समाचार

समाजवाद उन्मूख अर्थतन्त्र, कृषिमा आधुनिकीकरण र व्यवसायिकरण ः अध्यक्ष प्रचण्ड

काठमाडौं १७ असोज अलिख नेपाल किसान महासंघको पूर्ण बैठक अध्यक्ष चित्रबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।
बैठकमा बन्दसत्रको नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बैठकलाई सम्वोधन गर्दै समाजवाद उन्मूख अर्थतन्त्रको निर्माण गर्न कृषि उत्पादन र उत्पादकत्व बढाउन जरुरी भएको बताउनु भएको छ । समाजवाद उन्मूख अर्थतन्त्रको बनाउन कृषि उत्पादकत्व बढाउन सके उद्योगहरु चल्न सक्छ । नेपाललाई औद्यौगिकीकरण उन्मूख बनाउन देशलाई कृषिमा आधुनिकीकरण र व्यवसायिकीकरण तर्फ अघि बढ्नु पर्छ । त्यसका लागि किसान संगठनहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनु भएको छ । विदेशबाट आयातित उद्योग र आयातित मेशिनबाट राष्ट्रलाई आत्मनिर्भर बनाउन सक्दैन । कृषि उत्पादन वृद्धि, कृषिमा व्यवसायीकरण विना सम्भव छैन । हामी धान, मकैमा आत्मनिर्भर छौं । आत्मनिर्भर नभएको ठाउँमा पनि आत्मनिर्भर बन्दै गएका छौं । अब कृषि क्रान्तिको आवश्यकता छ । कृषि क्रान्ति विना देशको अर्थतन्त्र आत्मनिर्भर बन्न सक्दैर्नौ ।
अखिल नेपाल किसान महासंघका पार्टी फ्याक्सन इन्चार्ज सुनिल मानन्धरले पार्टीको विधानले मजदुर र किसान परिवर्तनको आधारभूत वर्ग मानेका छ । त्यस मध्ये आधारभूत वर्ग किसान हो । पार्टीले गम्भीरताका साथ उठाउनु पर्छ कि पर्दैन भनेर केन्द्रीय समितिको बैठकमा उठेको छ । कार्यभार पूरा गर्न वैधानिक सांगठानिक रुपमा उठाउनु पर्छ भनेर भन्दै आएको छ । फेरि हामीले आफैलाई आत्मासथ गरेर अगाडि बढ्नु पर्छ । २ तिहाई जनता र तीन भागमा १ भाग अर्थतन्त्र एक तिहाई कृषिले धानेको छ ।
माटो हाम्रो भविष्य हो । विदेशीहरुको सामन खपत हुने भूमि बन्नसक्छ । मेरो देशको भूमि सारा नेपाली जनतासँग जोडिएको छ । किसानले १० रुपैया लगानी गरेर १५ रुपैयाँ आउने सुनिस्चिता हुनु जरुरी छ ।
बैठकले संगठन विभाग प्रमुख नहेन्द्र खड्काले प्रस्तुत गरिएको अन्तरिम विधान २०७३ लाई संशोधन सहित पारित गरेको छ ।
अध्यक्ष चित्रबहादुर श्रेष्ठले किसान र कृषि क्षेत्रसँग सम्बन्धित १२ वुँदे प्रस्तावित घोषणपत्र प्रस्तावहरु बैठकले पारित गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close