समाचार

सीता दाहालको निधनले पार्टी र क्रान्तिलाई क्षति पुगेको छ ः अध्यक्ष श्रेष्ठ

काठमाडौं असार २८ गते अखिले नेपाल किसान महाासंघ (क्रान्तिकारी) केन्द्रका अध्यक्ष चित्रबहादुर श्रेष्ठले शोक विज्ञाप्ति प्रकाशित गरिएको छ ।
उक्त शोक वक्तव्यमा भनिएको छ । नेकपा (माओवादी केन्द्र) केन्द्रीय सल्लाहकार, नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका एक अथक योद्धा तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री एवम् हाम्रो महान् तथा गौरवशाली संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का पूर्वअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवनसंगिनी सीता दाहालको २०८० असार २७ गते बिहान ८ः३३ बजे काठमाडौँमा भएको असामयिक निधनले हामीलाई दुःखी बनाएको छ ।
सीता दाहाल २०२८ सालदेखि नेपालको कम्युनिस्ट आन्दोलनमा संगठित भई पञ्चायतकाल, जनयुद्धकालका साथै शान्तिपूर्ण संघर्षको कालमा समेत नेपालको राजनीतिक परिवर्तन र वर्गीय मुक्तिको आन्दोलनमा अमूल्य योगदान गर्दै आउनुभएको थियो । पद, पैसा र प्रतिष्ठाप्रति कुनै आशक्ति नभएकी, अध्यक्ष प्रचण्डको व्यक्तित्व तथा पदीय जिम्मेवारीबाट प्राप्त शक्तिलाई कहिल्यै दुरुपयोग नगर्ने, कहिल्यै विवादमा नपर्ने र प्रचण्डलाई निरन्तर सहयोग गरेर एक सफल राष्ट्रनायकको रूपमा स्थापित गर्न पूर्ण सहयोग गर्नुभएकी सीता दाहालको निधनले हाम्रो पार्टी, वर्ग र नेपालको कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति पुग्न गएको छ ।
आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको सन्तानको रूपमा २०११ साल असार २१ गते कास्की जिल्लाको हेम्जामा जन्म भएकी सीता दाहालको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो । उहाँका चार सन्तानमध्ये माइली छोरी रेनु दाहाल नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिकाका जनप्रिय नगरप्रमुखको रूपमा र कान्छी छोरी गंगा दाहाल नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिवको रूपमा कार्यरत हुनुहुन्छ भने ठूली छोरी ज्ञानु दाहालको क्यान्सर रोग र छोरा प्रकाश दाहालको हृदयघातका कारण युवाअवस्थामा नै मृत्यु भएको थियो ।
हामी सीता दाहालले नेपालको राष्ट्रियता, जनजीविका, राजनीतिक परिवर्तन र वर्गीय मुक्तिको संघर्षमा खेल्नुभएको अविस्मरणीय भूमिकाको उच्च सम्मानसहित उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष प्रचण्डसहित सबै परिवारजन र सम्पूर्ण पार्टीपंक्तिप्रति हार्दिक समवेदना प्रकट गर्दछौं । यो शोकको घडीमा हामी अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) तथा २४ वटै घटक संगठनका सबै नेता, कार्यकर्ता तथा सदस्यहरू, न्यायप्रेमी किसानहरू, सम्पूर्ण सर्वहारा वर्ग र आम जनसमुदायलाई शोकलाई शक्तिमा बदल्दै सीता दाहालले देखेको समाजवादी नेपाल निर्माणको सपनालाई पूरा गर्न एकतावद्ध हुन, समाजवादको झण्डालाई अझै माथि उठाउनका लागि सक्दो योगदान गर्न र न्याय, समानता, समृद्धि एवम् सुशासनसहितको भ्रष्टाचारमुक्त नयाँ नेपाल निर्माण गर्न प्रधानमन्त्री प्रचण्डले सुरु गरेको महाअभियानलाई दृढतापूर्वक सहयोग र समर्थन गर्न हार्दिक अपिल गर्दछौं । अध्यक्ष चित्रबहादुर श्रेष्ठद्धारा जारि विज्ञाप्ति जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close