२०८१ चैत्र ११

राजधानीमा मेलम्चीको खानेपानी

काठमाडौं चैत्र २० भृकुटीमण्डपस्थित राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानीको आयोजना विकास समिति अन्तर्गत सम्पन्न आयोजना मार्फत ल्याइएको वहुप्रतिक्षित मेलम्ची खानेपानीको विधिवत समुद्घाटन समारोह सम्पन्न गरेको छ ।
समुद्घाटन समारोहमा सम्वोधन गर्दै भण्डारीले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भटराईले २०४८ सालको चुनावी अभियानमा काठमाडौं उपत्यकाबास्ीलाई खानेपानीका साथै सडक सफा गर्ने उद्घोष गरेको स्मरण गरे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजनाको कार्यलाई सफल बनाउन विभिन्न राजनीतिक पार्टी, योजनाविद् दातृ निकाय प्राविधिक, राष्ट्रसेवकहरुको योगदानलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
उक्त मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरवको आयोजना बन्न सफल भएको बताउँदै २०४२ सालमा सम्भाव्यता अध्ययन भएको उक्त आयोजनालाई कृष्ण प्रसाद भटराईको चर्चाले साकार रुप लिएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हाल साँढे ८ करोड लिटर पानी वितरण भएको जनाउँदै छिटै पूर्ण क्षमता अनुसार पानी वितरण गरिने बताउदै याङग्री र लार्केको पानी पनि ल्याउने बताए ।
समुदघाटन समारोहमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक दिनेश चन्द्र खत्रीले दैनिक १७ करोड लिटर पानी राजधानीमा ल्याउने भएपनि परिक्षणका क्रममा रहेकाले शुक्रबार देखि साँढे ८ करोड लिटर पानी वितरण भइरहेको र केही दिनमै १७ करोड लिटर पानी वितरण गरिने बताए ।
उक्त खानेपानी काठमाडौंको उत्तर पूर्वमा रहेको सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोलाको पानीलाई २६ किलोमिटर लामो सुरुङ्गमा पठाएर काठमाडौंको सुन्दरीजलमा विसर्जन गरिएको छ । उक्त पानी काठमाडौंका विभिन्न स्थानमा पोखरी बनाएर वितरण गरिएको र वितरण गर्ने क्रममा रहेको जनाएको छ ।
उक्त आयोजनालाई पूर्ण रुप दिन नेपालको सरकारको ३३ प्रतिशत र एशियाली विकास बैंकको ४६ प्रतिशत लगानीमा सम्पन्न भएको हो । आयोजनालाई दुईभागमा विभाजन गरी मुख्य पानी पठान्तरण कार्य मेलम्ची खानेपानी विकास समिति र वितरण काठमाडौं उपत्यका खानेपानी लिमिटेड मार्फत गरिएको छ ।
पानी वितरण गर्न २०७७ फागुन २२ मा सुन्दरी जलका मुख्य वितरण केन्द्रमा झारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain