२०८१ माघ २

खाद्यका लागि कृषि अभियानको विश्व खाद्य दिवस मनाउने तयारी

खाद्यका लागि कृषि अभियानको आयोजना, खाद्य दिवस मुल समारोह समिति नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय, जिल्ला प्राङ्गारिक संघ चितवन, चितवन कचेहेरी, बेटर चितवन, कृषि तथा वन विज्ञान विश्वविद्यालय आवद्ध संघसंस्थाहरु र रामपुर क्याम्पस खैरेहेनी आवद्ध संघसंस्थाहरुको सहकार्यमा मिति २०८० असोज २० र २१ गते विश्व खाद्य दिवसको अवसरमा गरिने कार्यक्रमको जानकारी दिन र खाना र खेतीपातीका विषयमा अन्र्तक्रिया गर्ने उद्धेश्यले गरिएको पत्रकार सम्मेलन २०८० असोज १९ गतेका दिन सम्पन्न भयो ।
जिल्ला पत्रकार महासंघको सभाहलमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले गर्नु भएको थियो । कार्यक्रममा अभियानको तर्फवाट सारदा थापाले प्रेस विज्ञप्ती पढेर सुनाउनु भएको थियो ।
खाद्यका लागि कृषि अभियानको तर्फबाट दिपेस नेपालले खाद्य दिवस २०२३ को अवसरमा गरिने कार्यक्रमहरुको जानकारी दिनु भयो । खाद्य दिवस २०२३ को अवसरमा मिति २०८० असोज २० गते विहान ७ वजे देखि १० बजे सम्म प्रभातफेरी नारायणगढ देखि चौविसकोटी सम्म प्रभातफेरी , २०८० असोज २० गते नै वेलुकी ४ वजेदेखि सिल्पि थिएटरले निर्माण गरेको नाटक सट्टापट्टाको प्रदर्शन , २०८० असोज २१ गते कार्यशाला गोष्ठि र रैथाने साँझको आयोजना गर्ने गरि तयारी गरेको जानकारी दिनु भयो ।

कार्यशाला गोष्ठि मा खेतीपातीको वासालातको प्रस्तुती, नेपालको खाना र खेतीपातीको भविष्यमाथि प्रस्तुती, खाद्य प्रणालीमा जलवायु परिवर्तनको जोखिममाथि प्रस्तुती, संकटको संघारमा नेपालको खाद्य प्रणालीमाथिको प्रस्तुती, अपिवर्तनीय जोखिममा माटो र मानव स्वास्थ्य माथि प्रस्तुती र किसानका असल अभ्यास माथि वहश र छलफल हुने बताउनु भयो ।
कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट रजिष्टार डा. सारदा थपलिया, खाद्यका लागि कृषि अभियानका अभियान्ता कृष्ण प्रसाद पौडेल, राष्ट्रिय किसान समूह महासंघबाट रिता वास्ताकोटी, जिल्ला प्राङ्गारिक संघ चितवनका अध्यक्ष चन्द्र प्रसाद अधिकारी, चितौन डवलीका उपाध्यक्ष डा. जिवन क्षेत्री, वेटर चितवनका संस्थापक अध्यक्ष सागर कार्कि र कृषि तथा वन विज्ञान विश्वविद्यालयका संघसंस्थाहरुको तर्फबाट रश्मि श्री सिंहको आथित्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain