समाचार

म जहा पनि उभिन तयार छु श्रेष्ठ

ललितपुर फागुन १३ हाम्रो कृषक समूहले दोस्रो स्थापना दिवसको अवसर पारी ललितपुर जिल्लाको महालक्ष्मीस्थान नगरपालिकाको लुभुस्थित साधारण सभा सम्पन्न गरेको छ ।
उक्त साधारण सभामा प्रमुख अतिथि तथा वडाका अध्यक्ष विश्वराज श्रेष्ठले महालक्ष्मीस्थान नगरपालिकाको ७÷८÷१० वडाहरु तरकरी फलफूको पकेट क्षेत्र भएकाले कार्यक्रम र योजना लिएर आउन किसानहरुलाई आग्रह गर्नुभएको छ । श्रेष्ठले किसानहरूलाई ‘‘कार्यक्रम र योजना’’ लिएर आउन भनेको छौं भन्नुयो । श्रेष्ठले जहाँगए पनि म किसानहरुको लागि अगाडि उभिन्छु भनेको छु ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका उप–सविच वरिष्ठ कृषि अधिकृत टिकाराम शर्माले ४ वटै कम्पोनेन्ट अन्तर्गत पकेट, व्लक, जोन, सुपर जोन, कृषि ज्ञान केन्द्रबाट काम गरिएको बताउँदै काठमाडौंको शंखरापुर नगरपालिकामा जोन कार्यक्रम सञ्चालन भईरहेको बताउनु भयो ।
शर्माले भने यो कार्यक्रम २०८३ सालसम्म रहन्छ । ७७ वटै जिल्ला मध्ये ५८ जिल्लामा कार्यक्रम लागु भएको बताउनु भयो । जोन उप–समितिहरुको संयोजनमा सबै पालिका, चक्लावन्दीका र विदेशबाट फर्केकाहरूको सहभागीता, शहरीकरण बढ्दै गएको अवस्थामा, बजारीकरणमा जोडदिएर जान सक्यौ भने विचौलिया घटाउन सकिन्छ । स्थानीयस्तरमा उत्पादन, कालीमाटी फलफूल तथा तरकारी बजारमा भारतबाट तरकारी आउँछ । तरकारीमा बढी विषादी पाइएको थियो । हामीले बाहिरबाट आएको तरकारी खानु पर्छ । राम्रो मूल्य पाउन आईपीएम पद्धति अपनाउनु उपयुक्त हुन्छ । कसरी स्वास्थ बाली उत्पादन गर्ने भनेर सोच्नुहोला । कडा विषादीले सबभन्दा बढी कृषिमा प्रयोग गर्नेलाई असर गर्छ । विषादीलाई कसरी कमी गराउने । एप्रोन, माक्स लगाएर छर्नु पर्छ । विषादीले छालामा सोसेर बढ्दै जाँदा स्वास्थ्यमा असर पार्छ । विषादी छर्दा विचार गरेर छर्नु होला ।

त्यसैगरी स्थानीय कृषक तथा राजनीतिकर्मी रामगोपाल सिंहले आफू कृषक भएको नाताले नगरपालिकाको वातावरण समितिमा भएकाले त्यस समितिबाट सक्दो सहयोग पु¥याउने बताउनु भयो । सिंहले कृषकहरु वातावरण प्रति सचेत हुनु पर्ने बताउँदै, वातावरणीय रुपमा हामी कतिको जोखिम छौं भनेर स्वास्थ्य प्रति सचेत रहन आग्रह गर्नुभयो । दीर्घकालीन रुपमा असर नपर्ने गरी काम गर्नु पर्छ । नेपाल कृषि प्रधान देश हो । कृषि गर्नु लाई हेप्ने चलन छ । गरी खाने व्यक्ति भनेर हेप्ने, लोकेन्द्र विष्ट मगरले मन्त्री पद छोडेर कृषिमा लागिरहेको हामी सबैलाई थाहै छ । उहाँले कृषि गरिरहनु भएको छ । कृषिलाई हेप्ने प्रवृतिलाई निरुत्साहित गर्नु पर्ने बताउदै सम्मानित पेशाको रुपमा स्थापित हुनु पर्ने बताउनु भयो । उत्पादन गर्ने व्यक्तिलाई हेप्ने, कृषिमा काम गर्ने व्यक्ति म पनि हुँ । २०६२÷०६३ पछि सभासद राजकाजी श्रेष्ठले पनि कृषिमा चाँसो दिएका थिए । अब हामी सबै कृषिमा लाग्नु पर्ने समय आएको बताए । समस्या आएको खण्डमा सामूहिक रुपमा हल गर्नु पर्छ ।

