समाचार

राष्ट्रिय खाद्य बैंकले ग¥यो लगानीकर्ताविच समीक्षा बैठक

धनबहादुर मगर
काठमाडौं २०७७ चैत्र २८ नयाँ बानेश्वर स्थित एभरेष्ट लन्जको सभाहलमा राष्ट्रिय खाद्य बैंक लिमिटेडले आफ्ना लगानीकर्ताहरुबीच समीक्षा बैठक सम्पन्न गरेको छ ।
उक्त अवसरमा राष्ट्रिय खाद्य बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले विभिन्न चरणमा खाद्य बैंकले आफ्नो कार्यक्रमलाई अघि बढाएको बताउनु भयो ।
कार्यक्रम देशभर कार्यन्वयन गर्ने तहमा पुगेको बताउँदै उहाँले लगानीकर्ताहरु सबै मिलेर काम गर्ने हो । हामीसँग कोही पनि प्रतिस्पर्धा गर्ने छैन । यस बंैकलाई कृषि क्रान्तिमा लगाउँछु ।
यस क्रममा छोटै समयमा पत्रपत्रिका लगायत सञ्चार माध्यमहरु मार्फत संस्था परिचित भईसकेको अवस्था छ । यसले हामीलाई प्रचारात्मक अभियानमा साथ दिएको छ । यसले संस्थागत रुपमा प्रवद्र्धन कार्यमा सहयोग पु¥याएको छ । खाद्यान्न उत्पादन लगायत विभिन्न कार्यक्रम अघि सारिएको छ । भविष्यमा यहाँहरुको साथ र सहयोगले नै अगाडि बढ्ने छ ।
यहाँहरुले पैसा कहाँ खर्च भयो भन्ने कुरामा हामी पारदर्शी तरिकाले काम गर्ने छौं ।
केन्द्रीय कार्यालय उद्घाटन गरिसके पछि अफिसियली काम गर्ने छौं । नयाँ बानेश्वरमा रहेको केन्द्रीय कार्यालयबाट बैशाख २ गतेबाट काम शुरु गर्ने छौ ।
खाद्य बैंक राज्यलाई सहयोग गर्ने संस्था भएकोले प्रधानमन्त्रीबाट उद्घाटन गर्ने गरी समय माग गरेका छौं ।
नेपाल सरकारको विधि विधान अनुसार करपोरेट ढंगले अगाडि बढ्ने छ ।
बैंकले गर्न काम सबै गरिसकिएको र कार्यन्वयन तहमा जाँदैछौं । झापा, बर्दिया लगायत ठाउँमा अध्ययन गरी सकेको छौं । निकट भविष्यमा नै प्रशासनिक कर्मचारीहरुका लागि सेवा सुविधा सहितको कार्यक्रम अघि बढाउँछौं ।
मानव स्रोत साधनको परिचालन गरी प्रणाली अन्तर्गत रहेर कामलाई अघि बढाउँछौं । दक्ष जनशक्तिको प्रयोग गरी मानव संशाधनको पूर्ति गरिनेछ । विज्ञ विशेषाज्ञहरुको रोहवरमा नियुक्तीको व्यवस्था मिलाइने छ । प्रणाली भित्र रहेर विषय विज्ञसँग सहकार्यमा गरिने छ ।
बिउ विजन कठिनाइको विषय रहेछ । थोरै भए पनि बिउ, मल लगायत व्यवस्था गरिने छ । प्रारम्भिक रुपमा २२ जिल्लामा उत्पादन गर्ने गरी धान, मकै, तोरी लगायत बाली लगाउने छौं ।
सरकारको मापदण्ड अनुसार आर्थिक पारदर्शी हुनेछ । तपाईहरुको घर–घरमा हाम्रो उत्पादन ल्याउँछौं ।
हामीले खाने चामल हाम्रै खेतबारीमा उत्पादन गरिएको हुनेछ ।
प्राकृतिक रुपमा हाँसले गोडेको धान पनि हामी परिक्षण गराउने छौं । धान हामीले मात्र खाँदैनौं हजारले खान्छौं । अब हामीलाई काम गर्न पैसाको खाँचो हुँदैन । विदेशी दातृ निकायको कसैको पनि पैसा लिएको छैन ।
कृषि उद्यमी तथा नेतृ मनु हुमागाई नेतृत्वले राम्रो काम गरिरहेको देखिन्छ । यसको प्रतिफल छिटै आओस भन्ने विश्वास लागेको छ । त्यसैगरी अर्का उद्यमी छत्रबहादुर श्रेष्ठ ः हामी त मख्ख भाका छौं ।
तराईका कुरा मात्र आयो पहाडको कुरा आएन । पहाडलाई उपेक्षा गरेको रहेको छ भन्ने लाग्छ । नगदे बाली पनि हो ? यो कुरा पनि समेटिनु उचित होला ।
अध्यक्ष शकरनाथ उप्रेती ः लगानीकर्ताहरुको प्रश्नको कुरा आएको छ, यथार्थ हो । हाम्रा कुरा साथीलाई के काम दिने भन्ने हो । यदि म यो काम गर्न सक्छु भनेर आयो भने फरक पर्दैन ।
हामी अभियानको रुपमा क्रमश जान्छौं । सबैतिर एकै तिरबाट गर्न सक्दैनौं पहिलो प्राथमिकता अन्नबालीबाट जान्छौं । नेपाल भरिको बाँझो बारीको लागत तयार गर्छौं । हिमाल पहाडको उत्पादन खान सक्छौं ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close