
काठमाडौं कार्तिक १ गने ६ वटा राजनैतिक पार्टीको घटक किसान संगठन, स्वतन्त्र कृषि संघ–संस्थाहरुको २०६२÷०६३ पछि स्थापना भएको राष्ट्रिय किसान सञ्जालको आयोजनमा प्रभातफेरि कार्यक्रम ग¥यो । विश्वभर १२ अक्टुर तथा असोज २५ गते ४३ औं विश्व खाद्य दिवस नेपालमा विभिन्न कार्यक्रमकासाथ खाद्य दिवस मनाई रहँदा राष्ट्रिय किसान सञ्जालले ४३ औं विश्व खाद्य दिवसको अवसर पारी कार्यक्रम मनाइएको हो ।
संयुक्त राष्ट्र संघीय संगठन खाद्य तथा कृषि संगठनको स्थापना भएको दिनलाई विश्वका देशहरुले विभिन्न खाद्य दिवस कार्यक्रमको रुपमा मनाउँने गरेको छ ।
यसै सन्दर्भमा आज विहान प्रभातफेरि कार्यक्रम गरि मनाएको हो ।
प्रभात फेरि कार्यक्रमलाई सम्वोधन गर्दै अखिल नेपाल किसान महासंघ (अप्फा)का अध्यक्ष भैरव रेग्मीले कृषि क्षेत्रको समस्या समाधान गर्न सञ्जाल मार्फत ६४ सुत्रीय माग सरकारलाई बुझाएका बताए । खाद्य अधिकारको लागि लामो समयदेखि खाद्य अधिकारको लागि लडाई लड्दै आएको बताए ।
अखिल नेपाल किसान महासंघ (समाजवादी)का अध्यक्ष बलराम बास्कोटाले १९९६ मा रोम खाद्य शिखर सम्मेलनले भोकमरी घटाउन शिखर सम्मेलन गरेको बताउँदै, मौलिक हक अधिकारको रुपमा स्थापित गर्न लागि रहेको बताए । खाद्य अधिकार जनताको अकाट्य अधिकार भएको बताउँदै खाद्य अधिकार ऐन बनेपनि कार्यन्वयन गर्न कानुन नबनेको बताउँदै छिटो भन्दा छिटो कानुन बनाएर किसानको अधिकार सुनिस्चितता गर्न सरकारलाई आग्रह गर्नु भयो ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का महासचिव नहेन्द्र खड्काले किसानहरु सँधै मार परेको बताउँदै सम्बन्धित निकायले तत मागहरु पूरा गर्न राष्ट्रिय किसान सञ्जाल लागि परेको बताए । सरकारले हाम्रा मागहरु प्रति गम्भीर नभए आन्दोलन जान वाध्य बताए ।
कार्यक्रमको अध्यक्षता अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रका अध्यक्ष चित्रबहादुर श्रेष्ठले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्