२०८२ बैशाख १२

प्राङ्गारिक मलको प्रयोग गरौं

सम्पादकीय
हाम्रो देश कृषि प्रधान देश हो । वातावरण जन्य समस्याहरूबाट हाम्रो देशको माटोको उर्वरा शक्तिहरू घट्दै गइरहेको छ । एकातिर माटोको उर्वरा शक्ति घट्दै जानु र अर्कोतिर अन्य मुलुकहरूको सिकोगर्दै बढी उत्पादन पाउने आशामा रासायनिक मलको बढी प्रयोग गर्नुले कृषि क्षेत्रमा अन्न बाली घट्दै गइरहेको छ। जसले गर्दा उर्वरा शक्तिमा ह्रास मात्र आएको छैन बाली उब्जनीमा पनि ह्रास आएको छ । यी कुरा अध्ययन अनुसन्धानहरूले देखाई रहेको छ । ति समस्याहरूको अगाडि हाम्रो सामुएउटै मात्र विकल्प भनेको माटोको उर्वरा शक्ति बढाईमाटोको गुणस्तरमा कतिपनि ह्रास आउनु नदिनु हो ।

त्यो हो प्राङ्गारिक मलको प्रयोग ।किनकि प्राङगारिक मलको प्रयोग गर्नसके माटोको उर्वरा शक्ति मात्र बढ्दैन । माटो पनि बढ्दैजान्छ । त्यसबाट माटोक्षयहुनबाट पनि बच्न सकिन्छ । दिनप्रतिदिन बग्दै जाने माटोको पुर्ति पनि प्राङगारिका मलबाट पुर्ति हुन सक्छ । एकैनासले अन्नबालीको उब्जनी लिन सकिन्छ । हामीस“ग भएको उर्वरा शक्तिको प्रमुख स्रोत भनेको हाम्रै डा“डाकाडा खेतबारीमा उम्रेका झारपात, घा“स, रुखका श्याउलाहरूनै हुन् । ति पदार्थहरूबारीमा बिछ्याउन सके । बिछ्याएको पातहरूकुहिन गई मल माटो बन्दछ । त्यसलाई प्राङ्गारिक मल नै भनिन्छ । प्राङ्गारिक मल र अन्य मलमा फर पाइन्छ । स्वास्थ्यको दृष्टिले माटोको उर्वरा शक्तिको दृष्टिले फरक छ । प्राङ्गारिक मलबाट माटोको उर्वरा शक्ति बढाउ“छ भने रासायनिक मलबाट माटोको उर्वरा शक्ति घटाउ“छ भन्ने उदाहरण वर्तमान अवस्थामा प्राङ्गारिक खेती गर्ने व्यवसायिक समूहहरूले गर्दै आएको उदाहारणी कार्यहरूलेदेखाइएको छ ।

हामीले परम्परा र पुरापूर्वकाल देखिनै घा“सपात र झार जस्ता वस्तुहरू असुरो, उत्तिस र खिर्राहरूबारीमा विछ्याएर मल र औषधीको रुपमा प्रयोग गर्ने गरेका थियौ र अहिले पनि बाली उब्जनीका लागि हामीले त्यही प्रयोग गर्दै आएका छौं । हामीले ति मलहरूलाई सही तरिकाले प्रगोग गरि माटोको उर्वरा शक्ति अन्नबाली उब्जनीमा बल पुग्ने र कम खर्चमा प्राङ्गारिक मललाई प्रयोग गर्न सक्ने हु“दा उब्जनीमा वृद्धि हुने र खर्च कम हुने विस्वासबढ्दै आएको छ। रासायनिक मलको उपयोग र विकल्पमा प¥यौ भने निश्चित रुपमा स्वाथ्यको दृष्टिले वातावरणीय रुपमा जैविक विविधताको दृष्टिकोणले पनि हामी सुरक्षित र उब्जनीको दृष्टिकोणले पनि भोलीको विकराल समस्याबाट टाढा रहन सक्छौं ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain