय गरेको छ ।
९. प्रदेश समन्वय समितिमा भौगौलिक विशिष्टता बोकेको प्रदेशमा संघर्ष समिति गठन गर्ने जनाएको छ ।
१० जिल्लामा संघर्ष समितिमा जिल्ला इन्चार्ज, ईन्चाज नभएको अवस्थमा संयोजक वा सह संयोजकबाट गठन गर्ने ।
११. विविधमा भारतमा ६३ दिनदेखि संघर्षरत भारतीय किसानहरुको संघर्षको महासंघले समर्थन गर्ने जनाएको छ ।
कृषिमा विदेशी लगानी विरुद्ध महासंघले सहभागी हुने निर्णय गरिएको छ ।
भूमि बैंक अविलम्व फिर्ता गरियोस् । विदेशी लगानी फर्ता गरियोस्, कोभिडको अवस्थाका किसानहरुलाई राहत प्याकेजको घोषणा गरियोस्, किसान वर्गीकरण, परिचय पत्र, कृषिमा भ्रष्टाचार छ । जनुयुद्धकालमा पास भएको जमीनको समस्या, गुणस्तरीय मल, बीउ, प्राङ्गारिक कृषिलाई जोड देउ । खाद्य सम्प्रभुत्ता ऐन लागु गर । उखुको भुक्तानी गर । ६० वर्ष पुगेका किसानलाई निवृति भरणको व्यवस्था गर, सबै मूल्यका महत्वपूर्ण कृषि उपजहरुको समर्थन मूल्य लागु गर ।
बैठकले अधिकार प्रत्यायोजन गरी कार्यालयको बोर्ड हटाइएको अवस्थामा कार्यालयको व्यवस्थापन गर्ने ।
किसान नेता हरिहर लामिछाने दिवंगत हुनु भएकोले श्रद्धाञ्जली अर्पण बैठकमा गरिएको छ ।
त्यसैगरी किसान नेता तथा महासंघका सल्लाहकार रामकुमार पौडेलले संगठनमा केपी ओली प्रवृतिको कारण संगठनको तल्लो तहमा समेत कित्ता क्लियर गरेर अगाडि बढ्नु पर्ने बताउँनु भयो । बैठकमा पौडेलले क्रान्तिसँग सम्झौता नगरी सतीसाल उभिएका नेता तथा कार्यकर्ताहरूलाई उपेक्षा गर्ने गरेको बताए ।
बैठकमा किसान नेता देवी वराललले २०२७ सालबाट शुरु भएको आन्दोलनले पञ्चायत फाल्नमा सफल भएको बताउनु भयो । २०५५ सालदेखि किसानहरुको आन्दोलनमा उठेर क्रान्तिकारी बाटो अंगालेको बताउनु बताउँदै आन्दोलन कठोर बन्न सक्ने चेतावनी दिनु भयो । वामदेव गौतमले किसान महासंघको बोर्ड हटाएर एकताको बोर्ड राखेको बताए । पञ्चायत र केपी ओली समूह कति दिन टिक्छ होला संविधान विरोधी केपी हटाउ आन्दोलनको आवश्यकता भएको बताएका छन् । सबै जिन्दगी किसान आन्दोलनलाई सुम्पेको बताउँदै २०१९ सालदेखि किसान आन्दोलनमा लागि परेको देवी वरालले बताए ।
बैठकमा महासंघका सह–इन्चार्ज सुनिल मानन्धरले नयाँ युग प्रवेश गर्न सडकबाटै मन्थन हुन थालेको बताए । दक्षिणपन्थी अवसरवाद पार्टी भित्र ओलीले भित्र्याएको छ । दरवारीय शक्तिहरूलाई समेत फर्काउन ओली सरकारले कसरत गरिरहेको छ ।
हाम्रा पार्टी सुद्धिकरण र राष्ट्र बचाउने लाग्नु पर्छ ।
दक्षिण एशियामा वामपन्थी आन्दोलन शिथिल बन्दै गएको बताउनु भयो । प्रतिगामी शक्ति बिउँझाउने काम केपी ओलीले गरेको छ । तर बिउँझाउन दिनु हुन्न ।
पार्टीको केन्द्रीय समितिमा समेत ४४१ जना मध्ये ३ सय भन्दा बढी केन्द्रीय सदस्यहरु हामीसँग छ । तर अहिले आएर निर्वाचन आयोग राज्य सत्ताको दवाब परिरहेको छ । बैठक समेत नराखेर काम नलाग्ने बनाएको छ । जनतासँगको सम्बन्ध जुटाउने प्रयास भएको थियो तर पनि सक्रिय थिएन । सुतेको पार्टीलाई बिउँझाई दिएको छ ।
बैठको अध्यक्षता सह–संयोजक चित्रबहादुर श्रेष्ठले गनुृ भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close