कृषि प्रविधि

परम्परागत घारबाट आधुकि घारमा मौरी सार्ने तरिका

परिचय र महत्व ः कृषकहरुलाई परम्परागत मौरी पालनबाट आधुनिक मौरपालनतर्फ उन्मूख गराउने सर्वप्रथम मुढे या खोपे घारबाट आधुनिक घारमा मौरी पालन गर्नु जरुरी छ । मौरी पालनलाई आधुनिकतातर्फ लगेर मात्र यसको व्यवसायिकरण गर्न सम्भव छ । मुढे या खोपे घारमा मौरी पालेर आम्दानी बढाउन सकिदैन । आम्दानी नै नहुन पनि सक्छ । परम्परागत घार र आधुनिक घारमा मौरी पालेर आम्दानी बढाउन सकिदैन आम्दानी नै नहुन पनि सक्छ । परम्परागत घार र आधुनिक घारमा मौरी पालन गर्दा निम्न भिन्नताहरु देखिन हुनाले यसका महत्व प्रस्ट हुन्छ ।
परम्परागत घार आधुनिक घार
१. मह उत्पादन कम । १. मह उत्पादन बढी ।
२. मह काढ्दा छाउरा, चाका र मौरी समेत नष्ट हुने । २. शुद्ध मह, महदानीबाट काढ्न सकिने ।
३. आधार चाका र महदानीको प्रयोग गर्न नसकिने । ३. आधार चक्का प्रयोग गर्न सकिने ।
४. गोला विभाजन र संयोजन गर्न नसकिने । ४. गोला विभाजन र संयोजन गर्न सकिने ।
५. कृत्रिम आधार खुवाउन नसकिने । ५ .कृषिमा आधार खुवाउन सकिने ।
६. स्थानन्तरण गर्न नसको । ६. गोल स्थानान्तरण गर्न सकिने ।
७. रोग तथा शत्रु नियन्त्रण गर्न कठिन । ७. रोग तथा शत्रु नियन्त्रण गर्न सहज ।
८. रानु र गोला उत्पादन गर्न नसकिने । ८. रानु र गोला उत्पादन गर्न सकिने ।
प्ूर्व तयारी ः
गोला सार्नु पूर्व यसको लागि आवश्यक सामाग्रीहरु जस्तै ः खोपे या मुढे घार, निरीक्षणका सामाग्री चक्कु धागो, रानी पिँजडा, आधुनिक घार एकजना सहयोगी सबै तयार पार्नु पर्दछ ।
गोलाको मापदण्ड ः
सार्न लागिएको मौरी गेला निम्न आवस्थाको हुनु पर्दछ ।
–उपयुक्त मौसम भएको बेला
–मजबुत र रानु भएको बेला
–खाना भण्डारण भएको बेला
–छाउराहरु प्रशस्त भएको बेला
–निरोगी
उक्त गुणहरू भएका गोला न्यानो मौसममा दिउँसोको समयमा सार्नु पर्दछ ।
सावधानी ः
–मौरी गोला सार्दा निम्न सावधानीका साथ मौरी सार्नु पर्दछ ।
–धुवाँको प्रयोग
–घुम्तीको प्रयोग
–चाका काट्ने धारिलो लामो चक्कुको प्रयोग
–चाका बाँध्न बलियोे धागोको प्रयोग ः
–चाका एक आपसमा जोडिन नहुने, चौकोसको आधारभित्र हुनु पर्ने तर चौकोस भने घारभित्र जोडेर राख्नु पर्दछ ।
–छाउरा र महचाका चौकोसको टपवारमा टाइटसँग जोडिनु पर्छ । खुकुलो हुनु हुँदैन ।
–चाकाहरु र मौरीहरु आधुनिक घारमा राख्दा रानु आए नआएको यकिन गर्ने ।
–रानु भेटिनासाथ रानु पिँजडामा राखी आधुनिक घारमा राख्ने र सारिसकेपछि पिँजडाबाट रानु निकाल्ने पूरानो घार अन्यत्र लुकाउने र सो स्थानमा आधुनिक घार राखी रानु ढोका प्रयोग गर्ने ।
निम्न तरिकाबाट चरणवद्ध रुपमा गोला सार्ने कार्य सकभर छोटो समयमा सम्पन्न गर्नु पर्दछ ।
–आवश्यक सामाग्रीहरू परम्परागत घार नजिकै राख्ने र परम्पगरागत घारको प्रवशेद्धारबाट हल्का धुवा दिने ।
