समाचार

खाद्य दिवस अवसरमा प्रभातफेरी सम्पन्न

काठमाडौं असोज ८ खाद्यका लागि कृषि अभियानले खाद्य दिवस विशेष प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । चितवनको नारायणगढको पुल्चोकबाट शुरु भएको प्रभातफेरी चौविसकोटी पुगेर कार्यक्रम सम्पन्न गरेका थिए । खाद्यका लागि कृषि अभियान र सम्वद्ध संस्थाहरु, जिल्ला प्राङ्गारिक समूह, लमजुङ क्याम्पसमा अध्ययनरत विध्यार्थी समूहहरु, कृषि र वन विज्ञान विश्वविद्यालयका विध्यार्थी समूहहरु, रामपुर क्यापसका विध्यार्थी समूहहरु र स्थानीय संघ–संस्थाको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त प्रभातफेरि कार्यक्रममा खाद्य दिवस मनाउनुको उद्देश्यले सार्वजनिक अपिल वितरण गर्दै प्रभातफेरी बिहानीको ११ बजे पुल्चोकबाट सुरु भएको थियो । जमीन कसलाई ? खेती गर्ने किसानलाई, आफ्नै घरको छाना देउ, खेती गरि खाना देउ, सबै किसान साथिभाई; माटो बचाउ पछिलाई, बोक्छ भारी जोत्छ खेत; किसान मर्छ खाली पेट, रैथाने सिप रैथाने बीउ; स्वस्थ खाना फुर्तिलो जीउ, बिचौलिया हिड्छ कारमा; किसान सँधै मारमा जस्ता विविध नारा बोकेर किसान, विद्यार्थी र अभियन्ताहरु कार्यक्रममा सहभागी रहेका थिए ।
चितवनको चौविसकोटीमा भएकोे प्रभातफेरी समापन समारोहमा बोल्दै कृषि स्नातकका विद्यार्थी भूवन गौलीले नेपालको कृषि र कृषि प्रणाली फेर्न कृषि विद्यार्थीले पैरवी गरिरहने बताउनु भयो । समापन समारोहमा बोल्दै डा.सुवास बस्नेतले खाना र जनस्वास्थ्य एक सिक्काको दुई पाटा भएको र अहिलेको विषाक्त खानाले जनस्वास्थ्य डरलाग्दो गरि बिग्रदै गइरहेको बताउनु भयो । प्राङ्गारिक संघ, चितवनका अध्यक्ष चन्द्र अधिकारीले किसानहरुले प्राङ्गारिक खेतीप्रति रुचि देखाएपनि गर्न तत्पर नभएको र अभियानहरुले किसानको आत्मबल बढाउनु पर्ने कुरामा जोड दिए ।
राष्ट्रिय किसान समूह महासंघ नेपालकी महासचिव रिता वास्ताकोटीले साना, सिमान्तकृत, महिला भूमिहिन किसानका आवाज सरकारका माझ पु¥याउन सबै सरोकारवालाहरु तयार हुन पर्ने बताउनु भयो । खाद्यका लागि कृषि अभियानका सस्थापक संयोजक डा.कृष्ण प्रसाद पौडेलले अहिलेको अत्याधिक रसायन र विषादीको प्रयोगले माटो र मानिस दुबै विषाक्त बनेको बताउनु भयो ।
खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले खाद्यका लागि कृषि अभियानले किसान र खानाका मुद्दाहरु उठाउँदै आइरहेको बताउनु भयो ।
खाद्यका लागि कृषि अभियान र यससँग सम्वद्ध संघ–संस्थाले खाद्य दिवश २०२२ को अवसरमा संघ, प्रदेश र स्थानीय तहमा विविध कार्यक्रम सञ्चालन गर्ने पनि जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close