समाचार

किसानहरुसँग आफ्नो साथ रहने छ : मन्त्री यादव

धनबहादुर मगर
काठमाडौं राष्ट्रिय कृषक समूह महासंघको आयोजनामा १२ औं स्थापना दिवस सम्पन्न भएको छ । ११ औं वर्ष पूरा गरी १२ वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा माननीय कृषि मन्त्री मृगेन्द्रकुमार सिंह यादवको प्रमुख आतिथ्यका सम्पन्न भएको उक्त १२ औं स्थापना दिवसको अवसरमा बोल्दै कृषि पशु विधेयक प्रतिनिधी सभाबाट पारित भएर विधायन समितिमा पुगेको बताउनु भयो ।
मन्त्री यादवले भन्नुभयो, किसानहरुसँग आफ्नो साथ रहने बताउनु बताउनु भयो । साथै नेपाल कृषि क्षेत्रको समस्या समाधान थुप्रै रहेकाले क्रमश समाधान गदैं अगाडि बढ्ने वचनवद्धता व्यक्त गरेका छन् ।
वरिष्ठ कृषि विज्ञ डा.कृष्ण प्रसाद पौडेलले किसानको आवाज उठाउन संगठित ढंगले अगाडि बढ्नु पर्ने बताउनु भयो । आज हामी रासायनिक मलको माग गर्न वाध्य छौं । विकल्पको बिच बढौं । रसायनिक विषादीले हाम्रो माटो बिग्रेको छ ।
हामी धेरै किसानका मुद्दाहरु उठाउने, सरकारको कामको असहयोग गर्ने होइन । बैशाखी बन्ने हो । तिनैका बैशाखी बनिदियो । तिनैलाई खुट्टा तान्ने प्रविृति छ ।
अखिल नेपाल किसान महासंघका सचिव भरत फुँयालले देशको कृषि बिग्रदै गएको बताउँदै, यही अवस्था रहेसम्म कृषि नीति कागजमा सीमित हुने बताउनु भयो ।
किसानदेखि किसान कार्यक्रम निर्देशक निर्मल गदालले बाली विमा किसानको समस्याको रुपमा रहेको बताए । १२ वर्ष अगाडि सहकार्य गर्ने प्राप्त भएका थियौं । पाँचलाख कृषकहरुसँग किसान महासंघका सवालहरु हजार भन्दाबढी मागहरु छन् । दस्तावेजीकरण गर्नु पर्ने हुन्छ । विमा कम्पनीहरुबाट क्षेतिपूर्ति नपाएको अवस्था छ ।
राष्ट्रिय कृषक समूह महासंघका केन्द्रीय सदस्य चुँडामणी थनेटले आफू जननिर्वाचित जनप्रतिनिधी भएको नाताले कृषि क्षेत्रमा किसानको लागि परिवर्तन ल्याउन केही कार्यक्रमहरु अगाडि बढाएका बताउनु भयो ।
कृषि विज्ञ, कृषि मन्त्रालयका सल्लाहकार विशेश्वरप्रसाद यादवले उठाएका विषय जायज भएकाले तहगत किसानहरुलाई प्रत्यक्ष सहयोग पुगोस् । तिनै तहको नीतिमा सहकार्य गर्ने जोड दिएका छौं । यादवले सिँचाइको अभावभा ३५÷४० प्रतिशत उत्पादन बढाउन नसकेको बताए ।
राष्ट्रिय किसान आयोगका सदस्य जीवन्ती पौडेलले आयोग आएको डेढ वर्षको ५ औं पटक कृषि मन्त्रीहरु परिवर्तन गरेको बताउँदै राजनैतिक तरलताले सबभन्दा बढी कृषि क्षेत्रले समस्या भोग्नु परेको बताउनु भयो ।
राष्ट्रिय किसान आयोगका सदस्य सुर्य खनालले नेपाली किसानहरुले उत्पादन गरेको वस्तुहरु नेपाल सरकारले खरिद गर्नु पर्ने व्यवस्था गर्न आग्रह गर्नु भयो । जेष्ठ नागरिकहरुको जस्तो वृद्ध भक्ताको स्वरुपमा किसान उत्पादनको लागि व्यवस्था गर्र्नु जरुरी रहेको बताउनु भयो ।
नीति अनुसन्धान प्रतिष्ठानका प्रतिनिधि दीपककुमार खड्काले सैद्धान्तिक रुपमा तथ्याङ्कगत सहयोग पुग्नेगरि अगाडि बढ्नु बताउनु भयो ।
राष्ट्रिय कृषक समूह महासंघका पूर्व अध्यक्ष लक्ष्मण हुमागाइले जेटिएबाट रसायनिक मलको प्रयोग नगरेको भए नेपाल परनिर्भर हुने थिएन । न देशमा मल कारखाना छ, न विदेशबाट ल्याएर किसानलाई दिन सकेको छ । के बिउ उत्पादन गर्ने विज्ञ छैन ? बाँदर, बँडेल जस्ता जंगली जनवारको कारण कृषि क्षेत्रबाट विस्थापित हुनसक्ने बताउनु भयो ।
अखिल नेपाल किसान महासंघका केन्द्रीय कार्यालय सदस्य, युवा किसान नेता निर्दोष तिमिल्सिनाले १२ औं स्थापना दिवसमा शुभकामना व्यक्त, गरेका थिए ।
राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले कृषि क्षेत्रमा देखिएको समस्याको समाधान गर्न स्थापना कालदेखिनै लागि रहेको बताउँनु भयो । देशको कृषिमा अझै जटिल बन्दै आएको समस्या समाधान गर्न नसक्ने हो भने देशले कृषि क्षेत्रको उत्पादनमा गम्भीर समस्या उत्पन्न हुने बताउनु भयो । किसानको समस्या समाधान गर्दै सबै किसान संगठनहरु एकठाउँमा उभिएर अगाडि बढ्नु पर्ने बताउनु भयो ।
साथै कृषि क्षेत्र प्रति गम्भीर भएर अगाडि नबढे अबको २ वर्ष पछि खाद्य संकट हुने चेतावनी समेत दिनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close