–प्रवेशद्धार भन्दा दाया वा वायापट्टि लगाएको ढक्कन मध्ये काम गर्न सजिलो हुने गरी कुनै एक ढक्कन विस्तारै खोल्ने ।
–ढक्कन खोलेपछि धुँवा दिएर चाकाको मौरी हटाउने ।
–चक्कुले चाका काट्ने ः काट्दा एक हात चाकाको पिँधमा राख्ने ताकि चाका नखसोस् नटुटोस ।
–काटेका चाका आधुनिक घारको चौकस भन्दा ठूलो भएमा मह भएको भाग काटेर चौकोसमा फिट गर्ने । चाका काट्दा छाउरा सुरक्षित हुनु पर्दछ ।
–एउटा चाकालाई दुई ठाउँमा सिधा चाका नहल्लने गरी धागोले बाँध्न पर्दछ । बाँधेको चाका हल्लिनु हुँदैन । फ्रेमका दुबैतिर चौका भित्र पर्ने गरी बाँध्ने । दुईवटा चाका एक आपसमा कदापी जोडिन हुँदैन ।
–एवं रितले मौरी हटाउँदै, चाका काट्दै, फ्रेममा फिट गरेर आधुनिक घारमा सार्ने ।
–सबै चाका सारीसके पछि खोपा या मुढामा गाँड लगाएर बसेको मौरीहरु हातले आधुनिक घारमा सार्ने मौरीसँग रानु आए नआएको राम्ररी हेर्नु ।
–अब मौरी भएको आधुनिक घारलाई पूरानो घार भएको ठाउँमा राख्ने । प्रवेशद्धारा पहिलकै दिशातर्फ फर्काउने ।
–यसरी मौरी भएको आधुनिक घारलाई पूरानो घार भएको ठाउँमा राख्ने । प्रवेशद्धारा पहिलेको दिशातर्फ फर्काउने ।
–यसरी मौरी सारीसकेपछि मुढे घार छ भने भुईमा गुन्द्री या पत्रिका कोट्याएर बाँकी मौरी टक्टक्याउने र सो मुढो अन्यत्र लगेर लुकाउने । टकटक्याएको ठाउँमा रानू मौरी पनि हुन सक्छ । खोपे घार भएकोमा धुवाँ दिएर या बु्रसको सहायताले खोपाभित्र भएका सबै मौरी उडाउने र खोपा पूरै टाल्ने प्रवेशद्धारा पनि टाल्ने ।
–आधुनिक घारमा रानुको उपस्थिति सुनिश्चित भएपछि रानु ढोका प्रयोग गर्ने ।
गोला सारी सकेपछि गर्नु पर्ने व्यवस्थापन
परम्परागत घारबाट गोला सारीसकेपछि निम्न कार्य गर्नु जरुरी पर्दछ ।
–रानु ढोकाको प्रयोग
–आवश्यक भएमा डमी बोर्डको प्रयोग (८ फ्रेम भन्दा कम चाका भएमा)
–३ दिनसम्म साँझमा चिनी चास्नी दिने ।
–३ दिन पछि घार सफा गर्ने र मौरीले नढाकेको चाका भएमा हटाउने ।
–रानुले अण्डा पारे नपारेको निरीक्षण गर्ने
–परम्परागत घारबाट आधुनिक घारमा सारेको मौरीलाई अनावश्यक रुपमा नचलाउने ।
रानु रानु कोष
चरण १ मुढे घारको ढक्कन खोल्ने ।
–चरण २. हल्का धुवा दिएर चाकाबाट मौरी हटाउने ।
–चरण ३ चाकालाई विस्तारै हत्केलामा राखि झिक्ने ।
चरण ४ आधुनिक घारका फ्रेमलाई चाकामाथि फिट गर्ने, दुशै तार चाकार भित्र पर्ने गरी राख्ने, बढी भएको चाका काट्ने धोगोले नहल्लिने गरी फ्रेममा बाँध्ने र आधुनिक घारमा राखिने दिने ।
चरण ५ मुढे घार भित्रका सबै मौरीलाई सोहरी आधुनिक घार भित्र राखिदिने ।
चरण ६ मुढे घारको ठाउँमा आधुनिक घार राखिदिने ।
चारण ७ मुढे घारलाई गुन्द्री वा कागज माथि टकट्कयाउन ।
चरण ८ टकटक्याएको ठाउँ रानु मौरी छ कि भनेर हेर्ने ।
चरण ९ टक्टकयाएको मौरीहरुलाई घार निर राखिदिने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close