सम्मानित व्यक्तिको तर्फबाट ठाकुर प्रसाद पौडेले २÷३ वर्षको सानै उमेर देखि कृषि पेशा देखेको र गर्दै आएको छु । धेरै बोल्यो नभन्नु होला । व्यवहारमा कृषि प्रति ध्यान दिएको छैन । मत आफै स्वरोजगारी, धरै लगानी गर्नु नपर्ने, बसी खानेले कुकुर पाल्ने, गरिखानेले गाई पाल्ने हो, धुलोमैलो हुन्छु । राजनीतिक नाम लिन नी नहुने, नलिई पनि नहुने ८१ वर्ष भयो । मानो खाने, दिन काट्ने काम गरिरहेको छु । अब आउने पुस्ताले म गाई पाल्छु र दुध पिउँछु भनेर भन्न सक्नु प¥यो ।

उक्त अवसरका महालक्ष्मीस्थान नगरपालिकाका पशु सेवा अधिकृत शिवलाल अधिकारीले आगामी दिनमा नमूना कृषि समूहको रुपमा अगाडी बढ्न आग्रह गर्दै सोचे जसरी काम गर्न नसकिएको बताउनु भयो । समुहमा आवद्ध भएका किसानहरूले पशुपालनका लागि मौसम अनुसार भ्याक्सिन लगाउनु पर्ने बताउनु भयो । उहाँले किसानहरूलाई सम्पर्कमा रहीरहन समेत आग्रह गर्नु भयो ।
त्यसैगरी नयाँ कृषि सहकारी संस्था लिका अध्यक्ष तथा कृषि अभियन्ता धर्मराज श्रेष्ठले आफू भोट माग्न आएको नभई भविष्यमा कृषि अगाडि बढ्ने विचार व्यक्त गर्नु भयो । साथै कृषि सहकारीलाई अगाडि बढाउने बताउनु भयो । आफू रामपुरे भएकोले महालक्ष्मीस्थान नगरपालिकालाई तरकारी व्लक बनाउने योजना बनाएको पनि बताउनु भयो ।
हामीले कृषकहरुको जीवन चक्रलाई तीन तहमा हेरेका छौं । ऋण, माटो परिक्षण, उत्पादन पछि थन्क्याउने । प्राविधिक सहयोग गरेर हुन्छ कि के गरेर हुन्छ सहयोग गर्न तयार छौं । श्रेष्ठले आफू रामपुर ट्रेनर भएकाले आवश्यकता अनुसार टिम आफूसँग रहेको बताउनु भयो ।

त्यसैगरी महालक्ष्मीस्थान नगरपालिकाका कृषि शाखा प्रमुख व्रह्मदेव शाहले १३ वटा कृषक समूह दर्ता भएको जनाउँदै कृषि गीत प्रतियोगिता जस्ता रचनात्मक कार्यक्रम आवश्यकता भएको बताउनु भयो ।

कृषि ज्ञान केन्द्र ललितपुरका वागवानी प्रमुख रविकुमार श्रेष्ठले तीनै तहका कृषिकर्मीहरू कृषि ज्ञान केन्द्र बागमती प्रदेशमा उल्लेख्य सहभागी भएको जनाएका छन् । श्रेष्ठले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले व्लक छनौंट समेत गरेका छन् । तालिम, भ्रमण, गोष्ठी, तीनैवटा तहमा सञ्चालनमा छ । कोही नोदोहिरिउन, कोही नछुटिउन । दोहरिएको भए जानकारी दिनु । छोराछोरीहरूको नाममा समेत संस्था र सहकारी दर्ता भएकाले अनुदान प्रकृयामा समस्या आएको बताउँनु भयो । साना सिँचाई, तरकारी लगायत सबै किसानको सहभागी कसरी गराउने सोच्नु पर्ने बताउनु भयो ।

हाम्रो कृषक समूहका अध्यक्ष अमृत विकले गर्न खोजेको काम एक्लै गर्न सक्दैनौं । व्यवहारिक रुपमा अगाडि बढ्नु पर्छ । किसानलाई पहिलो नागरिकको रुपमा राख्न आग्रह गर्दै अहिले नभए पनि भविष्यमा हुने आशा व्यक्त गर्नु भयो । अध्यक्ष विकले आवश्यक पर्ने कृषि सामाग्री नगरपालिकाले सहयोग गर्ने भएकाले राम्रो काम गर्न खोजेको बताउनु भयो । सपना देख्नु पर्छ, राज्यबाट पहल गर्नु पर्छ । राष्ट्रिय रुपमा कृषक समूह बनाउन सहयोग चाहिन्छ । कृषक त्यस्तो व्यक्ति हो । जसले उत्पादन गर्छ उसलाई घृणा गर्नु हुँदैन । कुरा पु¥याउन सबैको कर्तव्य हो ।
कार्यक्रमको अध्यक्षता भगवती बास्तोला र सञ्चालन लक्ष्मी विकले गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close