२०८१ फाल्गुन ६

खाद्य प्रणालीमा सुधार गर्नु पर्ने विज्ञहरुको सुझाव

धनबहादुर मगर
काठमाडौं असोज ३० ‘‘उत्पादन, पोषण, वातावरणमा सुधार, सुखी जीवनको आधार’’ भन्ने मूल नाराकासाथ नेपालमा नेपाल सरकार, किसान संघ–संगठन लगायत कृषिमा काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थाहरुले ४२ औं विश्व खाद्य दिवसको सन्दर्भमा विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ । यिनै सन्दर्भमा अखिल नेपाल किसान महासंघ, ग्रामीण पुनर्निमाण संस्था, मानव अधिकार एलायन्स, एलडिसी, दक्षिण एशियाली गरिवी निवारण मञ्चको संयुक्त आयोजनामा अनामनगरस्थित सिलौटो वकिटमा ‘‘नेपालको खाद्य प्रणाली र खाद्य सम्प्रभुता विषयक’’ अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा नेपालको खाद्य प्रणाली र कृषिको अवस्था बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै कृषि विभागका उप–महानिर्देशक हरिबहादुर केसीले विश्व परिवेशमा नेपाल भोकमरीमा धेरै माथि रहेको बताउनु भयो । के.सीले आम्दानी बढेअनुसार उपभोक्तामा खानेबानीमा परिवर्तन आएको बताउँदै खाद्य प्रणालीमा केही नीतिगत समस्या रहेको, कृषि गरिरहेको जनशक्ति विदेश भएको कारण खेतीयोग्य जमिन बाँझो हुँदै गएको, यस प्रति नेपाल सरकार कृषि विकास मन्त्रालय गम्भीर रहेको, खाद्य उत्पादनमा समेत असर पुगेको बताउनु भयो । बाँझो जमीन राख्नेलाई कारबाही र जरिवाना लगाउने नीति व्यवहारिक नभएको, समग्र कृषि उत्पादन बढाउन समस्याको पहिचान गरि किसानमुखी कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघ अध्यक्ष तथा राष्ट्रिय किसान आयोगका अध्यक्ष डा.प्रेम दंगालले खाद्य प्रणालीलाई स्थानीय खाद्य प्रणालीमा जोड्नुपर्ने दिदै माटोको पुर्नतार्जगी गरेर लैजानुपर्ने बताए । कृषि क्षेत्रको सुधार गर्न, नीति निर्माणमा समानुपातिक वर्गको सहभागीता, कार्यन्वयन र प्रभावकारी अनुगमन, सहितको वास्तविक र साना किसानको पहुँचमा आधारित अनुदान र प्रविधि पु¥याउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा दक्षिण एसियाली गरिबी निवारण मञ्चका अध्यक्ष नेत्र तिमल्सिनाले नेपाल लगायत विश्वको खाद्य प्रणालीमा समस्या विकराल बन्न सक्ने बताउँदै समन्वयको जरुरी रहेको र विदेशमा गएको श्रम शक्ति कृषिमा फर्कने वातावरण बनाउन आग्रह गर्नु भयो ।
सिँचाई तथा जल उपभोक्ता मञ्चका महासचिव शम्भु दंलालले कृषि शिक्षा, बसाई सराई, सरकारको नीतिको कारण कृषि क्षेत्र कमजोर बन्दै गएको बताउनु भयो ।
मानव अधिकार एलाइन्सका अध्यक्ष विदुर सुवेदी भूमिको वर्गीकरण अभियानको सिलसिलामा केही नेतृत्वले कृषियोग्य जमीनलाई कृषियोग्य जमीन भने नलेख्नु भनेको प्रति सचेत गराउनु भयो । भू–उपयोग नियामावाली प्रकृयामूखी छन् व्यवहारिक बनाउनु जरुरी रहेको बताउनु भयो । साथै सुवेदीले बाँदरको कारण कृषि गर्ने कृषकहरु समेत निराश हुँदै खेती गर्न छोड्दै गएको बताउँदै बाँदर लगायत बालीनालीमा क्षेती पु¥याउने वन्यजन्तुको नियन्त्रण र व्यवस्थापन गर्नु पर्ने बताउनु भयो ।
ग्रामीण पुनर्निमाण संस्थाका संयोजक रत्न कार्कीले नेपालले वार्षिक रुपमा २ खर्बको खाद्य वस्तु आयत गरिरहेको, नेपाल भोकमरीको निकट रहेको बताउँदै उत्पादन प्रणालीमा ध्यान दिनुपर्ने बताउनु भयो । कार्कीले राज्यले महत्व नदिएको कारण समस्या आएको छ । सरकारी निकायबाट प्रस्तुत कार्यपत्रमा सुधारउन्मुख भएको देखाइएपनि ८० लाख र ३ करोड जनसंख्या हुँदाको तुलनामा गर्न नहुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain