समाचार

कृषि सचिव तथा खाद्य बैंकका अध्यक्ष विच भटेघाट

काठमाडौं चैत्र १८ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्की र राष्ट्रिय खाद्य बैंक लिमिटेडका अध्यक्ष शंकरनाथ उप्रेती बीच भेटघाट भएको छ ।
भेटघाटको क्रममा राष्ट्रिय खाद्य बैंक लिमिटेडको संस्थागत उद्देश्य, कार्यक्रम, कृषि क्षेत्रलाई नै सहयोग पु¥याउने भएकाले भविष्यमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तर्फबाट बैंकसँग पनि सहकार्य हुने खालको नीति तथा कार्यक्रमहरु बनाउन आग्रह गर्नु भएको छ ।
बैंकको तर्फबाट अध्यक्ष शंकरनाथ उप्रेतीले सचिव कार्कीसँग बैंकको स्थापनाको उद्देश्य देशको अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्ने भएकोले सरकारको तर्फबाट आवश्यक सहयोग पु¥याउन आग्रह गर्नु गर्दै कृषि नै देशको परिवर्तन गर्ने प्रमुख आधार भएकाले मन्त्रालयको कार्यक्रम, पाठ्य पुस्तिकाहरुमा कृषकहरुको पहिचान पूराना परम्परागत नभई जीवनशैलीमा परिवर्तन आएको सांकेतिक तस्विरहरु राख्नुपर्ने सुझाव दिएका छन् ।
मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले बैंकको तर्फबाट आएको सुझावलाई सकारात्मक रुपमा लिएको बताउँदै आफ्नो तर्फबाट सहयोग पु¥याउने बताउनु भएको छ ।
उक्त भेटघाट कार्यक्रममा बैंकका तर्फबाट संस्थापक सदस्य वेनुप्रसाद पाठक कृषि जर्नल मासिकका प्रधान सम्पादक धनबहादुर मगर सहभागी भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close