सम्पादकीय

नेपालमा कृषि क्रान्तिको खाँचो

नेपाल कृषि प्रधान देश हो । यहाँ कृषि व्यवसायले दिन प्रतिदिन औद्यौगिक रुप लिदै आएको छ । वर्तमान परिवेशमा कृषि सम्बन्धी सूचना र सञ्चारको महत्व पनि दिनानु दिन बढ्दै गएको छ । व्यवसायिक बन्दै गएको आधुनिक कृषि र कृषि उद्योगहरु पनि दिन प्रतिदिन बढ्दै गएको भएता पनि कृषि सूचनाले स्थान पाउन सकेको छैन । विश्वमा भएको नयाँ–नयाँ कृषि प्रविधिको विकास, कृषिमा आएका नयाँ–नयाँ औजारका बारेमा पाठक तथा कृषकहरुले यथेष्ट सूचना पाउन सकिरहेका छैंन । त्यसकारण नेपाली कृषि व्यवसाय हदसम्म परम्परागत शैलीमा अडिरहेको छ । किसानको नारालाई व्यवहारमा कार्यन्वयनमा गर्ने अभियान स्वरुप कृषि, वन, सिँचाई, र वातावरण कसरी बनाउने भन्ने चिन्ताका साथ जनचेतनाको माध्यमबाट आम जनतालाई सचेत गराउने उद्देश्य कृषि जर्नलको रहेको छ ।
आजको यस वस्तुगत आवश्यकतालाई परिपूर्ति गर्न कृषिमा आधुनिकीकरण अपरिहार्य छ । यस क्षेत्रमा जनचेतना जगाउने उद्देश्यले हामीले मासिक बुलेटिनको रुपमा प्रकाशन गरेको हो ।
०६३ साल जेठमा दर्ता भएको यस कृषि जर्नल विविध कारणको अगाडि प्रकाशित हुन सकेको थिएन । तर हामी अब निरन्तर प्रकाशन गर्ने वाचाका साथ आएका छौं । झण्डै २ वर्षको मौन पछि यसलाई जनसमक्ष ल्याउन पर्छु भन्ने हामीलाई लागेको छ । हामीले कृषिलाई दीर्घकालीन रुपमा कृषि क्रान्तिको लागि एउटा उर्जा दिन सकोस् र प्रत्येक नेपालीहरुले अन्नविना भोको रहन नपरोस् भन्ने हाम्रो उद्देश्य रहेको छ । त्यसकारण पनि पाठकहरुमाझ कृषि जर्नललाई ल्याएको हो । अब यसलाई कसरी निरन्तर गर्ने भन्ने चिन्ता हामीमा भएको छ । नेपालमा कृषि व्यवसायलाई संस्थागत विकास गर्न र जनताले यसबाट लाभ उठाउन सकोस् भन्ने उद्देश्यले प्रकाशित भएको जर्नल पत्रिका अब यसलाई टिकाउने अघि बढाउने जिम्मेवारी भनेको पाठक, शुभचिन्तक तथा सहयोगीहरु जो तपाईहरुको हातमा छाडेका छौं । पत्रिका एकदमै पृथक र नेपाली जनतालाई समर्पित गरेको पत्रिका हो । यसले हाम्रो देशको कृषि व्यवसायलाई केहीन केही सहयोग पु¥याउन सक्छ भन्ने आशा हामीले लिएका छौं । त्यसर्थ यहाँहरुले जे जस्तो सहयोग गर्नुहुन्छ त्यही अनुसार सहयोग गरेर पत्रिकालाई माथि उठाउने प्रयास गरि हाम्रो होस्टेमा हैसे थपि तपाई र हाम्रो लक्ष्य भनेको साझा लक्ष्य हो । यो लक्ष्यलाई आफ्नै लक्ष्य ठानी कृषि व्यवसाय प्रति समर्पित रहेर मुलुकलाई सम्पन्न गराउने उद्देश्यमा सहयोग पु¥याउन अनुरोध गरिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close