विचारसमाचार

पूँजीवादी उत्पादन प्रणालीको कारण संकट निम्तिए ः पूर्व मन्त्री चौधरी

काठमाडौं असोज २६ फियान नेपाल, दिगो विकास इनस्टीच्यूट, खाद्य अधिकारका लागि राष्ट्रिय सञ्जाल नेपाल, खाद्यको लागि कृषि अभियान, राष्ट्रिय कृषक समूह महासंघ नेपालको संयुक्त आयोजनामा राजधानीस्थित होटल ल हिमालय, लाजिम्पाटमा ‘जलवायू संकट र खाद्य सम्प्रभुत्ता विषयका राउण्ड अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री तथा सभासद मेटमणी चौधरीले पूँजीवादी प्रणालीको उत्पादन प्रणाली र समाजवादी प्रणालीको उत्पादन प्रणालीमा भिन्नता रहेको बताए ।
चौधरीले समाजवादी उत्पादन प्रणालीमा समग्र प्राकृतिक स्रोतहरुलाई ध्यानमा राखेर उत्पादन गरिने भएकोले संकट कम हुने र पूँजीवादी प्रणालीमा प्राकृतिक स्रोत स्रोत साधानको समेत दुरुपयोग हुने गरि उत्पादन गर्दा प्राकृतिमाथि संकट उत्पन्न हुने बताए । पूँजीवादीहरु स्रोत साधानमा माथि कब्जा जमाउने जवजस्र्ती उत्पादन जाने भएकोले वर्तमान अवस्थामा जलवायू परिवर्तन लगायन ठूला–ठूला संकटहरु विश्वले भोग्नु परेको बताए ।
चौधरीले ठूला–ठूला पदमा रहेका मन्त्री, संसद, कर्मचारीका सचिवदेखि तल्ला तहसम्म संस्थागत भ्रष्टाचारमा डुबेको बताउँदै देश बनाउने कसले भन्ने विषय चुनौंको विषय बनेको बताए । त्यस्तो अवस्था सिर्जना नभएको भए नेपाली युवाले इजरायलमा गएर त्यस्तो अवस्था भोग्न पर्ने थिएन । चौधरीले भने ।
त्यसैगरि फियान नेपालका अध्यक्ष लक्ष्मी गुरुङले सन् २०२३ को प्रकाशित ग्लोवल हङ्गर इण्डेक्समा नेपाल गत वर्षमा तुलनामा १० नम्बर घटेर १६९ नम्बरमा आइपुगेको बताए । घुमन्ते कृषि प्रणालीमा रमाइरहेका चेपाङ् जातिको सम्बन्ध प्राकृतिमा आधारित खाद्य प्रणाली तर्फपनि ध्यान पु¥याउन सके दिगो वातावरण संरक्षणमा बल पुग्ने बताइन् । खाद्य सुरक्षा ऐन बने पनि नियमवाली नबन्दा खाद्यसँग सम्बन्धित विषयहरु अगाडि बढाउने नसकेको बताइन् । साथै गुरुङले मानव सिर्जित क्रियाकलापले जलवायू परिवर्तनले जैविक विविधतामा संकट उत्पन्न भएको बताइन् ।
उक्त कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघका सचिव रामहरी शर्माले खेतीपाती गर्ने जमीनमा रासायनिक मल विषादीको कारण जमीनको उर्वरा शक्ति नाश हुँदै बताउदै माटो, पानीको संरक्षणमा सचेतता पूर्वक जुट्नु पर्ने बताए ।
त्यसैगरि दिगो विकास इनस्टिच्यूटको कार्यक्रम संयोजक प्रकाश अधिकारीले ‘‘जलवायू परिवर्तन र खाद्य सम्प्रभुत्ता, वर्तमान र भविष्यको संकट’’ खाद्य संकट र जलवायू परिवर्तन सम्बन्धित कार्यप्रत्र प्रस्तुत गर्दै भविष्यमा युवाहरुको योगदान वातावरण संरक्षणमा लाग्नु पर्ने बताए ।
त्यसैगरि खाद्यका लागि कृषि अभियानका कार्यक्रम सह–संयोजक दिपेश नेपालले ‘‘खाद्य सम्प्रभुत्ता, खाद्य सुरक्षामा जनप्रतिनिधीहरुको प्रभावकारी सहभागीता सहितको सम्वोधन’’ विषय कार्यपत्र प्रस्तुत गर्दै सरकारको तिनै तहका सरकारको भूमिका निकै महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा कृषि विज्ञहरु, वातावरण विद्हरू, कृषिमा अध्ययनरत युवा विद्यार्थीहरु र कृषि विज्ञ टीका भट्टराई, अधिवक्ता करुणा पराजुली जिफन्टका तारानिधी पन्त लगायत सहभागीहरूले देश निर्माण युवाको भूमिका महत्वपूर्ण हुने बताएका थिए । राज्यले नेपालमै बसेर काम गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close