समाचार

कृषि जैविक विविधता जोगाउन नसके देश भोकमरीमा पर्न सक्छ

धनबहादुर मगर
काठमाडौं माघ ४ नेपाल सरकारले जैविक विविधता वर्ष मनाउने निर्णय गरेपछि कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको आयोजनामा कृषि विभागको सभाहलमा राष्ट्रिय कृषि जैविक विविधता दिवस कृषि मन्त्री ज्वालादेवी शाहको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
उक्त जैविक विविधता दिवसमा जैविक विविधता केन्द्रका प्रमुख डा.रामकृष्ण श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै विश्वमा रैथाने कृषि बाली, रैथाने ज्ञान र प्रविधिको नष्ट भइरहेको, जैविक विविधता खतराको जोनमा पुगेको, परम्परागत कृषि संरक्षण गर्न कन्दमूल लगायत बालीहरु जोगाउन आवश्यक रहेको, जैविक विविधतामा आधारित बालीहरु जोगाउन नसके भोकमरी पर्न सक्ने सम्भावना रहेको, जैविक विविधता लोप हुन गईरहेकोले खाद्य संकट निम्तिन सक्ने कार्यपत्रमा रहेको छ ।
कृषि अनुसन्धान परिषद् अनुवांशिक स्रोत केन्द्रका प्रमुख डा.वालकृष्ण जोशीले फ्यूचर स्मार्ट फुडमा जोड दिनु पर्ने, कन्जर्भेशन साइन्स एडभान्स रहेको, कृषि जैविक विविधता कमजोर रहेको, सन् १९९० अगाडि फिल्डमा काम भएको, अहिले कार्यालयमा केन्द्रीत हुन पुगेको, जीन बंैकको संरक्षण गरि सय वर्षसम्म सुरक्षित उपभोग गर्न रहेको, जीन बैंकले उखु, याक जलीय कृषिमा जोड दिएको, विशखु, सन्तानेश्वर कृषि अुनुवांशिक स्रोत केन्द्रमार्फत पनि कार्यक्रम अगाडि बढाएको कार्यपत्रमा उल्लेख छ । लाइभस्टक पशु फार्म जीन बैंक चरा, किरा, किसान मैत्री बन्न नसके कोही पनि स्वास्थ नरहने बताउनु भयो ।
कृषि विश्व विद्यालयका प्राध्यापक सुवोध खनालले कृषि जैविक विविधता सम्बन्धी पढाईहरु देशका विभिन्न क्याम्पसहरुमा भईरहेको बताउँदै कृषि जैविक विविधतासँग सम्बन्धित अध्यापनका सार्थ पूर्वाधार विकास नगरीकन क्याम्पसहरु खोल्न प्रतिस्पर्धा रहेको बताउनु भयो । कर्णाली प्रदेशमा प्राकृतिक बिउ, पक्लिहवा क्याम्पस माछा, ट्रपिकल बाली, जीन बैंक । फिल्ड जीन बैंक, आँप र केरा, अनार, जामुन लगायत संरक्षण गर्ने भईरहेको बताउनु भयो । कृषिले समस्या भोगीरहेको अवस्थामा शैक्षिक क्षेत्रले पनि जैविक विविधतालाई जोड दिनु पर्ने उल्लेख गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा कृषि जैविक क्षेत्रको विकास गरिनु पर्ने बताउनु भयो ।
कास्की पोखरा सुन्दरी डाँडामा २०६२ सालमा स्थापना गरेको जैविक अभियान स्रोत केन्द्रले रैथाने जातका बालीहरु संरक्षण गरेर योगदान पु¥याए वापत २५ हजार नगद र पुरुस्कार सहित प्रमाण पत्र प्रदान गरेका थिए ।
त्यस अवसरमा अभियानका प्रमुख पुष्प सुवेदीले केन्द्रले मौरीको संरक्षण, ५३ जातका धान, १६ जातको कोदो, ५३ जातको लहरे बाली संरक्षण ब्लक बनाई राखेको बताउँनु भयो ।
उक्त कार्यक्रमलाई लिवर्डको सहकार्य र पोखरा महानगरपालिकाको कृषि शाखाले संरक्षण गर्न सहयोग पु¥याईरहेको बताउनु भयो । रैथाने बाली संरक्षण गर्ने उद्देश्यले भ्यू टावर निर्माण गरि त्यसबाट आएको स्रोतबाट कृषि बाली संरक्षणमा लागेको पनि बताउनु भयो । अभियानले बजारीकरण आफै गर्छ । दुना, टपरी, पीडालु, जरा समेत खेरा नजाने गरि प्रशोधन गर्छौं । रैथाने बाली बाली ५ जातको राते, पहँेले, एक्ले, कालो, झिनुवा, वयेली लगायत बाली दर्ता गरेको बताए ।
कषि अनुसन्धान परिषद् अंनुवांशिक स्रोत केन्द्रबाट प्रकाशित पुस्तक इण्डिजिनियस लाइभस्टक ब्रीड अफ नेपाल, नामक पुस्तकको कृषि मन्त्री ज्वालाकुमारी शाहबाट लोकार्पण गरेको थिए ।
