कृषि विशेष

राष्ट्रिय खाद्य बैंकको भावी रणनीतिक अवधारणा सार्वजनिक

काठमाडैं फागुन १० राष्ट्रिय खाद्य बैंक लिले कार्यक्रम आयोजना गरी प्रेस विज्ञाप्ति मार्फत भावी रणनीतिको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । बैंकको अध्यक्ष शंकरनाथ उप्रेती हस्ताक्षरित विज्ञाप्तिमा बैंकले ‘‘पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’’ भन्ने नाराकासाथ स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेड देशको ७७ वटै जिल्ला र ७ प्रदेशहरुमा उपस्थिति जनाउँदै कृषि उत्पादन र बजारीकरणमा समर्पित संस्था हो । दुई अर्ब लगानीमा स्थापना भएको यो बैंकले क्रमश उत्पादन बढाउँदै, व्यवसाय विस्तार गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ । कृषि क्षेत्रमा ठूलो लगानी, रोजगारी बढाएर उत्पादनमा वृद्धि गर्ने, मुलुकलाई कृषिबाट आत्मनिर्भर बनाउने, राज्यको ‘‘समृद्ध नेपाल, सुखी नेपाली’’को अभियानलाई सहयोग गर्ने, क्रमश अर्गानिक उत्पादनलाई जोड दिने, कृषि क्षेत्रमा आवश्यक ज्ञान शिप, बिउ, विजन, मलजलको समुचित व्यवस्थापन गर्नेगरी दक्ष जनशक्ति, विशेषाज्ञ वैज्ञानिक लगायतको सहभागीता यो बैंक अगाडि बढेको हो । यो बैंक आफैले खाद्यन्न, गेडागुडी, हरियो तरकारी, फलफूल दूध, माछ–मासु, चिया, जडिबुटी लगायतका उत्पादनको कार्य गर्दछ । साथै यो बैंकले कृषि क्षेत्रको आवश्यक अध्ययन, अनुसन्धानको पनि कार्य गर्दछ ।
देशै भरको किसानहरुसँग सहकार्य गरी गर्ने उद्देश्य लिएको बैंकले कृषि कम्पनीहरु, कृषि सहकारीहरु, कृषक समूहहरु, कृषिसँग सम्बन्धित अन्य संघ संस्थाहरुसँग पनि सहकार्य गरी कार्य अघि बढाउने लक्ष्य लिएको छ । सोही अनुसार कार्य शुरु पनि गरेको छ । बैंकले सरकारी खाली जग्गाहरु, सामुदायिक वनको खाली जग्गाहरु, गुठीका जग्गाहरु, व्यक्तिका जग्गाहरु भाडामा लिएर उत्पादनको कार्य अघि बढाउने छ । यस बैंकले हालसम्म कैलाली, कञ्जनपुर, वर्दिया, झापा, मोरङ्ग, सुनसरी, धनुषा, चितवन, रुपन्देही, कास्की, रौटहत, वारा, लम्जुङ पर्सा लगायतका जिल्लाहरुमा जग्गा लिजमा लिने र उत्पादन शुरु गर्ने कार्य अघि बढाई सकेको छ । ती जिल्लाहरुमा जग्गा लिजमा लिने गृहकार्य अन्तिम चरणमा पुगिसकेको छ । हालसम्म बैंकले वर्दिया जिल्लाको गुलरिया नपा ३ खैरी लगायत वर्दिया जिल्ला विभिन्न ठाउँमा २०० विगाह जग्गा लिजमा लिईसकेको छ । सोही स्थानमा करिव ५००० विगाह किसानका जमीनहरु सहकार्य गर्दै उत्पादन कार्य अघि बढाउने कुरा पनि अघि बढीसकेको छ । त्यसैगरी झापा, मोरङ, सुनसरी जिल्लामा १०४१ विगाह र जमजुङमा ५५० रोपनी जग्गा लिजमा लिन सहमती भएको छ । पहिलो चरणमा धान, गहुँ, कोदो, मकै, आलु, तोरी, गेडागुडी लगायतका उत्पादनलाई बैंकले प्राथमिकता दिएको छ । दोस्रो चरणमा माछा–मासु, फलफूल, दध, तरकारी आदि उत्पादनलाई जोडिने छ । खासगरी पाइलट प्रोजेक्टको रुपमा हरेक प्रदेश र जिल्लाहरुलाई कृषि उत्पादनका पकेट क्षेत्रको रुपमा विकसित गर्दै किसानहरुलाई नै अधिकतम् कृषि उत्पादनमा सरिक गराउने, उनीहरुले गरेको उत्पादनको बजार सुनिश्चित गर्ने कार्यमा यो बैंकले सहकार्य गर्दछ ।
हालसम्म ४९१ जना प्रमोटर शेयर सदस्य रहेको यस बैंकले त्यसलाई अझै विस्तार गर्दै केही वर्ष भित्रै साधारण शेयर (आईपिओ) समेत जारी गर्ने लक्ष्य लिएको छ । यही २०७७ चैत्र १५ गते भित्र बैंकले नयाँ बानेश्वरमा तयार गरेको केन्द्रिय कार्यालयको उद्घाटन गर्ने र २०७८ बैशाख भित्र सबै प्रदेश कार्यालय उद्घाटन गर्ने गरी तयारी गरिरहेको छ ।
धान विज्ञ डा.भोलामान सिंह बस्नेत, कृषि वैज्ञानिक खड्गभक्त पौडेल, वनस्पति विज्ञ प्रा.डा.चन्दप्रकाश पोखरेल, गहुँ विशेज्ञाज्ञ डा.मदन भट्ट, पशुपन्छी विज्ञ डा.बलबहादुर चन्द, कृषि विज्ञ शिव यन्दो लगायतका विज्ञहरूको सहभागीता रहेको यस बैंकमा १५० जना भन्दा बढी कृषि पोषण, वनस्पतिसँग सम्बन्धित अध्ययन गरेको व्यक्तिहरु संस्थापकको रुपमा रहेका छन् । साथै २०० जना कृषि प्राविधिकहरु पनि यो बैंकमा संलग्न रहनु भएको छ ।
कृषिमा देशलाई आत्मनिर्भर बनाउने अभिप्रायले अगाडि आएको यो बैंकले गुस्तरयुक्त खाद्य सामाग्रीहरुलाई सुरक्षित भण्डारण गरी बैंक मार्फत आफ्नै सेल्स डिपो र डेलिभरीहरु इ–कमर्श मार्फत बिक्री वितरण गर्ने उद्देश्यले समेत बनाएका छन् । त्यसैगरी यो बैंकले कृषि उत्पादन वृद्धि र व्यवसाय विस्तारको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना मार्फत आफ्नो गतिविधिहरु सार्वजनिक गरिसकेको छ ।
कृषि पेशालाई मर्यादित, सम्मानित बनाएर राष्ट्रिय उत्पादन बढाउने, देशलाई आत्मनिर्भर बनाउने कार्यलाई यो बंैकले अधियानको रुपमा अघि बढाउने छ ।

राष्ट्रिय खाद्य बैंक लिमिटेड
अध्यक्ष शंकरनाथ उप्रेती

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close