कृषि विशेषसमाचार

जैविक विविधता जोगाउन रैथाने कृषिबालीमा जोड दिनुपर्छ

धनबहादुर मगर
कृषि काठमाडौं साउन १ रैथाने एग्री प्रोडक्ट नेपालको आयोजनामा दरवारमार्गस्थित ओरिन्ट क्याफेमा रैथाने कृषि वस्तु झल्कने गरि हाटबजार लाग्ने भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि योजना आयोगका पूर्व उपाध्यक्ष तथा बागमती प्रदेशका सभासद दिनेशचन्द्र देवकोटाले रैथाने कृषि, राष्ट्रियता, खाद्य सुरक्षा र खाद्य सम्प्रभुक्तासँग जोडिएको विषय भएको बताए । रैथाने कृषिको मौलिकता, महत्व, राष्ट्रिय महत्वको विषय हो । हिजो परम्परागत बालीको बारेमा नेपाल सरकारले प्राथमिकता दिएको थियो । देवकोटाले रैथाने खेतीलाई ७५३ वटै पालिकाहरुमा विशेष कार्यक्रमको रुपमा लान जरुरी रहेको बताए । हाट बजारले सम्भ्रान्त वर्गको समेत मोटिभेशन गर्छ । कृषि संस्कृतिको निर्माण गर्न सकेन भने कृषि क्षेत्रको विकास हुन सक्दैन । किसान र उपभोक्ता विचौलियाका कारण माथि उठ्न सकेको छैन । रैथाने खेती सम्बन्धी नीति तथा कार्यक्रम आएको छ ।
आनुवांशिक स्रोत केन्द्र (जिन बैंक)का प्रमुख बालकृष्ण जोशीले रैथाने बालीलाई सम्मान दिन नसकेको अवस्थामा सम्मान दिनुपर्छ भनेर गरेको कार्यक्रमले सकारात्मक सन्देश प्रवाह हुने बताए । नेपालको कृषि इतिहासलाई हेर्ने हो भने हेला गरिएको छ । सुपर मार्केट ९० प्रतिशत विदेशी वस्तुहरुको हालीमुहाली भएको अवस्था आउनुमा दुःखको कुरा भएको बताउनु भयो । नेपालमा आर्थिक क्रान्ति जरुरी छ । आर्थिक क्रान्ति हुन्छ बढी उत्पादनमा जोडदिनु पर्छ । सिधै किसान र उपभोक्तालाई जोड्ने माध्यम रैथाने कृषि हुनुपर्छ । कालान्तरमा दूरी बढेकोले उपभोक्ताले उचित मूल्यमा कृषि उपज पाउन सकेन । स्वास्थ्यको कारण सँधै अस्पतालतिर जानु पर्ने अवस्था आएकोले कम्तिमा पनि हप्तामा एकपटक रैथाने वस्तुको हाटबजारको व्यवस्थापन भयो भने रैथाने वस्तुको उपभोगले स्वास्थ रहन सहयोग पुग्ने बताउनु भयो ।
जैविक विविधता बोकेको बाली मध्ये कृषि बाली हराएको छ । कृषि जैविक विविधता चुनौंतीको रुपमा नेपाललाई पाउनु पर्छ । संयौं वर्षसम्म हराएर नजाने सदाको लागि सँधैको लागि रैथाने बाली प्रकृतिसँग जोडिएकाले डार्विनको सिद्धान्त अनुसार मेल खाने बताउनु भयो । स्थानीय उत्पादनलाई रैथाने, स्थानीय उपज उत्पादन हो । रैथान उपज जात विषय भएको र ६० वर्ष अगाडि आई राखेको स्थानीय जात माथि पहिचान खुलाउन पर्छ । राणाहरुले नेपालको कृषिलाई विदेशीकरण गरेको छ । रैथाने कृषि प्रविधिलाई अपनाएर अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गरि गर्न सकिन्छ । मौलिक, रैथाने उपज भएको भए हाट बजारमा राखिएको वस्तुलाई लेवलिङ गर्दा पहिचान खुल्न सक्छ । स्थानीयपन झल्कने गरि रैथाने स्थानीय उपज किसानको आफ्नै बारीमा उत्पादित शतप्रतिशत नेपालीपन भएको हुनु पर्छ । विदेशको उत्पादनलाई ठाउँदिनु हुन्न आफ्नो स्थानीयपन रैथानेलाई सम्मान गरौं ।
बुढानिल्कठण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले रैथाने बालीको उत्पादन र प्रवद्र्धन गर्न स्पेस पाउनु पर्छ भनेर लड्नु पर्छ । पुर्खाले चलाएको चलनमा फेरि नयाँ भएर आएको छ । पुजा गर्दा पनि सालको टपरी उनेका पुर्खाले आर्जेको सामानहरु हराउनु हुँदैन । बुढानिल्कण्ठ नगरपालिकाले रैथाने खेतीको प्रवद्र्धन कार्यक्रम नै राखेको छ । हामी नेपालीहरुको सबै तहमा भड्किलोपनले ढाकिएको छ । चोटपटक लाग्दा वनमारा झारको प्रयोग हुन्थ्यो । यो धानलाई हेर्नु के सुनको भन्दा कम छ ?
सुन फलाउने जमीनमा घर बनेको छ । अहिले कौशीखेती गर्नुपर्छ भनेर कौशी कार्यक्रम गरेका छौं । गोलभेडा प्रेसर कुकुरमा राखेर पकाउँदा समेत पाक्दैन । आफ्नो कुरा राख्न पाउँदा खुशी लागेको छ ।
रैथाने प्रोडक्टका अध्यक्ष तिलक ढकालले मौैलिक संस्कृतिमा आधारित हाटबजारको व्यवस्थापन गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै रैथाने वस्तुलाई प्रवद्र्धन गर्न खोजेका छौ । बुढानिल्कण्ठ नगरपालिकाले हामी पनि सहभागी हुन्छौं भन्दा खुशी लागेको छ । २ वर्षसम्म हरेक शनिवार ६ बिहान बजे देखि १२ बजेसम्म यो हाट बजार रहने छ ।
आयोजकको तर्फबाट ओरिन्ट क्याफेका प्रमुख सञ्चालक उद्धव ढकालले यक्त कुरा जानकारी दिनु भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close