साथै जैविक विविधता कार्यक्रममा रैथाने एग्री प्रोडक्ट नेपाल, कृषि सञ्जाल पोखरा, खाँदवारी होम स्टे, अर्गानिक जोन नेपाल, मुना कृषि लिमिटेड लगायतलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।
कृषि सञ्जाल पोखराका किसान राधिका पौडेलले जैविक विविधता जोगाउन सन्देशमूलक गीत गाउनु भएकी थिइन् ।
उक्त अवसरमा वरिष्ठ कवि शिव आचार्यले कृषि सम्बन्धी कविता वाचन गर्नु भएको थियो ।
कृषि अनुसन्धान परिषदका कार्यकारी प्रमुख डा.दीपक भण्डारीले सृष्टिले उत्पादन गरेको कुनै पनि जीव लोभ भएमा मानव जातिनै लोप हुने खतरामा रहेको बताउनु भयो । कृषि जैविक विविधता संरक्षण गर्नु प्रवद्र्धनात्मक कार्यक्रम गर्नुपर्ने बताउनु भयो ।
भण्डारीले एग्रो डाइभर्सिटी इम्प्याक्ट असेस्मेन्ट, हाम्रो २५ हजार कृषि जैविक विविधता विदेशीहरुले लगि सकेको छ । नेपालको इतिहासमा यो सप्ताहलाई विशिष्ट सप्ताहको रुपमा लिनु पर्छ ।
कृषि मन्त्रालयका सचिव डा.दीपककुमार खरालले जैविक विविधताको पक्ष राष्ट्र भएकाले कृषि जैविक विविधता जोगाउन सबै लाग्नु पर्ने बताउनु भयो । विश्व युद्ध पछि जैविक विविधताको धेरै नष्ट भएकोले सन् १९९३ मा वंशज संरक्षण गर्ने विश्वव्यापी अभियानको रुपमा आयो । त्यसमध्ये एग्रो वायो डाइभर्सिटी प्रमुख रहेको छ । सबैमा प्रेरणा होस भनेर सम्झिनु पर्छ । एउटा मात्र क्षेत्रले पहल गरेर हुँदैन यसका लागि कृषक समुदायमा केन्द्रीत गर्नुपर्छ । प्रदेश र स्थानीयलाई सहभागी गराउँदै कार्यक्रम अगाडि बढाउनु पर्छ ।
जिनेटिक रिसोर्स कन्जर्भेशन सेन्टर, जिन बैंक एउटा विधा हो । विश्व विद्यालयहरुबाट अध्ययन अनुसन्धान गर्नु पर्छ । समस्या आर्थिक सँग जोडिएको छ । पैसाको विषय जोडिएकोले लगानी कसरी गर्ने भन्ने कोष बनाउनु पर्छ । सरकारको तर्फबाट हामी लाग्छौं नै । कृषि विभाग, नार्कबाट योजना लिएर आउनु पर्छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द शर्माले ४० प्रतिशत कृषि जैविक विविधता नष्ट भएको छ । अब संरक्षण गर्न ठोस निर्णयहरुको पहल कदमी गर्नुपर्छ परापूर्व कालदेखि पूर्खाहरुले अपनाउँदै आएको स्थानीय जातको बाली संरक्षण गर्दै जानुपर्छ । नेपालको मौलिकता जोडिएको कृषिलाई जोडदिदै कृषक र सरोकारवालाहरुसँग यो कार्यक्रम गर्न सके सफल हनुसक्छ । ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री ज्वालाकुमारी शाहले हिमाल, पहाड, तराई हामी कोही छैन पराई, भन्ने नाराका साथ नेपालमा उब्जनी भएको कृषि बालीलाई संरक्षण गर्न द्रतस्तरमा लाग्नु पर्ने बताउनु भयो । शाहले भन्नु भयो माटोको पहिचान गर्न प¥यो । महत्वपूर्ण कृषि मन्त्रालय आज किन किसानहरुको निराश सुन्नु परिरहेको छ ? वर्ड फ्लु लागेर कुखुरा मरेपछि किसान घाटा गएका छन् । कोही पनि मान्छे भोकमरीले मर्न नपरोस् । मानव जातिले जीवजन्तुको संरक्षण गर्नु पर्छ । त्यसका लागि कानुन संशोधन गरेर भएपनि सिपाही तरिकाले कामगर्ने कि नगर्ने ? धान, माछा, दूध त्यही चिज सस्तोमा पठाउँछौं । ल्याउँदा महँगो पर्न जान्छ । मिहिनेत गरेर अगाडि बढौं । नकारात्मक विचार राख्नेहरु कहिल्यै पनि प्रगति गर्न सक्दैन । राम्रो गर्नलाई उत्साहित बनाउनु सक्यो भने राम्रो काम हुन्छ ।
हजारौं हजार किसानको समस्या समाधान गर्न हुने गरि काम गरौं । यो अभियान राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा अगाडि बढोस् ।
स्मरण रहोस् माघ १ गतेको लागि तयार गरिएको जैविक विविधता दिवस कार्यक्रम विमान दुर्घटनाको कारण माघ ४ गते सारिएको थियो ।
कार्यक्रमको सञ्चालन माटो विज्ञ, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका कृषि अधिकृत बलराम रिजालले गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close