काठमाडौं १६ असोज अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को दुईदिने पूर्ण बैठक अध्यक्ष चित्रबहादुर श्रेष्ठको अध्यक्षतामा पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको सभा हलमा शुरु भएको छ ।
देशभरबाट उपस्थित केन्द्रीय पदाधिकारी र सदस्यहरु उपस्थित रहेको उक्त बैठकमा अध्यक्ष श्रेष्ठले उत्साह र उमंग बीच भएको एमाले र माओवादी बीचको पार्टी एकतालाई केपी शर्मा ओलीले देशी र विदेशीहरुको ईसारामा पार्टीलाई विभाजित अवस्थामा फर्किनु वाध्य पारेको बताउँनु भयो । उहाँले अब केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुलाई नयाँ जोस र जाँगरका साथ नयाँ परिस्थितिमा प्रतिवद्धता सहित नयाँ ढंगले काम गर्न निर्देशन दिनु भएको छ । श्रेष्ठले काम गर्न चाहेका किसान नेताहरुलाई जिम्मेवारी वहन गरी अगाडि बढ्ने अवसर आएको बताउँदै अगाडि बढ्न चाहेका नयाँ नेताहरुलाई स्वभाविक रुपमा अगाडि बढ्न मार्ग प्रशस्त गर्नुपर्ने बताउँनु भयो ।
श्रेष्ठले बैठकमा सांगठानिक प्रतिवदेन प्रस्तुत गर्दै विगतमा संगठनको अवस्था, नेकपा सरकारमा भएको अवस्था, वर्तमानको अवस्था, संगठनले भविष्यमा निभाउनु पर्ने भूमिका, सदस्य तथा पदाधिकारीहरुले गर्नुपर्ने काम कर्तव्य र अधिकार, कार्यदिशा र कार्यविधिहरुको सांगठनिक प्रस्तुत प्रतिवेदनलाई बैठकले पारित गरेको छ ।
महासंघका सचिव, संगठन विभाग प्रमुख, भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को विधान मश्यौदा २०७३ लाई संशोधन र थपघट सहित विधान मश्यौता प्रस्तुत गर्नु भएको छ । खड्काले २०७३ कै विधानको जगलाई टेकेर बदलिदो अवस्थामा विधान मश्यौदाको स्वरुपमा पनि केही धारा र उपधाराहरु दफा र उपदफाहरु थपगरी देशको भौगोलिक, पेशागत संगठनहरुको स्वरुपको अवस्था, आखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को विधान मश्यौदामा संघ, प्रदेश र पालिकामा सांगठनिक स्वरुप र ढाँचा र कर्तव्य र अधिकार प्राप्त संगठन निर्माण गर्न थप घट र संशोधन प्रस्ताव गरिएको छ । विधान मश्यौदालाई अन्तिम रुप दिन प्रदेश संयोजक र इन्जार्जहरुको समूहगत छलफलले प्रस्तावित विधानको प्रस्ताव छलफलकै क्रममा रहेकोले भोली बस्ने केन्द्रीय समितिको पूर्ण बैठकले पारित गरिने भएको छ ।
स्मरण रहोस्, नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) अहिले सम्मकै सबभन्दा बलियो, अनुशासित र विवादरहित संगठनको रुपमा रहँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्