समाचार

भूमि आयोगको उपाध्यक्षमा खड्का नियुक्त

काठमाडौं ३० भाद्र राष्ट्रिय किसान सञ्जालका संयोजक, अखिल नेपाल किसान महासंंघ क्रान्तिकारी केन्द्र)का सचिव तथा संगठन विभाग प्रमुख, नहेन्द्र खड्का नेपाल सरकारको भूमि आयोगको उपाध्यक्षमा नियुक्त हुनु भएको छ ।
कृषि क्षेत्रको विकासमा २ दशक देखि क्रियाशील खड्का कृषि विकास मन्त्रालयको २० वर्षे कृषि रणनीति, हरिवोल गजुरेल कृषि विकास मन्त्री हुँदा मन्त्रीको सल्लाहकार लगायत नेपाल सरकारको विभिन्न पदिय दायित्व वहन गरिसकेको खड्काको सांगठनिक अनुभव, कुटनैनिक क्षेत्र अनुभव र सरकारी तथा गैरसरकारी क्षेत्रको समन्वयको लामो अनुभवका साथै नेपाल सरकारको काम कार्यवाहीहरुमा लामो अनुभव हासिल गर्नु भएको खड्काको नियुक्तीले नेपाली कृषि क्षेत्र, भूमीहिन किसान, साना किसान, सुकुम्वासी समस्याहरु जटिल बनीरहेको वस्थामा उहाँको नियुक्तलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
वर्तमान अवस्थामा जटिल बन्दै गएको नेपालको भूमि समस्या, चुनौंतीको विषय भएपनि उहाँको नियुक्तिले नेपाल सरकारलाई सहयोग पुग्ने विश्वास लिएको छ । नेपालको कृषि क्षेत्रको विकासमा लामो समयदेखि योगदान पु¥याउँदै आउनु भएको खड्काले कृषि र भूमि सम्बन्धी राम्रो ज्ञान राख्नुहुन्छ ।
खड्काले संक्षिप्तमा भन्नुभयो, भूमि समस्या सबैको साझा समस्या भएकाले सबैसँग मिलेर काम गर्ने बताउँदै नेपाल सरकारले दिएको जिम्मेवारीलाई उच्च मनोवलको साथ पूरागर्ने बताउनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close