समाचार

विश्व स्कुल दुध दिवस कार्यक्रम समापन

काठमाडौं असोज १६ नेपाल डेरी एसोसिएसनले ५ दिवसीय विश्व स्कुल दुध दिवस असोज १२ गते भव्यताका साथ समापन गरेको छ ।
एसोसिएसनले ५ दिवसीय विश्व स्कुल दुध दिवस निम्नानुसार कार्यक्रम गरि सम्पन्न गरेको छ ः–
१. असोज ७ औपचारिक रुपमा एसोसिएसनले देशव्यापि पाँच दिने दिवस मनाउने भन्दै प्रेस रिलिज गरेको थियो ।
असोज ८ पहिलो दिनको कार्यक्रम अन्तरगत काठमाडौंको शंखमुल स्थित दृश्य बहुउद्देश्यीय सहकारीको सहकार्यमा बालबालिकालाई दुध तथा दुग्ध पदार्थ सेवन गराई नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले औपचारिक उद्घाटन गर्नु भएको,
असोज ९ सिन्धुलीको कमलामाई नगरपालिका, कमलामाई पार्टि प्यालेसमा दुग्ध किसान, व्यवसायी एवं उद्योगीहरुको करीब १०० जनाको उपस्थितिमा विभिन्न विद्यालयका २०० जना विद्यार्थीहरुलाई दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाईएको,
असोज १० रोटरी क्लब अफ कपनसँग सहकार्य गरि विद्यार्थीहरुलाई अनिवार्य दुध तथा दुग्ध पदार्थ सेवन गर्न लगाउनु पर्ने विषयमा एक अन्तर क्रिया कार्यक्रम गरेको,
असोज ११ त्रिरत्न स्कुल डल्लुमा विद्यार्थीहरुलाई दुध तथा दुग्ध पदार्थ सेवन गराई मनाइयो,
असोज १२ एसोसिएसनको आयोजनामा काठमाडौंको सेन्ट जर्ज इन्टरनेशनल स्कुल धुम्बाराहीमा सैयौंजना सहभागी उद्योगी, किसान एवं स्कुलका विद्याथीहरुका बिच दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाईएको,
काभ्रे जिल्लाको सिद्धार्थ बनस्थली स्कुल, पनौतीमा रोटरी क्लब अफ नेपाल, उद्योग वाणिज्य संघ काभ्रेको सहयोगमा ५०० जना विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थ वितरण गरिको, सोही अवसरमा प्रदेश नं. १ झापामा नेपाल डेरी एसोसिएसनले स्प्रीङ्ग डेल फस्र्ट स्कुल मेचीनगरमा बिद्यार्थी बालबच्चाहरु बिच दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाईएको एशोसिएसनका महासचिव हेमचन्द्र वराल तथा अध्यक्ष प्रल्हाद दाहालद्धारा प्रेसित जारि विज्ञाप्तिमा जनाएको छ ।
सातौं विश्व स्कुल दुध दिवस मनाउने क्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दिप प्रसाद धमला, मनोज कुमार घिमिरे, सह–कोषाध्यक्ष रामभक्त दाहाल, केन्द्रिय सदस्य रमेश सन्जेल, रविशरण थापा, नवराज तिमल्सिना, लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपाने, बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे, उपाध्यक्ष गोपाल तिमल्सिना, युवा तिवारी, गोपाल तिमल्सिना, सचीव श्याम घिमिरे, काठमाडौं अध्यक्ष अजित बजगाई , चेतनाथ ( केदार) दाहाल एवं त्रिरत्न स्कुलका प्र.अ राजु लामा, सेन्ट जर्ज स्कुलका प्र.अ मेघराज बजगाईं, ललितपुर महानगरपालिका पुर्व उपमेयर गिता सत्याल, सहकारीकर्मी मुकुन्द प्रसाद दाहाल, एन प्याब्सनका उपाध्यक्ष प्रवोध प्रभाकर रिजाल, पुर्व वरिस्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, एसोसिएसन सदस्य हुद्वराज तिमल्सिना, एसोसिएसन सिन्धुली अध्यक्ष बलराम अधिकारी लगायत उपस्थित रहेका थिए ।
यो दिन संसारभर कतै पनि स्कुल बिदा पर्दैन र सबै ठाउँमा स्कुल सञ्चालन हुन्छ । दूधमा शरीरलाई आवश्यक सबै पौष्टिक तत्व पाइने भएकोले बालबालिकालाई अनिवार्य दूध सेवन गराउनु पर्ने र यसको विशेष पहल विद्यालयबाट मात्र हुनसक्ने भएकोले स्कुल दुध दिवस मनाउन शुरु गरिएको जनाएको छ । त्यसरी विद्यालयमा विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थको जानकारी गराउँदा बालबालिकालाई फाइदा हुने एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले बताउनु भयो ।
पाँच दिनसम्म नेपालमा विश्व स्कुल दूध दिवस मनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवाला, नेपाल डेरी एसोसिएसन पालिका, जिल्ला, प्रदेश र केन्द्र सबै तह र त्यहाँका पदाधिकारीहरु, डेरी उद्योगीहरु, पत्रकारहरु, सबैलाई एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले विशेष धन्यवाद दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close