समाचार

कृषि हाम्रो पनि हो हामी साथ दिन्छौं ः संघीय कृषि समितिका सदस्यहरु ः

खाद्यका लागि कृषि अभियानको आयोजनामा “नेपाली कृषिको भविष्य ः सम्भावना तथा चुनौती” विषयक प्रतिनिधि सभाका सदस्यहरुसँगको छलफल कार्यक्रम सम्पन्न
खाद्यका लागि कृषि अभियानको आयोजनामा प्रतिनिधि सभाका सदस्यहरुसँग मिति २०८० असार २४ गतेका दिन “नेपाली कृषिको भविष्य ः सम्भावना तथा चुनौती” विषयक छलफल कार्यक्रम सम्पन्न भयो । नयाँ वानेश्वरमा सम्पन्न भएको उक्त कार्यक्रममा संघीय संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिमा रहनु भएका १२ जना र कृषिमा सरोकार राख्ने २ जना गरि १४ जना सांसदहरुको उपस्थिती रहेको थियो । कृषि अभियन्ता, खाद्यका लागि कृषि अभियानमा आवद्ध संघ–संस्था, पत्रकार सहित करिव ६० जनाको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले गर्नु भएको थियो ।
कार्यक्रम मुख्य २ शत्रमा सम्पन्न भएको थियो । पहिलो सत्र स्वागत तथा परिचय कार्यक्रमको सहजिकरण खाद्यका लागि कृषि अभियानको सचिवालयवाट सुजता तामाङले गर्नु भएको थियो भने दोस्रो सत्र विषय प्रवेश, अन्र्तक्रिया तथा संसदको विचार प्रस्तुतीको सहजिकरण अभियानका तर्फबाट टिका भट्टराईले गर्नु भएको थियो । कार्यक्रमको विषय प्रवेशमा आफ्नो प्रस्तुती राख्दै खाद्यका लागि कृषि अभियानका अभियन्ता डा.कृष्ण प्रसाद पौडेलले नेपाली कृषिका प्रमुख सवालहरु कृषि विकासको ढाँचा, नीति र संस्थागत वातावरण, किसानको पहिचान र पहुँच, भू–उपयोग र बाँझो जमीन व्यवस्थापन, आयात र निर्यात प्रवद्र्धनको सवाल र यिनको सम्वोधनको प्रस्तावहरु पेश गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी पत्रकार, अभियन्ता र किसान प्रतिनिधिहरुले कृषि तथा खाद्य सम्बन्धी नीति, कृषि उत्पादका स्रोतहरुको समसामयिक समस्या, सरकारका सुविधा वितरणको अवस्था जस्ता विषयहरुको वरिपरि रहेर माननिय सांसद समक्ष आफ्नो प्रश्न र जिज्ञासा राख्नु भएको थियो ।
कार्यक्रममा उपस्थित सांसदहरुले खाद्यका लागि कृषि अभियानलाई कार्यक्रम आयोजनाको लागि धन्यवाद व्यक्त गर्नुका साथै कृषि नेपालको उन्नतीको क्षेत्र भएको र यसका समस्याहरु सबैका साझा समस्या भएको बताउँदै, कृषि, सहकारी र वन क्षेत्रमा सरोकार राख्ने नीति निर्माणको लागि, कृषि क्षेत्रमा मौलाएका विकृतिहरुको खबरदारीको लागि र समग्र देशको आर्थिक अवस्थाको पुनर्निमार्णको लागि आफूहरु लागिरहेको बताउनु भयो भने । देशको माटो, कृषि, जनस्वास्थ्य र अर्थतन्त्र सुधारको लागि आफूहरु तत्पर रहेको बताउनु भयो । यो सँग खाद्यका लागि कृषि अभियानका गतिविधिहरुमा सहकार्य गर्दै जाने र कृषिका साझा समस्या समाधानका अन्य छलफल तथा क्रियाकलापमा आफुहरु ऐक्यवद्धता रहेको बताउनु भयो ।
करिव साँढे ३ घण्टा चलेको सघन अन्तक्र्रिया कार्यक्रमको समापन गर्दै वरिष्ठताका आधारमा कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको संयोजकको जिम्मेवारी निभाउनु भएका माननीय अम्बर बहादुर थापाले आफू अभियानका अन्य कार्यक्रममा सहकार्य गर्न तयार रहेको बताउनु भयो भने खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बिग्रदो कृषि उत्पादनको ढाँचा, किसानको अवस्था सुधारको लागि गोलवन्द्ध हुन सम्पूर्ण सांसदलाई आग्रह गर्नु भयो र कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close