समाचार

यो देशको मेरुदण्ड पनि कृषि नै हो ः मन्त्री यादव

धनबहादुर मगर
काठमाडौं मंसीर १५ कृषि पत्रकार महासंघ नेपालको आयोजनामा ललितपुरका म्याक्सीज बकिटमा
‘‘रसायनिक मलको संकट र समाधान’’ विषयक अन्तरक्रियात्मक कार्यक्रम माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्राराय यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
कार्यक्रममा कृषि क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुको सहभागीतामा नेपालको कृषि क्षेत्र अघि नबढ्नुमा वहुआयामिक क्षेत्रसँग सम्बन्धित भएको कारण पनि समस्या भएको बताइएको छ ।
उक्त अवसरमा मन्त्री यादवले हाम्रो देश कृषि प्रधान देश हो । यो देशको मेरुदण्ड पनि कृषि नै हो । देशमा समृद्धि ल्याउनका लागि किसानको खाँचो छ । मूल समस्या भनेको निर्वाहमूखी पेशा भएकोले भएको हो । यसमा आकर्षण घट्दै गएको छ । मन्त्रालयको वजेट २.७ प्रतिशत छ । मन्त्रालयमा कम पैसा भएकोले पनि मुख्य जरो भनेको वजेटको अभाव हो । मलखादको बारेमा देश संघीयतामा गएको छ । आर्थिक ऐन पूरानै छ । समय अनुसार मलखाद पर्याप्त हुँदैन । पहिलो नम्बर नै. मलखादको कारखाना स्थापना गर्नु हो । सरकारले मल कारखाना स्थापन गर्न र जिटुजीमार्फत समस्या समाधान गर्दै जाने छ । नेपाल आयल निगमले जस्तै जिटुजीको प्रक्रिया अनुसार अपनाउनु पर्छ । अनुदान रकम किसानले सदुपयोग गर्न सकेको छैन सरकारको तर्फबाट कृषिको लागि भनेर ठूलो खर्च पनि भैरहेको छ । शुरुदेखिनै व्यवस्थापन गर्न सकिएको छैन । अहिले अन्तर्राष्टिय बजारमा मूल्य वृद्धि भएको छ । मूल समस्या भनेको वन्दरगाह नै हो । दोस्रो बोलपत्र हो । एकमुष्ट वजेटको व्यवस्था गर्ने हो भने सजिलो हुनसक्छ । मलखाद वितरण गर्ने सवालमा अहिलेको अवस्थामा पर्याप्त हुनसक्छ कि सक्दैन भनेर मन्त्रालयबाट प्रयास भईरहेको छ । मलखाद अभाव हुँदैन प्रयास भइरहेको छ । मलखाद डिजीटल प्रणालीमा छैन । अब डिजीटल प्रणालीमा लान खोजिरहेका छौं । जिटुजीको प्रकृयामा भारतसँग भइरहेको छ । उनीहरुले पनि सुनिश्चितता दिईरहेरहेको छैन । किसानको सूचीकरण विवरण प्राप्त भएपछि । वर्गीकरण गरिने छ । सामाजिक त्यायको आधारमा अनुदान दिनेछ । अनुदानको प्रकृयाबाट प्रतिफल लिन सकेको छैन । किसानको नाममा ऋण लिने काममा के भईरहेको छ ? समस्याको मुद्धा उठेको छ । पहिलो कुरा कृषिलाई आधुनिकीकरण, भण्डारीकरण, र बजारीकरण, जरुरी छ । सातै प्रदेशमा मलखादको गोदाम बनाउन सकेनौं भने मलको हाहाकार भइनै रहन्छ । गहुँ, धान, मकैको लगाउने बेलामा मल पु¥याउन भण्डारणको खाँचो छ । मुलुकको आर्थिक समृद्धिको लागि आमूल कृषिमा परिवर्तन गर्न जरुरी छ । सरकार र किसानको विचमा जुन समस्या छ त्यसको समाधान गर्न पहल गरिने छ । किसानको समृद्धिनैको मुलुकको समृद्धि हो । विदेशमा जाने युवाहरुलाई सामूहिकीकरण खेती प्रणालीमा जाने गरि सरकारले सामुहिक खेती प्रणालीमा लान खोजिरहेको छ । त्यसका लागि २० देखि ५० विगाह जमीनमा खेती प्रणाली, कम्युन प्रकारको गर्न जरुरी छ । अबको खण्डीकरण खेती प्रणालीले कृषिमा आत्मनिर्भर बन्न सक्दैन ।
पाङ्गारिक मलको बारेमा दुइवटा कम्पनीहरुलाई जिम्मा दिइएको छ । धानको बिउमा समस्या देखियो धान बीउलाई तराई मधेशमा लगाउने भन्ने थियो । बीउ जस्ले दिएको छ उसले नै क्षतिपूर्ति दिनुपर्छ भनेर निर्णय गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close