समाचार

ब्राह्मण क्षेत्री, वैष्य, शुद्र कुनै शासकले ल्याएको हो, शाश्त्रले भेद्भाव गरेको छैन, सबै समान हुन् ः वराल

धनबहादुर मगर
काठमाडौं साप नेपाल र काठमाडौं महानगरपालिकाको सहकार्यमा सञ्चालित काठमाडौंका सामुदायिक विद्यालयहरुका छात्रछात्राहरुलाई शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक वातावरणीय विकास र जातिय भेद्भाव विरुद्धको कार्यक्रम सम्पन्न गरेको छ ।
४ दिनसम्म सञ्चालित उक्त कार्यक्रममा जातिय विभेद, छुवाछुट विरुद्ध केन्द्रीत गरेको कार्यक्रममा तालिम, क्षमता अभिवृद्धि, सामाजिक सोचमा परिवर्तन, समाजमा जातिय तथा वर्गीय भेद्भाव अन्त गर्न विगतभन्दा वर्तमानमा घट्दै गएको बताएको बताइएको छ ।
आयोजित उक्त कार्यक्रममा तिनै विषयहरुमा केन्द्रीत गरेर हाजिरी जवाफ प्रतियोगिता, वक्ततृत्व कला, निबन्ध, जस्ता विषयमा विद्यार्थीलाई विद्यार्थीहरुलाई सहभागी गराईएको थियो । ४ दिनसम्म सञ्चालित कार्यक्रममा विद्यार्थीहरुले तालिमबाट आफूहरुले जातिलाई हेपेको कुरा नराम्रो हो भनेर सिकेको बताए ।
कक्षा ७ देखि कक्षा १० सम्म अध्ययनत विद्यार्थीहरुलाई सहभागी गराईएको उक्त कार्यक्रममा पद्यमकन्या माध्यमिक विद्यालय, पद्मोदय मावि, रत्नराज्य मावि, गहेश्वरी मावि, विश्व निकेतन माविका विद्यार्थीहरुले भाग लिएका थिए ।
कार्यक्रममा ग्रामीण विकासको योगदानमा सीमान्तकृतहरुको भूमिका विषयक निवन्ध प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, वक्ततृत्वकला, लगायत विषय थिए ।
विद्यार्थीहरु आदर्श विक, हिमाल राम, आस्था खनाल, प्रमिला हस्ता, विरबहादुर मोक्तान, कृष्ण काफ्ले, आसिश परियार, दिपक वराइली, सिला कामी, लगायत विद्यार्थीहरु सहभागी भएका थिए । उक्त प्रतियोगितात्मक कार्यक्रममा प्रथम द्धत्तीय, तृत्तीय हुने विद्यार्थीलाई पाँच हजार तीन हजार र दुइहजार नगद र प्रशंशा पत्र प्रदान गरेका थिए ।
उक्त अवसरमा भेदभाव तथा छुवाछुट विरुद्धको अभियन्ता भक्त बहादुर विकले विगतमा आफू २५ रुपैयाँ छात्रवृति पाएर पढ्दै आएको र हेड मास्टरदेखि नै भेदभावमा पर्दै आएको बताए । आफू स्कुलको जेहेन्दार विद्यार्थी भएको बताउँदै सत्यकुरा भन्नु सक्नुपर्ने बताउँदै दलितका मुद्दाहरुलाई स्थापित गर्न त्यस प्रकारको कार्याक्रमले सहयोग पु¥याउने बताए । विकले नेपालको संविधान अनुसार आन्दोलनले स्थापित गरेको मौलिक हकलाई स्थापित गर्न लाग्नु पर्ने बताए । संविधानतः समावेशीकरणको सिद्धान्त अनुरुप अझै कार्यन्वयन हुन नसकेको बताउनु भयो । हाल पनि २०२८ सालकै शिक्षा नीति लागु भएको छ । सरले मलाई कापी समेत फ्याँकेर दिनु हुन्थ्यो । दलितका मुद्दाहरुमा विशेष गरि महिलाहरु अगाडि सर्नु पर्ने बताए ।
भारतको सरकारले साक्षरता बनाउन ४० प्रतिशत आरक्षण व्यवस्था गरेको बताउँदै साक्षरताको लागि छुवाछुटविहिन नगर बनाउनु पर्ने बताए ।
साप नेपालका कार्यकारी निदेशक नरेन्द्र जोशीले साप नेपाल स्थापना पनि सशक्तिकरणको माध्यमबाट सचेतना विस्तार गर्ने रहेको बताउँदै छुवाछुट उन्मूलन घोषणा गरेको १७ वर्ष भईसक्दा पनि छुवाछुट नहकोमा निन्दनीय भएको बताए । नेपालले छुवाछुट विरुद्धको सन्धी महासन्धी, अन्तराष्ट्रिय अनुवन्धहरु अनुमोदन गरेको छ । नीतिगत रुपमा कानूनी प्रावधानको पैरवीको खाँचो छ
महानगर पालिका सामाजिक सेवा विभागका निर्देशक तेजप्रसाद वरालले सामुदायिक विद्यालयलाई उच्चस्तरको शिक्षा दिने अभियानमा महानगर लागको बताए । वरालले यस प्रकारको कार्यक्रममा महानगर पालिकाका पमुख सकारात्मक रहेको छ । ब्राह्मण, क्षेत्री, वैष्य, शुद्र कुनै शासकले ल्याएको हो, शाश्त्रमा कुनै भेद्भाव छैन । ब्राह्मण भनेको विचार हो । मानवमा माहिला र पुरुष बाहेक कुनै जाति छैनन् । महिला र पुरुषले परिवर्तन गर्न आफैलाई माथि उठाउनु पर्छ । अभिभावकहरु जसले आफूलाई नै हेरचाह गरेर बसेका छन् त्यसलाई नै, आफ्नो छोराछोरीलाई यसले केही गर्न सकेन भन्ने विचारबाट प्रेरित भएको हाम्रो समाज छ ।
२०७२ सालमा भुकम्प आउँदा सबै सडकमा थियौं । समाजको सोच हो, परिवर्तन गर्न जरुरी छ । अध्ययनलाई टुँगोमा पु¥याउनु पर्छ । मानिसले जन्मदै ७० प्रतिशत सिक्ने गुण लिएर आएको हुन्छ । धेरै पैसा तिर्दैमा धेरै जानिन्छ भन्ने होइन । नैतिकता, अनुशासन र रहन सहनमा परिवर्तन गर्नुपर्छ ।
उक्त अवसरमा सहभागी विद्यालयका शिक्षकहरुबाट कार्यक्रम महत्वपूर्ण रहेको र भविष्यमा विद्यार्थीहरुले समाजको विकृति, विसंगति, भेदभाव र छुवाछुट जस्ता विषयमा न्यूनिकरण गर्न सहयोग पुग्ने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close