समाचार

खप्तड लघुवित्त र धौलागिरीबीच मर्जरको सम्झौता

काठमाडौं फागुन २३ खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेका बीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौतापत्रमा बुधबार एक समारोहका बीच हस्ताक्षर सम्पन्न भएको छ । मर्जर हुने यी दबै संस्थाहरूमध्ये खप्तड लघुवित्तको कार्यक्षेत्र शुदुरपश्चिम प्रदेश हो भने धौलागिरी लघुवित्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमद्धारा जारी प्रेस विज्ञाप्तिमा जनाएको छ ।
दुई संस्था बिच गाभ्ने गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा मंसीर १८ गते हस्ताक्षर भई पुस १७ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेका थिए । उक्त अन्तिम सम्झौतापत्रमा लागि खप्तड लघुवित्त वित्तीय संस्थाका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुमन प्रसाद श्रेष्ठ र धौलागिरी लघुवित्त वित्तीय संस्थाका तर्फबाट सञ्चालक समितिका अध्यक्ष इश्वर लाल राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।
उक्त हस्ताक्षर समारोहमा धौलागिरी लघुवित्तका तर्फबाट सञ्चालक एवं संयुक्त मर्जर समितिका संयोज हरि प्रसाद शर्मा, सिर्जना थापा, डा.सुदर्शन सिलवाल, प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहोरा र खप्तड लघुवित्तको तर्फबाट सञ्चालकहरु रणदेव कृष्ण श्रेष्ठ, चन्द्र बहादुर चन्द, डबल बहादुर शाह तथा प्रमुख कार्यकारी अधिकृत शुरेस बहादुर बमको उपस्थिती थियो ।
धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडले साउन २४ गते, मंगलबारबाट साउन २९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको थियो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०÷५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ ।
त्यसैगरी, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि भदौ १२ गते, आइतबारसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जारी पूँजीको ०÷५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close