समाचार

कृषि र बैंकिङ्ग उद्यममा सक्रिय गोल्यान परिवार होटल सञ्चालनमा

धनबहादुर मगर
काठमाडौं २७ कार्तिक नोभेम्वर १३ कृषि र बैंकिङ्ग क्षेत्रमा अनुभवी मानिएको गोल्यान परिवारले अन्तर्राष्ट्रिय ब्राण्डको होटल सञ्चालनमा ल्याएको छ । ह्याट प्लेस काठमाडौंको नाममा सञ्चालनमा ल्याएको उक्त होटलको लगानी ७ सय कारोड रहेको व्यवस्थापनले जनाएको छ ।
काठमाडौंको ताहचाल स्थापना गरिएको उक्त होटल पहिले अपार्टमेन्टको अवधारणामा डिजाइन गरिएको र पछि होटल व्यवसायको लागि सञ्चालनमा परिणत गरिएको जनाएको छ ।
अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न १५३ कोठा भएको उक्त होटल दक्षिण मोहडामा चन्द्रागिरी र उत्तरी मोहडामा स्वयम्भुनाथ देख्न सकिन्छ । साथै उत्तरी मोहडाबाट हिमाल लगायत प्राकृतिक सौन्दर्य त्यहीबाटै अवलोकन गर्न सकिन्छ ।
ऐतिहासिक नेपाली कलाशैली र आधुनिक डिजाइनको समिश्रण गरि बनाएको उक्त होटल सबै कुराको् सुविधा रहेको होटल व्यवस्थापनले जनाएको छ ।
अमेरिकाको सिकागोमा मुख्य कार्यालय रहेको उक्त ह्याट प्लेस् काठमाडौं, अन्या देशहरुमा स्थापित होटेल ह्याट रिजेन्सीहरुको जस्तै मापदण्ड कायम गरिएको कृषि उद्यमी तथा होटलका सल्लाहकार पवन गोल्यानले बताउनु भयो ।
होटलले भारत, चीन, अमेरिकाबाट बढी पर्यटकहरु भित्र्याउने योजना बनाएको जनाएको छ । होटलमा गरेको लगानी कहिलेसम्म फिर्ता हुनसक्छ भन्ने प्रस्नमा ह्याट प्लेस काठमाडैंका अध्यक्ष शक्ति गोल्यानले ५÷६ वर्ष लाग्नसक्ने अनुमान गरिएको बताए ।
ह्याट प्लेस काठमाडौंको सञ्चालनका लागि महाप्रवन्धक वरुण टावलर, अध्यक्ष शक्ति गोल्यान र कार्यकारी निर्देशक अक्षय गोल्यान, बजार व्यस्थापन अचीत रास्टोगी र सल्लाहकार तथा कृषि उद्यमी गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले नेतृत्व गर्ने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close