समाचार

चितवनका बाँदरझुलाबासीहरु लालपुर्जा माग्न माइतीघर मण्डलामा

धनबहादुर मगर
काठमाडौं पुस ४ को चिसो मौसमलाई वेवास्ता गर्दै चितवन बाँदरझुलाबाट आएका बाँदरझुलावासीहरु साना–साना बालबच्चा बोकेर लालपुर्जाको पाउनु पर्ने माग राख्दै माइतिघर मण्डलामा धर्ना बस्न आईपुगेका छन् । बाँदरझुला संघर्ष समितिले गरेको उक्त कार्यक्रममा समितिका तर्फबाट लालपुर्जा प्राप्ति आन्दोलनको शुरुवात गर्न आएको सहभागीहरुले बताइएको छ ।
राष्ट्रिय निकुञ्जको नाममा माडी नगरपालिका ९ अन्तर्गत पर्ने उक्त क्षेत्रमा धेरैवर्ष देखि त्यहाँका जनताले धेरै समस्याहरु भोग्दै आएको बताइएको छ । उनीहरुले बाँदरझुला मानवीय वस्ती र निकुञ्जको सिमाङकन गर्न आग्रह गरेको छ । मौलिक हक, भूमिको हक खोई ?? सरकारले मेरो घरमा आगो लगाइदिन्छ, न घर छ, जमीन न, बल प्रयोग गरेर भगाईदिन्छ जस्ता नाराहरु लेखेका प्लेकार्ड बोकेका चितवनका बाँदरझुलावासीहरु यतिबेला धर्नामा सहभागी भएका छन् ।
नेपाल र भारतको सीमाना जोडिएको उक्त क्षेत्रमा २०१८ सालमा सीमा रक्षा होस् भनेर भुतपुर्व सेना र उनीहरुका परिवारहरुलाई त्यहाँ लगेर वस्ती बसासेलको उनीहरुको भनाई रहेको छ । ‘‘चाहिनेबेला भाँडो नचाहिने बेला ठाडो’’को व्यवहार तत्कालीन सरकारदेखि वर्तमान सरकारसम्मले गरेको आरोप उनीहरुको छ । सहभागीहरुको अनुसार बाँदरझुलामा वस्ती बसीसकेको पछि राष्ट्रिय निकुञ्जको नाममा दुखः दिईरहेको गुनासो पोखेका छन् । बाँदरझुला लालपुर्जा प्राप्ति आन्दोलन संघर्ष समितिका अनुसार लालपुर्जा प्राप्त नगरेसम्म संघर्ष गर्ने बताइएको छ ।
कार्यक्रममा सहभागीहरुका अनुसार बाँदरझुलाबासीले नेपालको नागरिक भन्ने कुनै अधिकार नपाएको, २०१८ सालदेखि बसोवास गर्दै आएको, त्यहाँको भूमिको लालपुर्जा नपाएको, हामीलाई मायाँ गर्न सिक्नु, मेरो भविष्यभन्दा भावी पीढीँ मेरो छोराछोरीले सुखः पाओस् भनेर संघर्ष गर्न आएको बताइएको छ । हामी नागरिकहरुको अधिकार रक्षा गर भनेर सरकारसँग भूमिको लालपुर्जा माग्ने आएका छौं सहभागीहरुले बताईको छ ।
करिव ७०० घरधुरी रहेको, १६०० जनसंख्या भएको बाँदरझुलाका जनताले २०४७ सालदेखि धुरी कर पनि तिर्दै आएको बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close