समाचार

स्वस्थ्य मानिसका लागि स्वच्छ खाद्यान्न

काठमाडौं २७ भदौ कृषि तथा पशुपक्षी विकास मन्त्रालयका (पशुपक्षी तर्फका) सचिव डा.गोविन्द शर्माले मुलुक निर्माणका लागि स्वस्थ्य मानिसका लागि स्वच्छ खाद्यान्नको आवश्यकता रहेको बताउनुभयो । नेपालमा मनाईने महिनाव्यापी ४१ औ विश्व खाद्य दिवसको आज भएको भर्चुअल उद्घाटन कार्यक्रममा बोल्नु हुँदै उहाँले सो कुरामा बताउनु भएको हो ।
शर्माले स्वस्थ्य खानाका लागि कृषिलाई प्राथमिकतामा राख्नुपर्नेे कुरामा जोड दिँदै भन्नुभयो, विभिन्न कारणले कृषिबाट पलायन भएका युवा जनशक्तिलाई पुनः कृषिमा फर्काउनु पर्ने खालका कार्यक्रमहरु ल्याउनु पर्छ ।’ देशमा कृषि सम्भावना भएको क्षेत्र हो, यसमा आकर्षण बढाउनका लागि सबै क्षेत्रबाट सहयोग हुनुपर्ने खासगरि यसमा सञ्चार क्षेत्रको मुख्य भूमिका रहनुपर्ने बताउनुभयो । कृषि क्षेत्रलाई सुधार गर्नका लागि सबैले निष्ठापूर्वक, इमान्दारीतापूर्वक काम गर्दा कृषिको सुधार गर्न सकिने कुरामा जोड दिनुभयो । खानाको लागि खेतीपाती ः हाम्रो साझा संकल्प’ भन्ने नाराका साथ नेपालमा महिनाव्यापी कार्यक्रम मनाउन लागिएको हो । कार्यक्रममा विश्व खाद्य दिवस सफल बनाउनका लागि आवद्ध संस्थाहरुसँग विभागले पनि सहकार्य गर्ने बताएको छ ।
कृषि विभागका सचिव डा.महादेव पौडेलले विभागको तर्फबाट प्रतिवद्धता जनाउँदै । खाद्यको लागि जोडदिनु पर्ने बताए ।
त्यसैगरि सुरक्षित भविष्यका लागि खाद्यान्नको आवश्यकतालाई देशव्यापाी रुपमा फैलाउने दिवसको मुख्य उद्देश्य रहेको खाद्यका लागि कृषि अभियानकी अभियानकर्ता सिन्द्रेला देवानले बताउनुभयो । त्यस्तै राष्ट्रिय कृषक समुह महासंघ नेपालका महासचिव रिता बास्ताकोटीले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने विषयमा अभियान चलाउनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले त्यसका लागि साना तथा मझौला किसानहरुलाई नीति तथा कार्यक्रममा समेट्नुपर्ने सरकारको ध्यानाकर्षण पनि गराउनुभयो ।
नेपालको खाना र खेतीपातीलाई सार्वजनिक चासो र प्रभावकारी बनाउनुपर्ने कृषि अभियानका अभियन्ता डा.कृष्णपसाद पौडेल बताउनुभयो । विश्वव्यापी रुपमा अक्टोबर १६ मा मनाउँदै गरेको विश्व खाद्य सम्मेलन दिवसलाई असोज २४ गतेसम्म सञ्चालन गर्ने खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताउनु भयो । खाद्यका लागि कृषि अभियान, कृषि विभाग लगायतका दुई दर्जन बढी संघसंस्थाले संयुक्त रुपमा कार्यक्रम मनाउने भएका छन्् । विगत पाँच वर्षदेखि यसैगरि कार्यक्रम मनाइदै आइएकोमा कोभिडको समस्यालाई मध्यनजर गरेर अधिकांश कार्यक्रम भर्चुअल रुपमा मनाउने तयारी रहेको संयोजक अधिकारीले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन कृषि विकास मन्त्रालयका (कृषि तर्फका) सचिव डा.कृष्ण प्रसाद आचार्यले गर्नुभयो । विभिन्न १७ वटा कार्यक्रममा सातवटा कार्यक्रम संघीय तहमा नीतिगत वहसमा केन्द्रीत हुनेछन् । प्रदेश तहमा खाना, खेतीपाती र वन उद्यमसँग जोडेर छलफल गर्ने तयारी भएको छ । बागमती प्रदेशमा कृषि र पशुपालन, गण्डकी प्रदेशमा आत्मनिर्भर कृषि प्रणालीका बारेमा, लुम्बिनी प्रदेशमा कृषि उपजको प्रशोधन, कर्णाली प्रदेशमा प्राङ्गारिक कृषि अभ्यासको बारेमा र सुदुरपश्चिम प्रदेशमा कोरोना संकट र गाउँवासीहरुको बसाईसराईको विषयमा छलफल हुने भएको छ ।
स्रोत ः अनाज

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close