समाचार

नेपाल डेरी एसोसिएसनको सुदुरपश्चिममा नयाँ नेतृत्व

काठमाडौं माघ २३ गते नेपाल डेरी एसोसिएसन सुदुरपश्चिम प्रदेश (प्रदेश नं ७ ) को तेस्रो बार्षिक साधाणसभा तथा दोस्रो अधिवेशन नेपाल डेरी एसोसिएसन सुदुरपश्चिम प्रदेश (प्रदेश नं ७)का अध्यक्ष भुपेन्द्र थापाको सभापतित्व एवं नेपाल डेरी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष कर्ण बहादुर हमालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि हमालले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नु भयो भने सभापति एवं प्रदेश अध्यक्ष थापाले सभामा एसोसिएसनको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई प्रमुख अतिथि हमाल र सभापति थापाले माला, टिका र प्रमाणपत्र वितरण गरि सफथ ग्रहण गराउनु भएको थियो ।
उक्त कार्यक्रममा शुभकामना सहित आफ्नो मन्तव्य व्यक्त गर्ने क्रममा एसोसिएसनका केन्द्रिय उपाध्यक्ष एवं प्रमुख अतिथि हमालले हामी सबै मिली अगाडि बढ्दा मात्र संगठन बलियो बनाउन सकिनेछ र त्यसका लागि प्रदेश समितिले आफ्नो जिम्मेवारी सफलतापुर्वक निभाउनु पर्ने बताए । हमालले आफ्नो पेशाको हकहितका लागि एसोसिएसनको महत्व रहेको बताउँदै जस्तोसुकै अवस्थामा पनि आफूले पाएको जिम्मेवारी इमान्दारीका साथ निभाउन सबै नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई आग्रह गर्नु भएको थियो । एसोसिएसन भनेको सबैको साझा घर हो । त्यसैले सबै मिलि एसोसिएसनलाई साथ दिउँ र एसोसिएसन अगाडि बढेपछि समग्र दुग्ध क्षेत्रको हित हुने कुरामा दुईमत नरहेको कुरा बताउँदै सबैलाई एसोसिएसनमा आवद्ध हुन हमालले आग्रह गर्नु भयो । यस अगाडिको प्रदेश समितिले उल्लेख्य रुपमा काम गरि अगाडि बढेको र अब नयाँ निर्वाचित कार्यसमितिले अझ राम्रो काम गरि अघि बढ्ने कुरामा आफूले विश्वास लिएको बताउनु भयो । हामीलाई एसोसिएसनले के दियो भन्दा पनि एसोसिएसनलाई हामीले के दियौं भनेर सोच्नु पर्छ । डेरी व्यवसायीले अग्रपंक्तिमा बसेर काम गर्नु पर्ने भएकोले कोरोनाको खोप उपलब्ध गराउन सरोकार निकायसँग माग गरिने कुरा गरेको बताउँदै अतिथि हमालले प्रदेश समितिले गरेका हरेक पाइलामा साथ दिने प्रतिवद्धता व्यक्त गर्दै नव निर्वाचित समितिलाई बधाई तथा सुभकामना ब्यक्त गर्नु भयो । अन्त्यमा निवर्तमान अध्यक्ष थापाले आफ्नो पद हस्तान्तरण गर्नु भयो भने नवनिर्वाचित अध्यक्ष रबिन कान्त पन्तले आफ्नो प्रतिवद्धता मन्तव्य राख्दै आफू सदा डेरी व्यवसायीको हितमा लाग्ने र एसोसिएसनको निति नियममा रहेर संगठनको गतिविधि अगाडी बढाउने कुरा बताउनु भयो ।
नव निर्वाचित सुदुरपश्चिम प्रदेश समितिमा अध्यक्ष रबिन कान्त पन्त, सचीव डम्मरा दियाकोटी, सदस्यहरु राम कुँवर डम्बर चन्द, अनिता के.सी, भागीरथी कार्की, प्रताप सिंह बिक, भरत शाह, ललित हमाल, धनजित घुरधामी रहेका छन् । कार्यक्रमको सञ्चालन प्रदेश कमिटीकी सचिव डम्मरा कुमारी दियाकोटीले गर्नु भएको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close