२०८१ फाल्गुन ६

ढुक्क लगानी गर्न अर्थमन्त्रीको आग्रह

धनबहादुर मगर
काठमाडौं मंसीर १ काठमाडौंको ताहाचालस्थित होटेल सोल्टीमा एक कार्यक्रमको आयोजना गरि आफ्नो उत्पादन सार्वनिक गरिएको छ ।
उक्त अवसरमा अर्थमन्त्री जनार्दन शर्माले नेपालमा प्रशस्त प्राकृतिक स्रोत साधान रहेकाले कृषि क्षेत्रमा आएर लगानी गर्न आग्रह गरिएको छ । मन्त्री शर्माले म तपाईहरुको समूहलाई प्रशंसा गर्दछु । यस्तो प्रविधिले नेपालमा श्रम र विद्युतीय बजार पर्याप्त भएकाले प्रविधिको विकास गर्न नेपालमा आएर लगानी गर्न आग्रह गर्दछु ।
नेपालमा फर्मा उन्नत प्रविधि ट्र्याक्टर लन्च गरिएको छ । एससी फर्मा एसए परम्परागत युरोपेली विरासतको साथ कृषि र मोटर वाहन डोमेनमा ७५ वर्ष पुरानो कम्पनी हो । यो बोटासानी रोमानियाली टाउनशिपमा आधारित छ । साथै रोमानियाली स्टक एक्सचेन्जमा दर्ता गरिएको छ ।
फर्मा ब्रान्डको डिएनएमा अत्याधिक विश्वासको साथ भारतको स्वामित्वमा रहेको विश्वको लागि एससी फर्मा ब्राण्ड युरोपेली प्रविधिको साथ भारतमा बनाई विश्वमा निर्यात गरिएको छ । यती टेक्निक फर्मा प्रालिको भगिनी संस्था कृषि समूह नेपालका लागि एससी फर्मा ट्याक्टरको एकमात्र अधिकारिक आयातकर्ता र वितरकले कृषि, स्वास्थ्य, शिक्षा र सेवा क्षेत्रमा सबै एउटै छानामुनि जिम्मेवारी लिन्छ ।
कम्पनीले विशेष गरी कृषिमा समुदायको गुणस्तर सुधार गर्न उद्यम र उद्यमशीलतामा पहल गर्ने, सेजा गर्ने र एक विश्वासनीय व्यापार साझेदार बन्ने जनाइएको छ । उपलब्ध उत्पादन दायरा २६ एचपीदेखि एकसय एचपीसम्मको उत्पादनको दायरा २ ह्वील ड्राइभ र ४ ह्वील ड्राइभ कन्फिगरेसन दुबैमा उपलब्ध रहेको जनाएको छ ।
उत्पादन सुविधाहरू वायुगतिकीय आकार, बलियो संरचना प्रोजेक्टर हेड ल्याम्पहरू, पावर स्टीयरिड उच्च ग्राउन्ड क्लियरेन्स उच्च टोक जडान गरिएको ट्याक्टर आईओटी टेलिमेटिक्स स्थान चिन्ह लगाउने, लाइभ ट्यांकिङ, जियो फेन्सिङ, इन्धन सूचक इन्जिन चल्ने घण्टा इग्निशन स्विच अन अफ सेवा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain