कृषि विशेष

वागमती प्रदेश स्तरीय भेला तथा प्रशिक्षण

काठमाडौँ। अखिल नेपाल किसान महासंघ .क्रान्तिकारी केन्द्र. का अध्यक्ष तथा वरिष्ठ किसान नेता क। चित्रबहादुर श्रेष्ठले किसानहरु नेपालको सामाजिक क्रान्तिका आधारभूत वर्ग र क्रान्तिका संवाहक भएको बताउनु भएकोले अब फेरि एकपटक जुरुक्क उठ्नुपर्ने बेला आएको बताउनु भएको छ । आज काठमाडौँको पेरिसडाँडामा आयोजित माओवादी केन्द्रको किसान संगठनको दुई दिने वागमती प्रदेश स्तरीय भेला तथा प्रशिक्षणको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।
संविधान सभा सदस्य तथा राष्ट्रिय किसान आयोगका पूर्वअध्यक्ष क। चित्रबहादुर श्रेष्ठले भन्नु भयो, “यतिबेला सर्वोच्च अदालतको फैसलाका आधारमा हाम्रो मातृ पार्टीको विभाजनसँग हामी पनि पूर्ववतः अवस्थामा फर्कन वाध्य भएका छौँ । यो इतिहासले हामीमाथि गरेको एउटा भद्दा मजाक हो । कहिलेकाहीँ इतिहासले पनि मजाक गर्दो रहेछ ।”
उहाँले किसानहरु क्रान्तिका आधारभूत वर्ग रहेकोले किसान संगठन पार्टी र क्रान्तिको आधारभूत जनवर्गीय संगठन भएको बताउँदै यसको अत्यन्तै ठुलो महत्त्व रहेको र यसलाई व्यापक परिचालन गरिने, गाउँ(गाउँमा किसान संगठन निर्माण गरिने र किसानहरुको समस्या समाधान गर्नका लागि देशव्यापी संघर्ष गरिने बताउनुभयो ।
किसान नेता श्रेष्ठले एकतापूर्व किसान संगठनको रुपमा हिजो पनि सुव्यवस्थित तथा सशक्त भएको र नेकपा एकीकृत रहँदा किसान पक्षीय कामहरु गराउनका लागि निरन्तर दबाब दिइएको र किसान विरोधी सरकारी गतिविधि तथा कार्यक्रमको विरुद्ध जोड्दार ढंगले उठाएको बताउनु भयो ।
उहाँले केपी ओली किसान विरोधी रहेको र सरकारमा रहेर किसानको पक्षमा कुनै काम गर्न नसकेको समेत बताउनु भयो । यदि केपी ओली सरकारका किसानविरोधी हर्कतहरु जारी रहे देशभर किसान आन्दोलनको ज्वारभाटा उठाइने बताउनु भएको छ ।
देशका दुई तिहाइ किसानहरु यो देशको राजनीतिक परिवर्तनका संवाहक भएको र किसानहरुले आगामी दिनमा पनि जनताको संघर्षको नेतृत्व गर्नुपर्ने र अब किसानहरुको हक–अधिकारका पक्षमा जुझारु संघर्ष गर्नुपर्ने, त्यसका लागि वागमती प्रदेश र त्यसमा पनि उपत्यकाको ज्यादै ठुलो महत्त्व रहेको उहाँले बताउनु भयो ।
‘गएको पुस ५ गते केपी ओलीले प्रतिगामी कदम चालेपछि देशभरका किसानहरु सशक्त ढंगले संघर्षमा उत्रेको र त्यसमा वागमती प्रदेश र उपत्यकाले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै उहाँले वागमती प्रदेशका सबै केन्द्रीय सदस्य र जिल्लाका नेताहरु वधाईका पात्रहरु रहेको बताउनु भयो ।
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को विभाजन भई नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० पुनःस्थापित भएको अवस्थामा वागमती प्रदेश स्तरमा भएका किसानका समस्याहरु, किसान संगठन तथा आन्दोलनको स्थिति, किसानका समस्याहरु र समाधानका उपायहरुबारे बहस छलफल गर्ने र नयाँ योजना तयार गर्ने उद्देश्यका साथ दुई दिने भेला तथा प्रशिक्षण आयोजना गरिएको महासंघले जनाएको छ ।
नेकपा विभाजनपश्चात आयोजना गरिएको दुई दिने भेला तथा प्रशिक्षणमा आज पहिलो दिन सबै जिल्लामा वास्तविक संगठनात्मक स्थिति, किसानका समस्या र समाधानका उपायहरूबारे रिर्पोटिङ तथा छलफल हुने र भोलि प्रमुख प्रशिक्षकको रुपमा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क। पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम रहेको अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी केन्द्र० का स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख क। नहेन्द्र खड्काले बताउनु भयो ।
अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी केन्द्र० का वागमती प्रदेश संयोजक क। रामप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सचिवालय सदस्य तथा महिला किसान नेतृ क। सीमा रिजालले स्वागत मन्तव्य राख्नु भएको थियो भने केन्द्रीय सचिवालय सदस्य तथा कुखुरापालक किसान संगठनका संयोजक क। गणेश कुँवरले सञ्चालन गर्नुभएको थियो । भेला तथा प्रशिक्षण भोलि पनि चल्ने छ ।

स्रोत ः लेफ्ट रिभ्यु अनलाईन

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close