समाचार

राष्ट्रिय खाद्य बैंक सञ्चालनमा

काठमाडौं बैशाख ३ ‘‘पोषिलो आहारको लागि दिगो कृषि’’ मूल भन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय खाद्य बैकको औपचारिक रुपमा उद्घाटन भएको छ ।
बैंकका कर्मचारी तथा सञ्चालकहरुको रोहवरमा काठमाडौंको नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयको विधिवत (पूजा पाठ सहित) शुभारम्भ गरिएको हो ।
उक्त अवसरमा बैकका अध्यक्ष शंकरनाथ उप्रेतीले कृषि जर्नल मासिकको अनलाईन संस्करणमा संक्षिप्त कुराकानीको क्रममा बताएका छन् । अध्यक्ष उप्रेतीले राष्ट्रिय खाद्य बैंक मार्फत ‘‘नेपालको कृषि क्षेत्रलाई सहयोग पु¥याउने छु ।’’ भन्नु भयो, बैंकको चालु आव देखिनै २ अर्ब लगानीमा देशव्यापी रुपमा व्यवसायिक कृषि उत्पादन गर्ने, भण्डारण तथा बजारीकरण गर्ने, छ । बैंकले कृषिमा परनिर्भरता घटाउन, कृषि उत्पादन बढाउन, कृषिको माध्यमबाट रोजगारी बढाउन र अर्गानिक उत्पादनमा जोड दिनेछ । साथै जनस्वास्थ्यको विषयलाई सम्वोधन गर्ने गरी प्राङ्गारिकको क्षेत्रमा लगानी गर्ने जोडदिइएको छ । बैंकले पहिलो चरणमा २३ वटा जिल्लाबाट यसै वर्षभित्र कृषि उत्पादनको काम थाल्ने प्रक्रिया सुरु गरिसकेको जनाएको छ ।
बैंकले त्यसका लागि तराईका विभिन्न जिल्लाहरुमा करिव ६ सय बिगाह जमीन लिजमा लिइसकेको छ । यसै वर्षभित्र बैंकमार्फत उत्पादन गरेका अर्गानिक उन्मूख वस्तुहरु शेयर सदस्य तथा उपभोक्ताहरुले उपभोग गर्न पाउने अध्यक्ष उप्रेतीले बताएका छन् । प्रारम्भिक चरणमै ५ सय ९० जना प्रमोटर शेयर सदस्य रहेका जनाएका छन् ।
बैकले आफ्नो उद्देश्य अनुरुप उत्पादन र बजारीकरणलाई सहज बनाउँदै अघि बढ्ने बताउँदै नेपालमा हुन सक्ने खाद्य संकटलाई कम गर्न र कृषि वस्तुमा विदेशी आयतलाई विस्थापन गर्न अध्यक्ष उप्रेतीले बैंकले सहयोग नै पु¥याउने विश्वास व्यक्ति गर्नु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close