समाचार

दम्भका साथ अगाडि बढ्न मन्त्री अर्यालको आग्रह

धनबहादुर मगर
काठमाडौं चैत्र २४ कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले राजनीतिक रुपमा केही अप्ठेरो परिस्थिति रहेकोले किसानहरुको लागि जति काम गर्नु पर्ने हो त्यति हुन नसकेको बताउनु भयो ।
मन्त्री अर्यालले आएको मागको सम्बन्धमा नीतिगत तहमा आएको विषय भएकाले त्यही ढंगले समाधान खोज्ने बताउँदै सबैभन्दा ठूलो पार्टी र सरकार चलाए पनि राज्यको स्रोत साधानलाई उपयोग गर्न नसकेको बताउनु भयो । मन्त्री अर्यालले दम्भको साथ अगाडि बढ्नु पर्ने कुरा पछि पर्नु नहुने बताउनु भयो । उक्त कुरा अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालको नेतृत्वमा ज्ञापन पत्र बुझाउन गएको महासंघका पदाधिकारीहरु बिच बताउनु भएको हो । तपाईहरुको योगदानले यो ठाउँमा आएको छ । हिनतावोधलाई त्यागेर अगाडि बढ्न आग्रह गर्नु भयो ।
त्यसैगरी अखिल नेपाल किसान महासंघको अध्यक्ष प्रेम दंगालले वैज्ञानिक तथा क्रान्तिकारी भूमिसूधार सम्बन्धमा ः भू उपयोग ऐन र नीतिको प्रभावकारी कार्यन्वयन गर्न, सबै किसिमका गुठी रैकरमा परिणत गरि जोताह र मोही किसानका नामा पूर्ण स्वामित्व कायम गर्न , कृषि विकास तर्फ ः आत्मनिर्भर भइसकेका कृषि क्षेत्रका प्राथमिक उत्पादनमा प्रत्यक्ष वैदेशिक लगानी बन्द गर्न, कृषि उद्योग विकासका विशेष कार्यक्रम ल्याउन, कृषि क्षेत्रमा लगानी वृद्धि गर्न, २ प्रतिशत व्याजमा ऋण प्रदान गर्न, साना किसानको ऋण मिनाह गर्न, चक्रवर्ती व्याजको अन्त्य गर्न, जैविक विविधतामा कृषि विकास जोड दिन, खाद्य सम्प्रभुत्ता सम्बन्धमा ः खाद्य सम्प्रभुत्ता ऐन प्रभावकारी कार्यन्वयन गर्न, कृषि क्षेत्रलाई विकासको प्राथमिकतामा राखी आगामी एक दशक कृषि क्रान्तिको दशक घोषणा गर्न, भूमिहिन किसानले जमीन खरीद गर्न चाहेमा खरिद गरिने जमीनलाई धितो राखी २ प्रतिशत व्याजदर कायम गरी १५ वर्षे किस्तावन्दीमा सहुलियत दरको व्याजदरको कर्जा उपलब्ध गर्न, धितो नहुने किसानलाई सामूहिक जमानीमा सस्तो व्याजमा ऋण दिन, आदिवासी जनजाति किसानका परम्परागत ज्ञान तथा सिपको विकास एवं संरक्षण गर्न, नेपाल भारत बिचको खुला सिमानाबाट भइरहेको अनाधिकृत कृषि जन्य वस्तुको आयत रोक्न, उत्पादनका क्षेत्रहरुमा ः अलैंची विकास बोर्ड, कृषि वन तथा विकास बोर्ड लगायत विभिन्न बोर्डहरु गठन गर्न र कोभिड १९ को कारण किसानहरुलाई क्षेतिपूर्तिको व्यवस्था गर्न ११९ सुत्रीय माग ज्ञापन पत्रमा उल्लेख गरेको छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close