
धनबहादुर मगर
काठमाडौं भाद्र ५ गते नेपाल एनिमल साइन्स एशोसिएसन (नासा), नेपाल पारा भेटरीनरी एण्ड लाइभष्टक एशोसिएसन (नेभ्ला) नेपाल पशु स्वास्थ्य सेवा पाविधिक संघ (नेल्टा)द्धारा काठमाडौंको अनामनगरस्थित सिलौटो बकिटमा एक पत्रकार सम्मेलनको आयोजना गरि प्रतिनिधी सभाबाट हालै पारित पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९, पारित भएकोमा राष्ट्रिय सभाबाट पनि पारित हुने विश्वास रहेको बताएका छन् ।
साथै पारित हुन लागेको विधेयक प्रति विरोध नगर्न समेत आग्रह गरेको छ ।
हालै पारित भएको विधेयक लामो समयको संघर्षको परिणमको रुप भएकोले साझा सम्पतीको रुपमा लिइदिन संयुक्त रुपमा प्रेसित विज्ञाप्तिमा आग्रह गरेका छन् ।
नेपाल पाराभेटरीनरी एण्ड लाइभस्टक एशोसिएसन (नेभ्ला)का अध्यक्ष रामप्रसाद मेहताले प्रतिनिधी सभाबाट पारित भएको पशु सेवा विधेयक २०७९ अगाडि बढाउने विषयमा पत्रकार सम्मेलनमा पशुचिकित्सक भेटरीनरी एशोसिएसनले विरोध गरिरहेको छ । ५ वर्ष पढेको विद्यार्थीको शिक्षामा मान मर्यादा हुनेभयो । फिर्ता गराउने कोशिस गरिरहेको छ ।
भेटरीनरी एशोसिएसनका अध्यक्ष शितलकाजी श्रेष्ठले हामीलाई जानकारी भएन भनिरहनु भएको छ । छलफल नगरी धारणा बनाएको छैन । ६० हजार जनशक्तिले काम गरिरहेको छ । ४ वटा श्रेणीमा विभाजन गरिएको छ । यो विधेयकमा मानहानी गर्ने खालको छैन । विधेयक आयो भने अन्तर्राष्ट्रिय प्रणालीमा असर पु¥याउन सक्छ । वाइपो नेतृत्वसँग छलफल गरिहेका छौं । डब्लुटिओको निर्यात रोकिन्छ भन्ने कुरा सत्यता छैन । अन्तर्राष्ट्रिय मान्यता विपरित हामी जाने छैनौं । पारित भएको विधेयकले विश्व बजारमा कुनै पनि असर गर्दैन । यो विधेयकको लागि ७ वटा मन्त्री र ९ वटा सचिव फेरिएको छ । उहाँहरुको बौद्धिकता र नैतिकतामा प्रश्न उठेको छ । एकीकृत रुपमा नबढेसम्म अगाडि बढ्न सक्दैन । विरोधको लागि विरोध गरिएको छ ।
हामीले चाहे अनुसार यो विधेयक आएको छैन । तर, पनि गुणस्तरीय नियमन गर्न अवसर त दिन्छ होला । सबैको समान अस्तित्व छ, काम गर्न थालौं । आफूले पढाउने विद्यार्थीहरु काम गर्न पाउने, त्यही पढाउँने शिक्षकहरुलाई वञ्चित गराउने २०५५को ऐन भन्दा यो विधेयक सकारात्मक छ । प्राविधिक जनशक्तिको विकास नभएसम्म किसानको उन्नती हुन सक्दैन । दर्ता हुने पनि दिएको थिएन झुक्याएर दर्ता गरिएको थियो । पूर्व अध्यक्ष शम्भुबहादुर पाण्डेले भन्नुभयो । २०४६ साल अगाडिको कुरा हो, वोयर बाख्रा ल्याउने म नै हुँ । घाँसखाने पशुलाई औषधी खुवाएर मात्र हुँदैन । हामीलाई धोका दिने हो भने लाखौ किसानहरुलाई धोका दिएको सरह हुनेछ ।
नेभ्लाका उपाध्यक्ष पुस्कर नेपालले गलत प्रचारको विरुद्ध लागेर सही सूचना दिनुपर्छ । गलत कुराहरु हामीलाई मान्य हुने छैन । सबै लागेर यो ऐन पास गराउनु छ ।
कृषि पशु चिकित्सक एशोसिएसनका अध्यक्ष निरन्जन भट्टराईले कालो कानुनको मारमा विद्यार्थीहरुलाई सडकमा नल्याउन आग्रह गर्नु भएको छ । भईराखेको कानुन हाम्रो लागि ठीक थियो त ? प्रतिनिधी सभाबाट यो विधेयक पारित भएको छ । अधिकार छिनेको छैन ।
पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ राष्ट्रिय सभाबाट पारित हुन्छ । हामीले भ्रम फैलाएर फिर्ता गर्ने प्रयास गर्नु हुन्न । किसानले खोजेको जनशक्ति राज्यले बनाउनु पर्छ । अराजक अवस्थाको सिर्जना गरेमा के हुन्छ ? पेन डाउन गरेको छ ? सेवा अवरुद्ध भएको छैन । केही दिनपछि कुरा बुझ्नु हुन्छ । सेवा प्रवाह कुनै अप्ठेरो पर्दैन । पशु चिकित्सा ऐन २०५५ त्यो ऐन अन्तर्गत दर्ता भएकाले पशुचिकित्सकले काम गर्न पाउने छ ।
कार्यक्रमको उद्घोषण पूर्णबहादुर बुढाले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्